काठमाडौ- अर्थमन्त्री डा युवराज खतिवडाले आफ्नो नाममा नक्कली फेसबुक अकाउन्ट खोलेको भन्दै प्रहरीलाई जानकारी गराएका छन्। मन्त्री खतिवडाका तर्फबाट उनका प्रेस संयोजक यमन पौडेलले प्रहरीको साइबर ब्युरोमा यसको मौखिक जानकारी गराएका हुन्।
'माननीय मन्त्रीज्यूले कुनैपनि फेसबुक र ट्विटर चलाउनुहुन्न, उहाँको तस्बिर राखेर उहाँकै जस्तो देखिने गरी सामाजिक सञ्जाल सञ्चालन भएको जानकारी आएकाले त्यसबारे प्रहरीमा जानकारी गराएका हौँ,' पौडेलले भने।
मन्त्री खतिवडाको नाममा फेसबुक सञ्चालन गरी विभिन्न विवरण पोस्ट गरेको पाइएकाले शुभेच्छुकमा भ्रम पर्न सक्ने भन्दै प्रहरीलाई जानकारी गराइएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।