• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निर्माण नसकिँदै बेवास्तामा एउटा ‘ओझेलको मैदान’

64x64
सराेज तामाङ बिहीबार, फागुन २९, २०७६  १३:३२
1140x725

काठमाडौं- मनोहरा र बाग्मती नदीको दोभानमा अहिले एउटा फुटबल मैदानको काम धमाधम चलिरहेको छ। दशरथ रंगशालाको विकल्पको रुपमा हेरिएको तर ओझेलमा परेको यो च्यासल फुटबल मैदानले अहिले नयाँ रुप पाइरहेको हो। तर कामको गति निकै सुस्त।

ठूला अन्तर्राष्ट्रिय स्तरको रंगशाला अभावमा नेपाली खेलकुद सधैँ छटपटाई रह्यो, अझै छटपटाई रहेको छ। २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले दशरथ रंगशालालाई भग्नाअवशेषमा परिणत गर्दा त्यसको विकल्प खोज्न थालियो। तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल खेल मैदानलाई रंगशालाको विकल्पमा प्रयोग गर्न निर्माणको लागि सम्झौता गरे।  

करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि सारिए। भौतिक संरचनाको अभावमा रुमलिइरहेको खेलकुद क्षेत्रलाई यो निर्णयले केही सार्थकता दियो। १० देखि १२ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुने भएपछि फुटबल समर्थक निकै उत्साहित भए। 

तर यतिबेला यो निर्माणाधिन मैदानप्रति आवश्यक चासो पुगेको भने देखिँदैन। सुस्त गतिमा काम हुने ‘नेपाली चलन’ ले मैदानको निर्माण पछि परेको छ नै तर एन्फाको तदारुकता नदेखिनु पनि उदेकलाग्दो छ। 

अहिले त एन्फाका पदाधिकारी नै च्यासल मैदानप्रति सकारात्मक छैनन्। एन्फाका एक उच्च अधिकारी भन्छन्, ‘पुराना कार्यसमितिले गरेको निर्णय हो। त्यसले बाटो र नदीको भाग पनि ओगटेको छ।’

पुराना कार्य समितिले गरेको निर्णय नयाँ नेतृत्व आएसँगै बेवास्ता गर्ने परम्परा खेलकुद क्षेत्रमा ब्यप्त छ। जसको ज्वलन्त उदाहरण च्यासल मैदान बन्यो। एन्फाका उच्च अधिकारी थप्छन्, ‘सानो ठाउँमा ठूलो सपना देख्नु हुन्न। मैदानमा धेरै समस्याहरु छन्।’

एन्फाकै योजना तर पराइको व्यवहार गर्दा मैदानको कामले तिव्र गति लिन नसकेको हो। 

Ncell 2
Ncell 2
nimb
nimb

कति भयो काम?
२०७३ साल मंसिरदेखि २०७५ फागुनमा काम सक्ने लक्ष्यसहित डाँफे प्रेररा प्रतिष्ठानले निर्माणको जिम्मा लियो। ३३ करोड रुपैयाँमा मैदानको प्याराफिट, मैदान, नाली, गेट, शौचालय तथा टिकट घर निर्माण गर्ने गरी सम्झौता भयो।

काम करिब दुई वर्षमा सक्ने लक्ष्य थियो। तर तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्यो, धेरै काम बाँकी नै छ। काम सुस्त छ। संलग्नहरु नै भन्छन्- ठेकेदारलाई मन लाग्यो काम लगायो नत्र अर्कै साइडमा कामदार पठाउँछन्। न यसको निगरानी सरकारले गरेको छ न एन्फाले। निर्माणमा ढिलासुस्ती गर्दा पनि ठेकेदारमाथि प्रश्न उठाउने हिम्मत सरोकार निकायले नै गरेको छैन। 

एन्फा पदाधिकारी मोफसलका प्रतियोगितामै व्यस्त छन् भने खेलकुदका बागडोर सम्हालेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल पत्रकार सम्मेलनमै व्यस्त देखिन्छन्। खेलकुदमा नयाँ ऐन अन्तिम चरणमा रहेकाले पनि उनी ‘आफ्नै प्रचार’ का काममा भन्दा अरुमा नलाग्नु सामान्य देखिइरहेको छ। 

