• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, मंसिर २१, २०८२ Sun, Dec 7, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

निर्माण नसकिँदै बेवास्तामा एउटा ‘ओझेलको मैदान’

64x64
सराेज तामाङ बिहीबार, फागुन २९, २०७६  १३:३२
1140x725

काठमाडौं- मनोहरा र बाग्मती नदीको दोभानमा अहिले एउटा फुटबल मैदानको काम धमाधम चलिरहेको छ। दशरथ रंगशालाको विकल्पको रुपमा हेरिएको तर ओझेलमा परेको यो च्यासल फुटबल मैदानले अहिले नयाँ रुप पाइरहेको हो। तर कामको गति निकै सुस्त।

ठूला अन्तर्राष्ट्रिय स्तरको रंगशाला अभावमा नेपाली खेलकुद सधैँ छटपटाई रह्यो, अझै छटपटाई रहेको छ। २०७२ वैशाखमा गएको विनाशकारी भूकम्पले दशरथ रंगशालालाई भग्नाअवशेषमा परिणत गर्दा त्यसको विकल्प खोज्न थालियो। तत्कालिन युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र अखिल नेपाल फुटबल संघ (एन्फा) ले च्यासल खेल मैदानलाई रंगशालाको विकल्पमा प्रयोग गर्न निर्माणको लागि सम्झौता गरे।  

करिब दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित योजना अघि सारिए। भौतिक संरचनाको अभावमा रुमलिइरहेको खेलकुद क्षेत्रलाई यो निर्णयले केही सार्थकता दियो। १० देखि १२ हजार दर्शक क्षमताको रंगशाला निर्माण हुने भएपछि फुटबल समर्थक निकै उत्साहित भए। 

तर यतिबेला यो निर्माणाधिन मैदानप्रति आवश्यक चासो पुगेको भने देखिँदैन। सुस्त गतिमा काम हुने ‘नेपाली चलन’ ले मैदानको निर्माण पछि परेको छ नै तर एन्फाको तदारुकता नदेखिनु पनि उदेकलाग्दो छ। 

अहिले त एन्फाका पदाधिकारी नै च्यासल मैदानप्रति सकारात्मक छैनन्। एन्फाका एक उच्च अधिकारी भन्छन्, ‘पुराना कार्यसमितिले गरेको निर्णय हो। त्यसले बाटो र नदीको भाग पनि ओगटेको छ।’

पुराना कार्य समितिले गरेको निर्णय नयाँ नेतृत्व आएसँगै बेवास्ता गर्ने परम्परा खेलकुद क्षेत्रमा ब्यप्त छ। जसको ज्वलन्त उदाहरण च्यासल मैदान बन्यो। एन्फाका उच्च अधिकारी थप्छन्, ‘सानो ठाउँमा ठूलो सपना देख्नु हुन्न। मैदानमा धेरै समस्याहरु छन्।’

एन्फाकै योजना तर पराइको व्यवहार गर्दा मैदानको कामले तिव्र गति लिन नसकेको हो। 

Ncell 2
Ncell 2

कति भयो काम?
२०७३ साल मंसिरदेखि २०७५ फागुनमा काम सक्ने लक्ष्यसहित डाँफे प्रेररा प्रतिष्ठानले निर्माणको जिम्मा लियो। ३३ करोड रुपैयाँमा मैदानको प्याराफिट, मैदान, नाली, गेट, शौचालय तथा टिकट घर निर्माण गर्ने गरी सम्झौता भयो।

काम करिब दुई वर्षमा सक्ने लक्ष्य थियो। तर तोकिएको समयभन्दा एक वर्ष बढी भइसक्यो, धेरै काम बाँकी नै छ। काम सुस्त छ। संलग्नहरु नै भन्छन्- ठेकेदारलाई मन लाग्यो काम लगायो नत्र अर्कै साइडमा कामदार पठाउँछन्। न यसको निगरानी सरकारले गरेको छ न एन्फाले। निर्माणमा ढिलासुस्ती गर्दा पनि ठेकेदारमाथि प्रश्न उठाउने हिम्मत सरोकार निकायले नै गरेको छैन। 

एन्फा पदाधिकारी मोफसलका प्रतियोगितामै व्यस्त छन् भने खेलकुदका बागडोर सम्हालेका राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेश सिलवाल पत्रकार सम्मेलनमै व्यस्त देखिन्छन्। खेलकुदमा नयाँ ऐन अन्तिम चरणमा रहेकाले पनि उनी ‘आफ्नै प्रचार’ का काममा भन्दा अरुमा नलाग्नु सामान्य देखिइरहेको छ। 

ठेकेदार कम्पनीका प्रोजेक्ट म्यानेजर महेश जोशी भने धमाधम काम भएको दाबी गर्छन्। ‘अन्य काम भइरहेको हुँदा मैदानको काम रोकिएको हो। टिकट काउन्टर भवन बनिरहेको छ। अन्य काम जारी छ’ उनले भने। 

