• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक २, २०८२ Sun, Oct 19, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पढ्न नपाएकी पूर्वमन्त्रीकी छोरी यसरी बनिन् दीनदुखीकी सारथी

64x64
महेश न्यौपाने शनिबार, चैत १, २०७६  १८:५४
1140x725

रोल्पा- पञ्चायतका तीस वर्षमध्ये अधिकांश समय रोल्पाको राजनीतिमा बालाराम घर्तीमगर र रेगबहादुर सुवेदीका वरिपरि घुम्थ्यो भन्दा फरक पर्दैन। राष्ट्रिय पञ्चायत सदस्यमा यी दुईको गट्टीले धेरै वर्ष निरन्तरता पायो। बालारामले पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिलाई वरिष्ठ नेताको रुपमा निरन्तरता दिइरहे पनि रेगबहादुर भने राजनीतिमा गुमनाम छन्। सुवेदी पञ्चायत कालमा मन्त्री समेत भएका थिए। नेपाली कांग्रेसबाट फुटेर शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएपछि राप्रपा छोडेर रेगबहादुरले देउवालाई साथ दिए। तर उनको राजनीति यात्रा फलदायी भएन।  

११०औं अन्तराष्ट्रिय महिला दिवसको दिन यी दुवै पात्रलाई सम्झाए उनका छोरीहरुले। सत्प्रयास समूहले आयोजना गरेको नारी जागरण, शिक्षा र सम्मान कार्यक्रममा रोल्पाको चिकित्सा,निजामती, शिक्षा, कानुन, मानव अधिकार र समाजसेवाको क्षेत्रमा सफल २२ जना वरिष्ठ र कनिष्ठ रोल्पाली नारी प्रतिभालाई सम्मान गर्दा बालाराम घर्ती र रेगबहादुर सुवेदीका छोरीहरू पनि परे।

हालसम्म चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) अध्ययन गरेका रोल्पाका ६ महिलामध्ये ३ छोरी बालाराम घर्तीमगरका थिए। दिलस्मा, जीतकुमारी र जानकीले रोल्पाका महिला चिकित्सकका रूपमा सम्मान पाउँदा उनकै सहयात्री रेगबहादुर सुवेदीको छोरी श्यामकुमारी भने समाजसेवीका रूपमा सम्मान पाइन्।

 

समकक्षी बालाराम घर्तीमगरका तीन छोरीले रोल्पाकै क्रमशः पहिलो, दोश्रो र तेश्रो डाक्टरका रूपमा सम्मान पाइरहँदा बालारामको जीवनमा धेरै वर्ष सहयात्रा गरेका रेगबहादुर सुवेदीको छोरीले भने आफूले पढ्न नपाए पनि पढाइबाट बञ्चित दीनदुखीको सेवा गर्न पाएकोमा खुसी बाँडिरहेकी थिइन्। 

मन्त्रीकी छोरी भएपनि श्यामकुमारीको जीवन कथा आम मानिसले गर्ने अनुमान भन्दा फरक छ। पञ्चायती राजनीतिमा रोल्पाका एक हस्ती रेगबहादुर सुवेदीको छोरी भएर पनि लेखपढबाट गर्न बञ्चित भइन् श्यामकुमारी।

रोल्पाको गजुलमा अन्य क्षेत्रको तुलनामा शैक्षिक जागरण थियो। श्यामकुमारीका दाजुभाई विद्यालय जाँदा उनलाई रहर नलागेको पनि होइन। छोरीलाई पनि छोरासरह शिक्षादीक्षा दिनुपर्छ भन्ने चेतना सर्वसाधारणमा मात्र हैन, राज्य संचालकमा समेत  थिएन। फलस्वरुप कुलघरानामा जन्मिएकी  श्यामकुमारीले पढ्न पाइनन्।

Ncell 2
Ncell 2

तत्कालीन समयका मन्त्री सुवेदीको घरमा मान्छेको आवतजावत र चहलपहल उनी मन्त्री हुनुअघि र पछि पनि भइरहन्थ्यो। गाईभैंसीका लस्कर अनि खेतीपाती सुवेदी परिवारलाई भ्याइनभ्याइ हुन्थ्यो। बिहान-बेलुका घरको काम र दिउँसो मेलापात यसैगरी बिते श्यामकुमारीका दिन।

