• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ १८, २०८३ Thu, Sep 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पढ्न नपाएकी पूर्वमन्त्रीकी छोरी यसरी बनिन् दीनदुखीकी सारथी

64x64
महेश न्यौपाने शनिबार, चैत १, २०७६  १८:५४
1140x725

रोल्पा- पञ्चायतका तीस वर्षमध्ये अधिकांश समय रोल्पाको राजनीतिमा बालाराम घर्तीमगर र रेगबहादुर सुवेदीका वरिपरि घुम्थ्यो भन्दा फरक पर्दैन। राष्ट्रिय पञ्चायत सदस्यमा यी दुईको गट्टीले धेरै वर्ष निरन्तरता पायो। बालारामले पूर्व पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीतिलाई वरिष्ठ नेताको रुपमा निरन्तरता दिइरहे पनि रेगबहादुर भने राजनीतिमा गुमनाम छन्। सुवेदी पञ्चायत कालमा मन्त्री समेत भएका थिए। नेपाली कांग्रेसबाट फुटेर शेरबहादुर देउवाको नेतृत्वमा नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन भएपछि राप्रपा छोडेर रेगबहादुरले देउवालाई साथ दिए। तर उनको राजनीति यात्रा फलदायी भएन।  

११०औं अन्तराष्ट्रिय महिला दिवसको दिन यी दुवै पात्रलाई सम्झाए उनका छोरीहरुले। सत्प्रयास समूहले आयोजना गरेको नारी जागरण, शिक्षा र सम्मान कार्यक्रममा रोल्पाको चिकित्सा,निजामती, शिक्षा, कानुन, मानव अधिकार र समाजसेवाको क्षेत्रमा सफल २२ जना वरिष्ठ र कनिष्ठ रोल्पाली नारी प्रतिभालाई सम्मान गर्दा बालाराम घर्ती र रेगबहादुर सुवेदीका छोरीहरू पनि परे।

हालसम्म चिकित्साशास्त्रमा स्नातक (एमबिबिएस) अध्ययन गरेका रोल्पाका ६ महिलामध्ये ३ छोरी बालाराम घर्तीमगरका थिए। दिलस्मा, जीतकुमारी र जानकीले रोल्पाका महिला चिकित्सकका रूपमा सम्मान पाउँदा उनकै सहयात्री रेगबहादुर सुवेदीको छोरी श्यामकुमारी भने समाजसेवीका रूपमा सम्मान पाइन्।

 

समकक्षी बालाराम घर्तीमगरका तीन छोरीले रोल्पाकै क्रमशः पहिलो, दोश्रो र तेश्रो डाक्टरका रूपमा सम्मान पाइरहँदा बालारामको जीवनमा धेरै वर्ष सहयात्रा गरेका रेगबहादुर सुवेदीको छोरीले भने आफूले पढ्न नपाए पनि पढाइबाट बञ्चित दीनदुखीको सेवा गर्न पाएकोमा खुसी बाँडिरहेकी थिइन्। 

मन्त्रीकी छोरी भएपनि श्यामकुमारीको जीवन कथा आम मानिसले गर्ने अनुमान भन्दा फरक छ। पञ्चायती राजनीतिमा रोल्पाका एक हस्ती रेगबहादुर सुवेदीको छोरी भएर पनि लेखपढबाट गर्न बञ्चित भइन् श्यामकुमारी।

रोल्पाको गजुलमा अन्य क्षेत्रको तुलनामा शैक्षिक जागरण थियो। श्यामकुमारीका दाजुभाई विद्यालय जाँदा उनलाई रहर नलागेको पनि होइन। छोरीलाई पनि छोरासरह शिक्षादीक्षा दिनुपर्छ भन्ने चेतना सर्वसाधारणमा मात्र हैन, राज्य संचालकमा समेत  थिएन। फलस्वरुप कुलघरानामा जन्मिएकी  श्यामकुमारीले पढ्न पाइनन्।

