काठमाडाैं- काठमाडौंस्थित अमेरिकी दूतावासले डाइभर्सिटी भिसा (डिभी) तथा गैरआप्रवासी भिसाका नियमित सेवाहरु अनिश्चित कालका लागि बन्द गरेकाे जनाएकाे छ। विश्वमा काेराेना भाइरसकाे संक्रमण फैलिरहेका कारण मंगलबारदेखि लागू हुने गरी उक्त सेवा रद्द गरिएकाे दूतावासले जनाएकाे हाे।
'हामी जतिसक्दो चाँडो भिसा सेवा पुनर्सञ्चालन गर्नेछौँ तर यस बखत भने निश्चित समय तोक्न असमर्थ छौँ,' दूतावासले जारी गरेकाे सूचनामा भनिएकाे छ, 'एमआरभी शुल्क जुन मुलुकमा भुक्तानी गरिएको हो सोही मुलुकमा भुक्तानी मितिको एक वर्षसम्म भिसा आवेदनका निम्ति मान्य रहनेछ।
अति जरुरी र कारणवश तुरुन्तै यात्रा गर्न आवश्यक भएमा [email protected] बाट उपलब्ध गराइएका निर्देशनहरूको पालना गर्न दूतावासले आग्रह गरेकाे छ। थप जानकारीका लागि https://travel.state.gov/…/tra…/ea/covid-19-information.html मा गई नोबेल कोरोना भाइरससम्बन्धी राष्ट्रपतिय घोषणाहरू भन्ने खण्डमा हेर्न दूतावासले सुझाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।