• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

'क्लोज आउट'मा पर्दा लगानीकर्ताले तिरे साढे १० करोड ‍जरिवाना, अक्सन मार्केट नहुँदा समस्या

64x64
अरुण सापकोटा बिहीबार, फागुन २९, २०७६  १६:१६
1140x725
राजधानीस्थित एक सेयर ब्रोकर कार्यालयमा नेप्सेको बजार मूल्य अवलोकन गर्दै लगानीकर्ताहरू।

काठमाडौं- हतारमा सेयर बिक्री गरेर 'क्लोज आउट'मा पर्नेले साउन यता १० करोड ५२ लाख रुपैयाँ जरिवाना तिरेका छन्। लगानीकर्ताले गरेको गल्तीले तिर्नु परेको जरिवानाबाट नेपाल सरकारले २ करोड ६३ लाख रुपैयाँ राजस्व प्राप्त गरेको छ।

चालु आर्थिक वर्षमा ७ हजार ३ सय १२ वटा कारोबार क्लोज आउटमा परेको सिडिएस एन्ड क्लियरिङ (सिडिएससी)का आइटी विभाग प्रमुख सुरेश न्यौपानेले जानकारी दिए। लगानीकर्ताहरूले आफूसँग नभएको ११ लाख ७६ हजार कित्ता सेयर बिक्री गर्दा क्लोज आउटमा परेका हुन्। बजार मूल्यका आधारमा ५२ करोड ६४ लाख रुपैयाँका लागि लगानीकर्ताले जरिवाना तिरेका हुन्। 

लगानीकर्ताले आफूसँग नभएको सेयर बिक्री गरेमा क्लोज आउटमा पर्छन्। यदि लगानीकर्ताले सेयर बिक्री गरेपछि राफसाफका लागि 'डिआइएस स्लिप' नबुझाए पनि क्लोज आउटमा पर्न सक्छन्।

कुनै लगानीकर्ताले आफूसँग भएको सेयरभन्दा धेरै कित्ता सेयर बिक्रीका लागि आवेदन दिन्छन्। आफूसँग कति कित्ता छ नहेरिकन धेरै कित्ताको लागि आवेदन दिदा उनीहरु समस्यामा पर्छन्। नेप्सेको अनलाइन प्रणालीको कारणले पनि धेरै लगानीकर्ता क्लोज आउटको समस्यामा परेका थिए। 

क्लोज आउटमा पर्‍यो भने लगानीकर्ताले आफूले बिक्री गरेको सेयर मूल्यको २० प्रतिशत जरिवाना तिर्नु पर्छ। यदि सेयरधनीले १० लाख रुपैयाँको सेयर बिक्री गर्‍यो र ऊसँग सेयर छैन भने दुई लाख रुपैयाँ जरिवाना तिर्नु पर्छ। उक्त दुई लाखको २५ प्रतिशत सरकारले राजस्वका रुपमा प्राप्त गर्छ। बाँकी ७५ प्रतिशत सेयर खरिद गर्ने लगानीकर्ताले प्राप्त गर्दछ। 

एक पटक आवेदन दिँदा 'कन्फर्म नोटिफिकेसन' ‍नआउने तर प्रणालीबाट भने बिक्री भइसक्ने अवस्था थियो। उक्त नोटिफिकेसन नआउँदा लगानीकर्ताले बिक्री नभएको भन्दै दोहोर्‍याएर आवेदन दिँदा क्लोज आउटमा पर्ने समस्या थियो। अनलाइन प्रणालीमा समस्या आउँदा यस्ता घटना दोहोरिने गरेको ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले जानकारी दिए।

सेयर बिक्री गर्नुअघि लगानीकर्ता चनाखो नहुँदा क्लोज आउटमा पर्ने समस्या धेरै देखिएको रानाभाटले जानकारी दिए। गलत मनशाय नराखी झुक्किएर भएको गल्तीबाट लगानीकर्ताले करोडौं रुपैयाँको जरिवाना तिर्नु पर्ने अवस्था आएको उनले बताए।  