Ncell 2
Ncell 2
nimb
nimb

तत्कालीन समयका मन्त्री सुवेदीको घरमा मान्छेको आवतजावत र चहलपहल उनी मन्त्री हुनुअघि र पछि पनि भइरहन्थ्यो। गाईभैंसीका लस्कर अनि खेतीपाती सुवेदी परिवारलाई भ्याइनभ्याइ हुन्थ्यो। बिहान-बेलुका घरको काम र दिउँसो मेलापात यसैगरी बिते श्यामकुमारीका दिन।

बाबुबाजेको सामाजिक सेवा श्यामकुमारीको बाल मस्तिष्कमा गहिरोसँग गडेरै होला उनलाई समाजसेवा गर्ने प्रेरणा मिल्यो। 'मैले पढ्न नपाए  पनि  मजस्तै पढ्नबाट बञ्चित छरछिमेकीलाई पढाउछु भन्ने धोको थियो,' नेपाल लाइभसँको भेटमा उनले विगतका इच्छा सुनाइन्।

बिहे गाउँकै थापा खानदानमा भयो। २ छोरा र ३ छोरी जन्मिए श्यामकुमारीका। छोराछोरी हुर्काउने र पढाउने काम गरिन् उनले। छोराछोरीले पढ्दै गर्दा छिमेकीका छोराछोरी पढाइबाट बञ्चित भएको देख्दा उनलाई राम्रो लाग्दैनथ्यो। आफ्नो विगत सम्झन्थिन्, अनि चित्त बुझाउँथिन् श्यामकुमारी।

साविक सेरम गाविस हाल सुनछहरी गाउँपालिका-१ सेरमका चेतलाल पुन, कुमार पुन र गणेश पुनलाई घरमै राखेर कक्षा १२ सम्म पढाइन्। यहीँबाट श्यामकुमारीको पदार्पण समाजसेवामा भयो। आर्थिक अवस्था कमजोर भएका पुन परिवारका तीन दाजुभाई अहिले विभिन्न पेशामा आबद्ध भई आत्मनिर्भर बनिसकेका छन्। यो कार्यले श्यामकुमारीमा समाजसेवाप्रति उत्साह जागेर आयो। 

000

श्यामकुमारीका छिमेकी पतिराम थापाको निधन भयो। पतिरामको निधनपछि उनकी श्रीमतीले नाबालक छोराछोरी छाडेर दोश्रो विवाह गरिन्। श्यामकुमारीले पतिरामका नाबालक छोरा अमर, कुमार र छोरी जीतालाई आफ्नै घरमा लगेर पालनपोषण गरिन्। श्यामकुमारीकै घरमा बसेर एसएलसी पास  गरेका अमर वैदेशिक रोजगारीमा छन्। अमरलाई विदेश जाँदा लाग्ने सबै खर्चको चाँजोापाँजो श्यामकुमारीले मिलाइदिएकी थिइन्।

कुमारले कक्षा १२ पास गरेका छन। नेपाली सेनामा भर्ती भएका कुमारले केही समय सैनिक सेवा गरे। हाल नेपाली  सैनिक सेवाबाट अलग्गिएका कुमार अहिले वैदेशिक रोजगारीको सुरसारमा छन्। 

जीताको उमेर १९ वर्ष भयो। बुबाआमाले छोड्दा जीता ८ वर्षकी थिइन्। बाबुआमा दुवैले सानैमा छोडेर गएपछि जीताकी आमा बनिन् श्यामकुमारी। आमाको माया नपाएका उनीहरूलाई मातृवात्सल्यबाट सकेसम्म कमी हुन दिइनन्। जीताले सिएमएको पढाई सकेर अहिले लोकसेवा आयोगको परीक्षाको तयारीमा छन्।

