भैरहवा–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय रुपन्देहीका नापी अधिकृत सरोज श्रेष्ठसहित ५ जनालाई १७ लाख घुससहित पक्राउ गरेको छ।
जग्गाको कित्ताकाटमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पैसा लिँदै गर्दा श्रेष्ठसहित ५ जनालाई रंगेहात पक्राउ गरिएको अख्तियार प्रवक्ता प्रदीपकुमार कोईरालाले जानकारी दिए।
घुस लिँदै गर्दा श्रेष्ठसहित सर्भेक्षक तिर्थराम भण्डारी, सर्भेक्षक थानेश्वर चौधरी, मालपोत कार्यालयका नासु धर्मराज पन्थी, लेखापढी व्यवसायी जीवन शर्मा था मतियार राजकुमार अर्याललाई पक्राउ गरेको अख्तियारले जनाएको छ।
उनीहरुलाई सिद्धार्थनगर नगरपालिका १३ बसपार्क नजिकैको होटल अशोका नजिकबाट पक्राउ गरिएको हो। उनीहरुलाई नियन्त्रणमा लिएर बुटवल कार्यालयमा राखेर अनुसन्धान थालिएको अख्तियारले जनाएको छ। घटनामा अन्यको पनि सम्लग्नता हुन सक्ने भन्दै अनुसन्धानपछि मात्रै अरु कुरा बाहिर ल्याउन सकिने कोईरालाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।