काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरस (कोभिड–१९) सँग डराउनेभन्दा पनि एकसाथ लड्नु जरुरी रहेको बताएका छन्।
दक्षिण एसिया क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रका नेताहरुसँग भिडियो कन्फ्रेन्समार्फत् कोरोना भाइसरबारे आइतबार कुरा गर्दै मोदीले यस्तो बताएका हुन्।
‘कोरोना भाइरससँग डराउनु जरुरी छैन्,’ मोदीले भने ‘सार्क देशले यसमा सावधानी अपनाउनु पर्छ ।’
सार्क देशमा १ सय ५० जति मात्रै संक्रमित भएको भन्दै यसविरुद्ध भारतमा सचेतना अभियान चलिरहेको जानकारी दिए।
यसविरुद्ध सावधानी अपनाउनु जरुरी भएको भन्दै उनले करिब १ हजार ४ सय भारतीयलाई विदेशबाट उद्धार गरेर ल्याएको बताए। उनले छिमेकी देशका केही नागरिकको उद्धारमा पनि सहयोग गरेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।