000

वैदेशिक रोजगारीमा थिए श्यामकुमारीका अर्का छिमेकी अनिल घर्ती। उनी विदेश रहेकै बेला तीन नाबालक छोराछोरी छोडेर हिँडिन् उनकी श्रीमती। लामो समयसम्म अनिलकी श्रीमतीको अत्तोपत्तो भएन। बाबुआमाविहीन बनेका अनिलका तीन नाबालक छोराछोरीको रेखदेख र पालनपोषणको जिम्मा पनि लिइन् श्यामकुमारीले।

अनिलको जेठो छोरा अर्जुन अहिले अर्जुन कक्षा ९ मा  पढ्छन्। छोरी अनिता कक्षा ६ मा र कान्छो छोरा मनबहादुर कक्षा ३ मा पढ्छन्। बालबालिकाको पठनपाठनका लागि  श्यामकुमारीले घरमै एकजना शिक्षक राखेकी छन्। विगत १२ वर्षदेखि ती शिक्षक श्यामकुमारीको परिवारको सदस्यजस्तै भएर सहयोग गरिरहेका छन्।

000

आफूले दुःख सहेर अनाथ बालबालिकालाई सेवा गरिरहेको श्यामकुमारीले बताइन्। 'मैले पढ्न नपाउँदाको जस्तो पीडा अरु बालबालिकामा नहोस् भनेर यस्तो काम गर्ने प्रेरणा मिलेको हो,' श्यामकुमारीले भनिन्, 'मैले अनाथ बालबालिकामाथि धर्म गर्न मन लागेर यस्तो गरेकी हुँ।'

'म सम्पन्न भएर बालबालिकाको सेवा गरेको होइन। मेरो भित्री आत्मैदेखि दुःख/पीडामा परेका बालबालिकालाई पढाउनु पर्छ भन्ने भावना जागेकोले काम गरेकी हुँ,' श्यामकुमारीले आफ्नो इच्छा व्यक्त गरिन्। आफ्नो काममा परिवारका सदस्यले समेत सहयोग गरेकै कारण सहज भएको उनको भनाइ छ।

बालबालिकाको नाममा सहरबजारमा खुलेका अनाथालयको चर्चा/परिचर्चा भए पनि रोल्पाको एक दुर्गम गाउँमा निस्वार्थ काम गरिरहेकी श्यामकुमारीलाई कसैले सम्मान गरोस् भन्ने जस्तो लाग्दैन। 'सम्मान, मान र पुरस्कारका लागि मैले समाजसेवा गरेकी होइन,' उनी भन्छिन्, 'केही पाउनका लागि मैले यस्तो गरेकी होइन। धर्मका लागि यी सब गरेकी हुँ।'

श्यामकुमारीको पवित्र सामाजिक कार्यको प्रशंसा गर्दै रोल्पामा स्वयसेवी अभियान संचालन गरिरहेका युवाहरूको समूह मिडिया समूहले ११०औं अन्तराष्ट्रिय महिला दिवसका उपलक्ष्यमा उनलाई सम्मान गरेको हो।

जिल्लाकै अग्रणी समाजसेवी श्यामकुमारीले दुरदराजमा बस्ने आफूलाई समाजसेवीको दर्जा दिएर सम्मान गरेकोमा खुसी व्यक्त गरेकी थिइन्।

प्रकाशित मिति: शनिबार, चैत १, २०७६  १८:५४
  • #shyamkumari
  • #shyamkumarisubedi

