काठमाडौं– लोक शैलीमा युगल गायन समेटिएको गीत ‘सिरुपाते कम्मर’ सार्वजनिक भएको छ। गीत गायक तथा संगीतकार क्षितिज सापकोटाको शब्द, संगीत र स्वरमा रहेको छ। स्वरमा सापकोटालाई मेलिना राईले साथ दिएकी छन्।
लोक बाजाको प्रयोग गरी बीबी अनुरागीले गीतको संगीत संयोजन गरेका छन्। ठेकी र मदानीजस्ता ग्रामिण सामग्री र यीनको उपयोगितालाई प्रेमसँग जोडेर प्रतिकात्मक ढंगबाट सापकोटाले गीत लेखेका छन्।
गीतको भिडियो शिव विकले निर्देशन गरेका हुन्। भिडियोमा अञ्जली अधिकारी र महेश खड्का ‘फिचर्ड’ छन्।
सापकोटाको यसअघि किराना पसल–१, यो दसैं र तिहारैमा, नसोध कोही, माखे सांग्लोलगायत आधा दर्जनभन्दा बढी गीत सार्वजनिक भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।