काठमाडौं–सघीय संसद्को कार्यवाहक महासचिवको जिम्मेवारी प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले पाएका छन्।
मनोहरप्रसाद भट्टराईले उमेर हदका कारण आइतबारदेखि अवकाश पाएपछि सभामुख अग्नि सापकोटाले योगीलाई कार्यवाहक महासचिव तोकेका हुन् ।
अर्को व्यवस्था नहुञ्जेल योगीलाई महासचिव तोकिएको सभामुखको सचिवालयले जनाएको छ।
योगीले सोमबारदेखि संसद्को महासचिवले गर्ने काम गर्नेछन्।
उनी संसद् सेवाको नभई राजनीतिक नियुक्ति पाएर संसद्को सचिव बनेका हुन्।
सभामुख र राष्टिय सभाका अध्यक्षको सिफारिसमा राष्टपतिले संसदको महासचिव नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।