रोल्पा–रोल्पाको थवाङमा बेवारिसे अवस्थामा रहेको सकेट बम फेला परेको छ। थवाङ गाउँपालिका ३ मिरुलको राँपा जंगलमा बोरामा बेरेर राखेको अवस्थामा दुइबोरा सकेट बम फेला परेको हो।
घाँस काट्न जंगल गएका स्थानीयले कुहिएको बोरामा ठूलो मात्रामा सकेट देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि मिरुलको टुटुमा रहेको रानागाउँ चौकीबाट गएको प्रहरीको टोलीले चेक जाँच गर्दा सकेट बम भएको निश्चित गरेको थियो।
हाल सकेट बमलाई प्रहरीले सुरक्षा दिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिए। सकेट बम र बोरा सडेको तथा पुरानो भएकाले सशस्त्र द्वन्द्वताका कसैले जंगलमा छाडेको हुन सक्ने प्रहरीले जनाएको छ। बम डिस्पोजका लागि नेपाली सेनाको टोली त्यसतर्फ प्रस्थान गरेको वताइएको छ।
बम भेटिएको स्थाननजिकै पर्ने कुरेलीको एक जंगलमा केही महिना अघि भारी मात्रामा हतियार भेटिएको थियो। जंगलनजिक रहेको एक गोठमा भेटिएको सो हतियार नेपाली सेनाले नियन्त्रणमा लिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।