धनगढी–कैलालीमा ‘बोक्सी’ भन्दै महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा वडा सदस्य पक्राउ परेका छन्। कैलारी गाउपालिका २ का वडा सदस्य रामकुमार चौधरी पक्राउ परेका हुन्।
वडा सदस्यसहित उनका छोरा पनि पक्राउ परेको कैलाली प्रहरी प्रवक्ता दक्षकुमार बस्नेतले बताए।
स्थानीय ३७ वर्षीया महिलालाई बोक्सी भन्दै कुटपिट गरेको जाहेरीपनि चौधरीलाई पक्राउ गरिएको उनले बताए। चौधरीलाई अदालतले थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।