काठमाडौं-प्रधामनन्त्री केपी शर्मा ओलीले सामूहिक शक्ति र प्रयत्नबाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रमा कोरोनाविरुद्ध लड्न सहयोग पुर्याउने बताएका छन् ।
सार्क क्षेत्रका नेताहरुले कोरोना भाइरसविरुद्ध साझा रणनीति तय गर्न आइतबार आयोजना गरेको संयुक्त भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य लाभको कामना गरेकोमा सार्क क्षेत्रका नेताहरुलाई धन्यवाद पनि दिए ।
ओलीले भारतीय प्रधानमन्त्री मोदीले भिडियो कन्फ्रेन्सका लागि पहल लिएको भन्दै त्यसको स्वगत गरे। ‘हाम्रो साहिक शक्ति र र प्रत्यनले सार्क क्षेत्रमा कोरोना भाइरसविरुद्ध लड्न मद्दत पुर्याउने छ,’ ओलीले भने ।
आफ्नो सम्बोधनका क्रममा ओलीले नेपालमा कोरोनाविरुद्ध आफ्नो सरकारले लिएका पहलबारे जानकारी गराए।
‘हामी यसको रोकथामका लागि सचेत छौं,’ ओलीले भने, ‘हामीले यसलाई रोक्न विभिन्न सावधानी अपनाएका छौं । विभिन्न निकायहरुबीच समन्वय गर्न केन्द्र, प्रदेश र स्थानीय तहमा संयन्त्र बनाइएको छ ।’
वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति रोकेका छौं बताउँदै ओलीले अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स राखेको र विभिन्न क्षेत्रका अस्पतालको क्षमता विस्तार गरिरहेको पनि जानकारी दिए ।
ओलीले संक्रमणलाई ध्यानमा राख्दै नेपाल भ्रमण वर्ष, पर्वतारोहण र सबै अन्तर्राष्ट्रिय सम्मेलनहरु रोकेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।