काठमाडौं- धनुषाको गणेशमान चारनाथ नगरपालिका-५ बाट १५ वर्षीया किशोरीको अपहरणमा संलग्न भएको भन्दै प्रहरीले १४ जनालाई पक्राउ गरेको छ। बिहीबार पक्राउ परेका उनीहरू विप्लव नेतृत्वको नेकपाका कार्यर्ता भएको प्रहरीले जानकारी दिएको छ।
बुधबार अपहरणमा परेकी युतवीको उदयपुरको कटारी नगरपालिका–१ स्थित खसीबासको जंगलबाट उद्धार भइसकेकी छन्।
धनुषा र सिन्धुलीको सीमा नजिकबाट अपहरणमा परेकी ती किशोरीको घर भने सिन्धुलीको दुधौली हो। उनलाई अपहरणकारीले दिउँसो ३ बजे अपहरण गरेका थिए भने त्यसको जानकारी ५ बजे प्रहरीकोमा आएको प्रदेश २ का डिआइजी प्रद्युम्न कार्कीले बताए। त्यसपछि अपरेसनमा खटिएको प्रहरी टोलीले करिब २४ घन्टाभित्रै किशोरीको उद्धार गरेको हो। उदयपुरको दक्षिण-पश्चिममा पर्ने सिरहासँग सीमा जोडिएको खसीबासको घना जंगल क्षेत्रबाट किशोरीको उद्धार गरिएको हो।
पक्राउ परेकाहरुका साथबाट पेस्तोल ३ थान, म्याग्जीन ३, सकेट बम ११ थान, प्रेसर कुकर बम १ थान र दस्तावेज लगायतका सामग्री बरामद गरिएको इलाका प्रहरी कार्यालय कटारीका प्रहरी निरीक्षक प्रमोद खातीले जानकारी दिए।
को हुन् पक्राउ परेका १४ जना?
१. जिल्ला ईलाम फाकफोक बस्ने वर्ष २० की मुस्कान राई
२. जिल्ला सुनसरी ईटहरी उ.म.न.पा. बस्ने वर्ष २८ को विवेक गाटका
३. जिल्ला सर्लाही लालबन्दी बस्ने वर्ष १६ की रिता कार्की
४. जिल्ला ताप्लेजुङ्ग योकसिङ्ग बस्ने वर्ष २० को विकास राई
५. जिल्ला ईलाम बतासे बस्ने वर्ष १७ को आपुस मगर
६. जिल्ला उदयपुर ताविल गा.पा. बस्ने वर्ष १८ को अविनास तामाङ्ग
७. जिल्ला उदयपर गाईघाट बस्ने वर्ष २० को आशिष लामा
८. जिल्ला ताप्लेजुङ्ग बस्ने वर्ष १६ को रन्जना राई
९. जिल्ला धनकुटा पानिवास बस्ने वर्ष १९ को अनिता राई
१०.जिल्ला कैलाली बस्ने वर्ष १९ की अनुष्का राउत
११.जिल्ला मोरङ्ग आईतबारे बस्ने वर्ष १७ की सपना राई
१२.जिल्ला भोजपुर बस्ने अन्दाजी वर्ष ४५ को मनोराम राई
१३.जिल्ला मोरङ्ग वर्ष १५ को आशिष श्रेष्ठ
१४.जिल्ला सिन्धुली जुवाडे बस्ने वर्ष १९ को ईधर पुन मगर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।