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर महेश जोशी भने धमाधम काम भएको दाबी गर्छन्। ‘अन्य काम भइरहेको हुँदा मैदानको काम रोकिएको हो। टिकट काउन्टर भवन बनिरहेको छ। अन्य काम जारी छ’ उनले भने। 

दुई वटा ठूला प्याराफिटमा कुर्सी पनि हालि देखिन्छ भने टिकट काउन्टर भवनसँगै रहेको ठूलो प्याराफिटमा भने कुर्सी हाल्न बाँकी नै छ। टिकट काउन्टर र शौचालय भवन निर्माण भइरहेको छ। यसले पूर्णता पाउन आझै समय लाग्छ नै। प्याराफिट भवनदेखि अन्य भवनको आन्तरिक निर्माण सम्पन्न गर्न निकै समय लाग्ने नै देखिन्छ।

त्यससँगै मैदान बनाउने र मैदानमा आर्टिफिसियल टर्फ हाल्ने, लाइट हाल्ने काम हुनेछ। विभिन्न कारण देखाउँदै मिति थप्न माग गरेका ठेकेदार भने आउँदो जेठमा सक्ने दाबी गर्छन्। तर यहि सुस्त गतिमा काम गर्ने हो भने थपेको समयमा पनि काम सकिने देखिँदैन।  

असफल योजना
च्यालस फुटबल मैदानलाई दशरथ रंगशालाको वैकल्पिक मैदानकै रुपमा लिइएको छ। अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न हुने योग्य रंगशाला निर्माण हुने एन्फाको दाबी छ।

तर मैदानलाई थप क्षमता विस्तार गर्न गरिएको अध्ययन अनुसन्धान नै अपूर्ण देखिन्छ। यतिसम्म कि एन्फा, सरकार र ठेकेदार कम्पनीले हचुवाको भरमा निर्माण थालेको स्पष्ट हुँदै गएको छ।

पूर्व तथा पश्चिम क्षेत्रमा दुईवटा ठूला प्याराफिट निर्माण भएका छन्। बागमती नदी र मनोहरा नदीको दोभानमा रहेको च्यासल मैदान अध्ययन बिना नै निर्माण थालियो। मनोहरा नदीकै किनारमा सडक छ। जुन मैदानसँगै जोडिएको छ। सुरुमा दुबैतर्फका प्याराफिट मनोहरा नदी छेउमा च्यापिएको थियो। जग पनि हालिसकेको थियो। तर विवाद भएपछि २५ मिटर वरबाट मात्रै नयाँ प्याराफिट बनाइएको छ।

यसको प्रत्यक्ष प्रभाव दर्शक क्षमतामा पुगेको छ। सुरुमा १० देखि १२ हजार दर्शक क्षमताको मैदान निर्माण हुने अध्ययनले देखाएको थियो। तर अहिले ७ हजार पाँच सयको हाराहारीमा मात्रै दर्शक अट्ने राखेपका इन्जिनियर बताउँछन्।

एन्फासँगको सम्झौतमा राखेपले प्याराफिट, शौचालय, गेट, टिकट काउन्टर, मैदानको वरपर नाली बनाउने लगायतका काम गर्नेछ। त्यसपछि एन्फाले बाँकी काम पूरा गरी मैदानलाई अन्तर्राष्ट्रिय खेल खेलाउन लायक बनाउने योजना छ।

भिडियोमा हेर्नुहोस् मैदान निर्माणको अवस्था

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
बालेनको सचिवालयले पासपोर्ट ठेक्का दिन खोजेको आइडिमियाको रिट सर्वोच्चद्वारा खारेज सोमबार, असोज ५, २०८३
प्रधानमन्त्री बालेन नोभेम्बरमा दिल्ली जाने तयारी सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
भोटेकोशी बाढीपीडितका लागि अस्थायी आवासको तयारी तीव्र सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्