लहान- पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङ्गा नगरपालिका–४ कदमाहास्थित सडकमा शुक्रबार बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ६०२ नम्बरको बसको टायर पङ्चड भई अनियन्त्रित भएर स७प ७१५० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सप्तरी कञ्चनरुप नगरपालिका–८ निवासी ४० वर्षीय शम्भु स्वर्णकार र सोही ठाउँका ३५ वर्षीय सन्दीप स्वर्णकारको मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकल चालक स्वर्णकारको उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल ल्याउने क्रममा बाटोमै मृत्यु भएको र सन्दीपको उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल लैजाने क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रण लिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।