काठमाडौ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानमन्त्री कृषि आधुनिक परियोजनमा रकम लैजाने तर काम नगरी अनियमितता हुने गरेको अध्ययनमा भेट्टाएको छ।
आयोगले गरेको विस्तृत अध्ययनले यस्तो अनियमितता हुने गरेको औंल्याएको हो। आयोगले सोमबार सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा आर्थिक वर्ष २०७५/०७६मा पनि स्वीकृत कार्यक्रमअनुसारको बजेट प्राप्त गरेका कम्पनीहरुमध्ये अधिकांशले हालसम्म पनि सुरु नै नगरेको उल्लेख गरेको छ।
यो आर्थिक वर्षमा १० करोड ९३ लाख ६० हजार रकम विनियोजन भएको र त्यसमध्ये छनोट ८ वटा फर्महरु छनौट भएका थिए। ती फर्ममध्ये पाँच वटाले हालसम्म रकम लगेको तर काम नै सुरु नगरेको अनुगमनमा पाइएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ।
अख्तियारले यसरी सरकारको अनुदान लैजाने तर काम नै सुरु नगर्ने फर्महरुलाई तत्काल कानुनी कारबाही गर्न पनि निर्देशन दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।