काठमाडौं- सरकारले कोरोना भाइरसको जोखिम न्यूनकरणका लागि भन्दै नेपाल-भारत बस सेवा तत्कालका लागि स्थगन गर्ने निर्णय गरेको छ। अहिले नेपालको एक दर्जनभन्दा बढी गन्तव्यका भारतका विभिन्न शहरमा सार्वजनिक बस सेवा सञ्चालन हुँदै आएको छ।
नेपाल-भारतमैत्री बस सेवा २०७१ सालबाट सुरु भएको थियो। अहिले नेपालसँगै भारतबाट पनि बस सेवा सञ्चालन हुँदै आएको छ। सिंहदरबारमा बसेको कोरोना भाइरस जोखिम न्यूनिकरण उच्चस्तरी समितिको बैठकले तत्कालका लागि बस सेवा बन्द गर्ने निर्णय गरेको हो।
अहिले नेपालको सुनौली, महेन्द्रनगर, नेपालगञ्ज, रक्सौला, जनकपुर र काकरभित्ता नाका हुँदै नेपाल भारतमैत्री बस सेवा सञ्चालन हुँदै आएको छ। नेपाल भारत बस सेवा पोखरा,काठमाडौं,बाग्लुङ, पाल्ला, दाङ बुटवल महाकाली बोर्डर र जनकपुरलगायतको गन्तन्यबाट बस सेवा सञ्चालन भइरहेको छ।
भारतको दिल्ली, पटना, सिलगुढी, तेरादुन र बनारसमा नेपालबाट बस सेवा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।