काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियर र सब इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
म्याग्दीको धवलागिरी गाउँपालिका-३ स्थित सूर्यज्योति आधारभूत विद्यालयमा भवन निर्माणका क्रममा अनुचित तरिकाले पैसा असुलेको भन्दै जिल्ला शिक्षा कार्यालय म्याग्दीका इन्जिनियर श्रीकृष्ण खनाल र सव-इन्जिनियर प्रमोदकुमार उप्रेतीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।
खनाल र उप्रेतीले विभिन्न बहानामा पटकपटक गरी विद्यालय पक्षसँग रकम लिएको उजुरी परेपछि ७० हजार फिर्ता गरेको, पहिले कुनै बहानामा लिइसकेको रकम पछि कारबाहीबाट बच्नसक्ने मनसायले फिर्ता गरेको देखिएकाले ७० हजार बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।