बारा- बारामा १० वर्षीया बालिका बलात्कृत भएकी छन्। बालिकालाई बलात्कार गरेको अभियोगमा जितपुर सिमरा उपमहानगरपालिका-७ नदिया टोल बस्ने १९ वर्षीय करन सहनीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।
बलात्कार भएको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले करनलाई पक्राउ गरेको हो। पक्राउ परेका करनविरुद्ध जबरजस्ती करणी कसुरमा म्याद लिएर अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।