काठमाडौं- कञ्चनपुरमा बाबुले आफ्नै छोराका हत्या गरेका छन्। छोरालाई हत्या गरेको आरोपमा भिमदत्त नगरपालिका-२ उल्टाखामका ३९ वर्षीय डम्बर चन्दलाई प्रहरीले पक्राउ गरेको छ।
उनले आफ्नै छोरा १६ वर्षीय छोरा सुवर्ण चन्दलाई हत्या गरेको प्रहरीले जनाएको छ। धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका सुवर्णको महाकाली अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको थियो।
हत्याको कारण भने नखुलेको प्रहरीले जनाएको छ। बुधबार साँझ पक्राउ परेका डम्बरविरुद्ध प्रहरीले कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।