सांकेतिक तस्बिर
मार्तडी–बाजुराको बुढीगंगा नगरपालिका भवनमा आज बिहान भीषण आगलागी भएको छ। विद्युत् चुहावट भइ आगलागी हुँदा विभिन्न शाखाका कागजात तथा कम्प्युटर जलेर नष्ट भएका छन्।
आगोले नगरपालिकाका पशु, कृषि र प्रधानमन्त्री रोजगार कार्यक्रम शाखामा रहेका कागजात तथा कम्प्युटरलगायतका सामान जलेर नष्टभएको नगर प्रमुख दीपकविक्रम शाहले जानकारी दिए। आगलागीले पुर्याएको क्षतिबारे यकीन हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।