काठमाडौं– विश्वभर महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण कम गर्न अहिले ‘समाजिक दूरी’ बाउन प्रोत्साहित गर्न थालिएको छ। कोरोनाकै कारण बहुसंख्यकको अभिभादन गर्ने शैलीमा परिवर्तन आएको छ।
हात मिलाउने तथा अंकमाल गर्ने जस्ता पश्चिमा शैली परित्याग गर्दै पश्चिमा देशहरुमा समेत नमस्ते गर्ने अभिवादन शैलीलाई प्रोत्साहित गरिएको छ।
घरबाटै काम
अहिलेसम्म सूचना प्रविधि (आइटी) क्षेत्रलाई छाडेर बाँकी क्षेत्रमा 'वर्क फ्रम होम' अर्थात् घरबाटै कामको अनुमति प्राप्त गर्न मुस्किल थियो। कम्पनीहरु अफिसमै हाजिर भएर काम गर्न बाध्य पारिरहेका थिए।
सूचना तथा प्रविधिसम्बन्धी कम्पनीहरु गुगल, माइक्रोसफ्ट, अमेजोन, फेसवुक, ट्विटरलगायतले आफ्ना कर्मचारीलाई सम्भव भएसम्म घरबाटै काम गर्न भनिरहेका छन्।
भीडभाडमा आउने–जाने
कोरोना भाइरस फैलिएपछि भीडभाड हुने ठाउँमा नजान र सार्वजनिक यातायात प्रयोग सेकसम्म रोक्न थालिएकाे छ।
अनलाइनमा पढाइ
विश्वभर विद्यालय, विश्वविद्यालय पढाइको तरिका बदल्ने कोसिसमा छन्। डिजिटल कक्षाको प्रयोग गर्ने क्रम निकै बढेको छ।
टेरी स्कुल अफ एडभान्स स्टडिजका डीन प्रोफेसर शालीन सिंघल भन्छिन्, ‘हाम्रो विश्वविद्यालयमा आजदेखि अनलाइन पढाइ सुरु भइसकेको छ।’
विभिन्न स्कुल, कलेजले पनि यस्तै सम्भावनाको खोजी गरिरहेका छन्। विद्यार्थीलाई कक्षा कोठाको सट्टा भर्चुअल कक्षामा जोडिने बानी बनाउनुपर्ने हुन सक्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।