काभ्रे- टिपरको ठक्करबाट दुई जनाको मृत्य भएपछि काभ्रेको पनौती तनावग्रस्त बनेको छ। आक्रोशित भीड र प्रहरीबीच झडप हुँदा स्थिति तनाव ग्रस्थ भएकाे हाे। झडवका क्रममा गोली चल्दा एक जना प्रहरी हवल्दार र ४ जना आन्दाेलनकारी घाइते भएका छन्।
प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १५ राउण्ड गाेली चलाएकाे छ। झडवका क्रममा सिसिटिभी र प्रहरी बिटमा क्षति पुगेकाे छ।
टिप्परको ठक्करबाट घाइते भएका पैदलयात्री आमाछोरीको उपचारका क्रममा मृत्यु भएको थियाे। पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा सोमबार अपराह्न टिप्परको ठक्करबाट घाइते भएका खानीखोला गाउँपालिका-१ बस्ने वर्ष २६ की जुनीमाया गोले र उनकी ३ वर्षीया छोरी स्मारिकाकाे मृत्यु भएकाे थियाे।
बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा ५ ख ५४८० नम्बरको टिप्परले ठक्कर दिई उनीहरुलाई घाइते बनाएको थियो। उनीहरू दुवैको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।