दुई वटा ठूला प्याराफिटमा कुर्सी पनि हालि देखिन्छ भने टिकट काउन्टर भवनसँगै रहेको ठूलो प्याराफिटमा भने कुर्सी हाल्न बाँकी नै छ। टिकट काउन्टर र शौचालय भवन निर्माण भइरहेको छ। यसले पूर्णता पाउन आझै समय लाग्छ नै। प्याराफिट भवनदेखि अन्य भवनको आन्तरिक निर्माण सम्पन्न गर्न निकै समय लाग्ने नै देखिन्छ।

त्यससँगै मैदान बनाउने र मैदानमा आर्टिफिसियल टर्फ हाल्ने, लाइट हाल्ने काम हुनेछ। विभिन्न कारण देखाउँदै मिति थप्न माग गरेका ठेकेदार भने आउँदो जेठमा सक्ने दाबी गर्छन्। तर यहि सुस्त गतिमा काम गर्ने हो भने थपेको समयमा पनि काम सकिने देखिँदैन।  

असफल योजना
च्यालस फुटबल मैदानलाई दशरथ रंगशालाको वैकल्पिक मैदानकै रुपमा लिइएको छ। अन्तर्राष्ट्रिय स्तरको खेल सञ्चालन गर्न हुने योग्य रंगशाला निर्माण हुने एन्फाको दाबी छ।

तर मैदानलाई थप क्षमता विस्तार गर्न गरिएको अध्ययन अनुसन्धान नै अपूर्ण देखिन्छ। यतिसम्म कि एन्फा, सरकार र ठेकेदार कम्पनीले हचुवाको भरमा निर्माण थालेको स्पष्ट हुँदै गएको छ।

पूर्व तथा पश्चिम क्षेत्रमा दुईवटा ठूला प्याराफिट निर्माण भएका छन्। बागमती नदी र मनोहरा नदीको दोभानमा रहेको च्यासल मैदान अध्ययन बिना नै निर्माण थालियो। मनोहरा नदीकै किनारमा सडक छ। जुन मैदानसँगै जोडिएको छ। सुरुमा दुबैतर्फका प्याराफिट मनोहरा नदी छेउमा च्यापिएको थियो। जग पनि हालिसकेको थियो। तर विवाद भएपछि २५ मिटर वरबाट मात्रै नयाँ प्याराफिट बनाइएको छ।

यसको प्रत्यक्ष प्रभाव दर्शक क्षमतामा पुगेको छ। सुरुमा १० देखि १२ हजार दर्शक क्षमताको मैदान निर्माण हुने अध्ययनले देखाएको थियो। तर अहिले ७ हजार पाँच सयको हाराहारीमा मात्रै दर्शक अट्ने राखेपका इन्जिनियर बताउँछन्।

एन्फासँगको सम्झौतमा राखेपले प्याराफिट, शौचालय, गेट, टिकट काउन्टर, मैदानको वरपर नाली बनाउने लगायतका काम गर्नेछ। त्यसपछि एन्फाले बाँकी काम पूरा गरी मैदानलाई अन्तर्राष्ट्रिय खेल खेलाउन लायक बनाउने योजना छ।

भिडियोमा हेर्नुहोस् मैदान निर्माणको अवस्था

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०७६  १३:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सराेज तामाङ
नेपाल लाइभका वरिष्ठ संवाददाता तामाङ खेलकुद बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फुटबलका नयाँ प्रशिक्षक : नेपाललाई अवसर कि अर्को प्रयोग मात्र?
राष्ट्रिय टिमबाट ७३ खेलपछि विराजको सन्यास
...अनि बल्ल सरुले सपना देख्‍न थालिन् 
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य शनिबार, मंसिर २०, २०८२
मलाई जसरी पनि पक्राउ गर्नपर्‍यो भनेर प्रधानमन्त्री लाग्नुभएको छ : ओली शनिबार, मंसिर २०, २०८२
मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड शनिबार, मंसिर २०, २०८२
दाङको लमहीमा गोली चल्यो शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उज्यालो नेपाली पार्टीको केन्द्रीय सदस्यबाट विद्या श्रेष्ठले दिइन् राजीनामा शनिबार, मंसिर २०, २०८२
हेटौंडामा बिहानबाटै सडक विस्तार सुरू,५ सय सुरक्षाकर्मी परिचालन शनिबार, मंसिर २०, २०८२
शिक्षामन्त्री पुनको दुर्गा प्रसाईंलाई चुनौती : कति साह्रै हावा कुरा गरेको हाउ भाइ शनिबार, मंसिर २०, २०८२
एनपीएल-२ : सुदूरपश्चिममाथि शानदार जित निकाल्दै विराटनगर क्वालिफायरमा शनिबार, मंसिर २०, २०८२
एनपीएल : लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए शुक्रबार, मंसिर १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
अख्तियारले अनुसन्धान थालेपछि आक्रोशित बने हर्क साम्पाङ बिहीबार, मंसिर १८, २०८२
कुलमानप्रति पोखरेलको टिप्पणी- ‘लोडसेडिङ हटाउने योजना एउटाको, जस पायो अर्कोले, पार्टी खोल्यो तेस्रोले’ बिहीबार, मंसिर १८, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्