सिडिएससीले गत साता राफसाफको समय तीन दिनबाट दुई दिनमा झारेको थियो। सेयर बिक्री गरेपछि दुई कारोबार दिन भित्रमा अनलाइन सुविधा लिनेले मेरो सेयरबाट र नहुने डिआइएस स्लिप बुझाइ सक्नु पर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

'टि प्लस थ्री' हुँदा धेरै जना लगानीकर्ता क्लोज आउटमा पर्ने गरेका थिए। सिडिएससीले राफसाफ प्रणाली परिवर्तन गर्दै 'टि प्लस टु' (कारोबार भएको दुई दिन)भित्र अनिवार्य डिआइएस स्लिप ल्याउनैपर्ने व्यवस्था गरेपछि क्लोज आउटको समस्या केही हदसम्म घट्ने अध्यक्ष रानाभाटले जानकारी दिए। तर, केही लगानीकर्ताले  सेयर बिक्री गरेपछि डिआइएस स्लिप बुझाउँदैनन्। यसका कारण नयाँ व्यवस्था गरिएको थियो। 

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा कम्पनीहरूले वितरण गरेको बोनस सेयर तथा हकप्रद सेयर दोस्रो बजारमा सूचीकृत भएको जानकारी पाएर कतिपय लगानीकर्ताहरूले हत्तपत्त सेयर बिक्री गरिदिन्छन्। सूचीकृत भएको सूचना आए पनि डिम्याट खातामा नआएको अवस्थामा बिक्री गरे लगानीकर्ताहरु क्लोज आउटमा पर्छन्।  

क्लोज आउट समस्याको समाधान 
यदि लगानीकर्ताहरूले झुक्किएर सेयर बिक्री गरेका रहेछन् भने अक्सन बजारबाट सेयर खरिद गरेर बिक्री गर्न पाउनुपर्ने रानाभाटले बताए। झुक्किएर सेयर बिक्री भएको छ तर उसको गलत नियत थिएन भने ऊ अन्यायमा पर्ने उनको तर्क छ। अहिलेकै अवस्थामा राफसाफलाई एक दिन घटाउँदा क्लोज आउटमा पर्ने समस्या थप बढ्ने उनले बताए। 

बजारका लागि राफसाफ हुने दिन घट्नु राम्रो हो तर क्लोज आउटका कारण करोडौं रुपैयाँ जरिवाना तिर्नु पर्ने अवस्थाको समाधान हुनु पर्ने ब्रोकरहरू बताउँछन्। यदि अक्सन बजार हुने हो भने लगानीकर्ताले तुरुन्तै खरिद गरेर खरिदकर्तालाई दिन सक्छन्। जसले गर्दा थोरै जरिवाना तिरे पुग्छ।  

Xtrem

Xtrem

नेपाल स्टक एक्सचेन्ज र सिडिएससीले अक्सन मार्केटको नियम बनाइरहेको छ। अक्सन मार्केटको लागि नियमको मस्यौदा बनिसकेको नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिए। अक्सन मार्केट नै क्लोज आउट समस्या समाधानको उपाय नभएको पराजुलीले बताए। लगानीकर्ताले सेयर बिक्री गर्नु भन्दा अगाडि हेरेर मात्रै अर्डर दिनु पर्ने उनको सुझाव छ। नेपाल स्टक एक्सचेन्जले अक्सन मार्केटको नियम नल्याउँदासम्म यस्तो समस्या थप बढ्नेछ।

सरकार, धितोपत्र बोर्ड र नेप्सेले छिटो अक्सन मार्केटको व्यवस्था गरेर लगानीकर्तालाई राहत प्रदान गर्नुपर्ने रानाभाटको भनाइ छ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १६:१६
  • #auctionmarket
  • #nepse
  • #closeout

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
सेयर बजारमा ९.६२ अङ्कको गिरावट आज नेप्से परिसूचक ९ दशमलव ६२ अंकले घटेर २,६०३ को विन्दुमा कायम भएको छ । आज ६९ कम्पनीको शेयर मूल्य बढेको छ भने १९९ कम्पनीको शेयर मूल्... मंगलबार, असोज १३, २०८३
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्