एजेन्सी- विश्वका अधिकांश सूचकाङ्कमा नम्बर एकमा पर्ने नर्वेमा कोरोना भाइरस तीब्र रुपमा फैलिएको छ। २४ घण्टामा २ सय १२ जनामा संक्रमण देखिएपछि त्यहाँ कोरोना संक्रमितको संख्या ४ सय ८९ पुगेको छ।
चीनको वुहानबाट फैलन सुरु गरेको कोभिड-१९ (कोरोना भाइरस) को संक्रमण अहिले विश्वका १ सय २४ देशहरूमा फैलिसकेको छ। यसबाट अहिलेसम्म ४ हजार ६ सयभन्दा बढीको मृत्यु भइसकेको छ भने १ लाख २४ हजार ५ सयभन्दा बढी मानिसहरु कोरोनाबाट संक्रमित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।