बाबुबाजेको सामाजिक सेवा श्यामकुमारीको बाल मस्तिष्कमा गहिरोसँग गडेरै होला उनलाई समाजसेवा गर्ने प्रेरणा मिल्यो। 'मैले पढ्न नपाए  पनि  मजस्तै पढ्नबाट बञ्चित छरछिमेकीलाई पढाउछु भन्ने धोको थियो,' नेपाल लाइभसँको भेटमा उनले विगतका इच्छा सुनाइन्।

बिहे गाउँकै थापा खानदानमा भयो। २ छोरा र ३ छोरी जन्मिए श्यामकुमारीका। छोराछोरी हुर्काउने र पढाउने काम गरिन् उनले। छोराछोरीले पढ्दै गर्दा छिमेकीका छोराछोरी पढाइबाट बञ्चित भएको देख्दा उनलाई राम्रो लाग्दैनथ्यो। आफ्नो विगत सम्झन्थिन्, अनि चित्त बुझाउँथिन् श्यामकुमारी।

साविक सेरम गाविस हाल सुनछहरी गाउँपालिका-१ सेरमका चेतलाल पुन, कुमार पुन र गणेश पुनलाई घरमै राखेर कक्षा १२ सम्म पढाइन्। यहीँबाट श्यामकुमारीको पदार्पण समाजसेवामा भयो। आर्थिक अवस्था कमजोर भएका पुन परिवारका तीन दाजुभाई अहिले विभिन्न पेशामा आबद्ध भई आत्मनिर्भर बनिसकेका छन्। यो कार्यले श्यामकुमारीमा समाजसेवाप्रति उत्साह जागेर आयो। 

000

श्यामकुमारीका छिमेकी पतिराम थापाको निधन भयो। पतिरामको निधनपछि उनकी श्रीमतीले नाबालक छोराछोरी छाडेर दोश्रो विवाह गरिन्। श्यामकुमारीले पतिरामका नाबालक छोरा अमर, कुमार र छोरी जीतालाई आफ्नै घरमा लगेर पालनपोषण गरिन्। श्यामकुमारीकै घरमा बसेर एसएलसी पास  गरेका अमर वैदेशिक रोजगारीमा छन्। अमरलाई विदेश जाँदा लाग्ने सबै खर्चको चाँजोापाँजो श्यामकुमारीले मिलाइदिएकी थिइन्।

कुमारले कक्षा १२ पास गरेका छन। नेपाली सेनामा भर्ती भएका कुमारले केही समय सैनिक सेवा गरे। हाल नेपाली  सैनिक सेवाबाट अलग्गिएका कुमार अहिले वैदेशिक रोजगारीको सुरसारमा छन्। 

जीताको उमेर १९ वर्ष भयो। बुबाआमाले छोड्दा जीता ८ वर्षकी थिइन्। बाबुआमा दुवैले सानैमा छोडेर गएपछि जीताकी आमा बनिन् श्यामकुमारी। आमाको माया नपाएका उनीहरूलाई मातृवात्सल्यबाट सकेसम्म कमी हुन दिइनन्। जीताले सिएमएको पढाई सकेर अहिले लोकसेवा आयोगको परीक्षाको तयारीमा छन्।

000

वैदेशिक रोजगारीमा थिए श्यामकुमारीका अर्का छिमेकी अनिल घर्ती। उनी विदेश रहेकै बेला तीन नाबालक छोराछोरी छोडेर हिँडिन् उनकी श्रीमती। लामो समयसम्म अनिलकी श्रीमतीको अत्तोपत्तो भएन। बाबुआमाविहीन बनेका अनिलका तीन नाबालक छोराछोरीको रेखदेख र पालनपोषणको जिम्मा पनि लिइन् श्यामकुमारीले।