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
महेश न्यौपाने
महेश नेपाल लाइभका संवाददाता
लेखकबाट थप
रोल्पामा लागुऔषधसहित एक महिला पक्राउ
पाँचदलीय गठबन्धनको सूत्रधार लुम्बिनी हो : मुख्यमन्त्री केसी
रोल्पाका स्थानीय सरकार : यसरी खटिरहेछन् विद्यालय शिक्षा उकास्‍न
सम्बन्धित सामग्री
त्रिशूलीको एक गुम्बामा त्यो भावुक दृश्य गुम्बामा बाढीले बगाएका व्यक्तिहरूको सम्झनामा स्थानीयवासी तथा आफन्तहरू भेला भएर प्रार्थना गरिरहेका छन् । यदि उनीहरूको मृत्यु भइसकेको... बिहीबार, भदौ १८, २०८३
भोटेकोशी बाढी : ग्राउण्ड जीरोमा गोल्याण फाउण्डेशन, खानादेखि मनोपरामर्शसम्म होल्डिङ सेन्टरमा देवीघाट क्षेत्रका ६८ घरपरिवार रहेका छन् । ती परिवारका सदस्यसहित आसपासका बासिन्दासमेत गरी दैनिक करिब ४ सय जनाका लागि... बुधबार, भदौ १७, २०८३
बाबुआमा फर्किने आशाले थामिएकी छिन् पामु मंगलबार नेपालको सबैभन्दा ठूलो शैक्षिक अस्पतालको परिसरमा देखिएको पामुको पीडा अपवाद थिएन। सयौं मानिस आफ्ना बेपत्ता बुबा, आमा, श्रीमान... बुधबार, भदौ १७, २०८३
ताजा समाचारसबै
बाढीपीडितका नाममा आफ्नै क्यूआरबाट रकम उठाएको आरोपमा एक जना पक्राउ बिहीबार, भदौ १८, २०८३
‘बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणा’ बिहीबार, भदौ १८, २०८३
मध्यरातमा सर्वोच्च अदालतको नयाँ भवनमा कसरी लाग्यो आगो ? बिहीबार, भदौ १८, २०८३
सागर ढकाल र श्रीराम न्यौपानेलाई उद्धार कार्यमा अवरोध भए तत्काल फर्किन रास्वपाको निर्देशन बिहीबार, भदौ १८, २०८३
त्रिशूली–३ ए को सुरुङको मुख ३ फिट खुलाइयो, उद्धार टोली २० मिटरभित्र प्रवेश बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुको शल्यक्रिया गर्ने औजारमा बदमासी गर्ने बायोमेड कालोसूचीमा बुधबार, भदौ १७, २०८३
सर्वोच्च अदालतको अभिलेख शाखामा आगलागी बिहीबार, भदौ १८, २०८३
तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ४ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर बिहीबार, भदौ १८, २०८३
मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता, मालपोत प्रमुखसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, भदौ १७, २०८३
मन्त्रिपरिषद् बैठक: यस्ता छन् सात निर्णय बिहीबार, भदौ १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
कुनै पनि शव अस्थायी चिहानका रुपमा १२ वर्षसम्म राख्न सकिन्छ : प्राडा हरिहर वस्ती नेपाल लाइभ
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः सरकारमाथि प्रश्नको बाढी शंकर भण्डारी
सरकार देखियो तर विपद् व्यवस्थापन किन देखिएन? कमल सापकोटा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रारमा तीन उम्मेदवार : प्रतिष्ठानको भविष्यका लागि कसको नेतृत्व बढी उपयोगी ? नेपाल लाइभ
रसुवाको बाढीः वास्तविक पीडितसम्म अझै किन पुगेन सरकार? गोविन्द आचार्य
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडक बन्द, वैकल्पिक बाटोबाट इन्धन–ग्यास ढुवानी हुने आइतबार, भदौ १४, २०८३
काठमाडौंबाट बाहिरिने सवारीसाधनलाई तोकियो दुईवटा वैकल्पिक सडक आइतबार, भदौ १४, २०८३
तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर मंगलबार, भदौ १६, २०८३
बाढी पीडित राहत कोषमा एक लाख  जम्मा गर्न खोज्दा १० लाख गएपछि... बिहीबार, भदौ ११, २०८३
भोटेकोशी बाढी सम्बन्धी प्रधानमन्त्रीको हरेक पोष्टमा ५० प्रतिशत एआई कन्टेन्ट ? मंगलबार, भदौ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्