काठमाडौं–कोरोना भाइरसको संक्रमणमा सजगता अपनाउँदै कुवेत सरकारले शुक्रबारदेखि व्यावसायिक हवाई सेवा स्थगित गर्ने निर्णय गरेको छ ।
कुवेतले अन्तर्राष्ट्रिय विमानस्थलका सबै व्यासायिक हवाई सेवा स्थगन गर्ने निर्णय गरेको हो। तर नागरिक उद्धार तथा कार्गो सेवाका विमान भने सञ्चालनमा आउने उल्लेख गरिएको छ।
निजी तथा सरकारी क्षेत्रमा काम गर्ने सबै कर्मचारीका लागि कुवेतले बिहीबारदेखि १४ दिन सार्वजनिक बिदासमेत घोषणा गरेको छ।
१२ मार्चदेखि २६ मार्चसम्म बिदा घोषणा गरिएको अरब टाइम्स कुवेतले उल्लेख गरेको छ ।
कुनै पार्टी, भेला, सभा तथा भीडभाड नगर्नसमेत कुवेतले आग्रह गरेको छ।
त्यस्तै होटल, रेस्टुराँ, क्याफे, हल, सपिङसेन्टर, बैंकलगायत संस्था बन्द गर्न निर्देशन दिइएको छ। एटिएम भने खुल्ला रहने उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।