अनिलको जेठो छोरा अर्जुन अहिले अर्जुन कक्षा ९ मा  पढ्छन्। छोरी अनिता कक्षा ६ मा र कान्छो छोरा मनबहादुर कक्षा ३ मा पढ्छन्। बालबालिकाको पठनपाठनका लागि  श्यामकुमारीले घरमै एकजना शिक्षक राखेकी छन्। विगत १२ वर्षदेखि ती शिक्षक श्यामकुमारीको परिवारको सदस्यजस्तै भएर सहयोग गरिरहेका छन्।

000

आफूले दुःख सहेर अनाथ बालबालिकालाई सेवा गरिरहेको श्यामकुमारीले बताइन्। 'मैले पढ्न नपाउँदाको जस्तो पीडा अरु बालबालिकामा नहोस् भनेर यस्तो काम गर्ने प्रेरणा मिलेको हो,' श्यामकुमारीले भनिन्, 'मैले अनाथ बालबालिकामाथि धर्म गर्न मन लागेर यस्तो गरेकी हुँ।'

'म सम्पन्न भएर बालबालिकाको सेवा गरेको होइन। मेरो भित्री आत्मैदेखि दुःख/पीडामा परेका बालबालिकालाई पढाउनु पर्छ भन्ने भावना जागेकोले काम गरेकी हुँ,' श्यामकुमारीले आफ्नो इच्छा व्यक्त गरिन्। आफ्नो काममा परिवारका सदस्यले समेत सहयोग गरेकै कारण सहज भएको उनको भनाइ छ।

बालबालिकाको नाममा सहरबजारमा खुलेका अनाथालयको चर्चा/परिचर्चा भए पनि रोल्पाको एक दुर्गम गाउँमा निस्वार्थ काम गरिरहेकी श्यामकुमारीलाई कसैले सम्मान गरोस् भन्ने जस्तो लाग्दैन। 'सम्मान, मान र पुरस्कारका लागि मैले समाजसेवा गरेकी होइन,' उनी भन्छिन्, 'केही पाउनका लागि मैले यस्तो गरेकी होइन। धर्मका लागि यी सब गरेकी हुँ।'

श्यामकुमारीको पवित्र सामाजिक कार्यको प्रशंसा गर्दै रोल्पामा स्वयसेवी अभियान संचालन गरिरहेका युवाहरूको समूह मिडिया समूहले ११०औं अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा उनलाई सम्मान गरेको हो।

जिल्लाकै अग्रणी समाजसेवी श्यामकुमारीले दुरदराजमा बस्ने आफूलाई समाजसेवीको दर्जा दिएर सम्मान गरेकोमा खुसी व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १८:५४
  • #shyamkumari
  • #shyamkumarisubedi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
एनपीएलको ट्रफीलाई जानकी मन्दिरमा पूजापाठ गरी नगर परिक्रमा शनिबार, कात्तिक १, २०८२
राष्ट्र जोगाउन बृहत वामपन्थी एकता आवश्यक : प्रचण्ड शनिबार, कात्तिक १, २०८२
सात सालपछिकै सबैको सम्पत्ति छानबिन गर्न ओलीको चुनौती शनिबार, कात्तिक १, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
जेनजीका अगुवाहरूलाई प्रचण्डको अपिल- मित्र र दुष्मन छुट्याउनुस् शनिबार, कात्तिक १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपालले पहिले ब्याटिङ गर्दै, टिममा तीन परिवर्तन शुक्रबार, असोज ३१, २०८२
एमाले बैठकमा ओलीलाई सिंहको प्रश्न- दुई पटक आफैँले विघटन गरेको संसद् पुनर्स्थापनाको माग राख्दा हाँसोको पात्र हुँदैनौं? शुक्रबार, असोज ३१, २०८२
अनामनगरको एक स्टुडियोमा युवतीद्वारा आत्मदाह प्रयास शनिबार, कात्तिक १, २०८२
आम नागरिकलाई हत्या गरेर क्रम नरोकिए गाजामा घुसेर हमासलाई सिध्याउने ट्रम्पको चेतावनी शुक्रबार, असोज ३१, २०८२
एसिया प्यासिफिक क्वालिफायरमा अपराजित रहँदै उपाधि नेपाललाई शुक्रबार, असोज ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्