काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री पूर्णकुमार शेर्माको निधन भएको छ। उपचारका क्रममा बुधबार बिहान काठमाडौंको निदान अस्पतालमा उनको निधन भएको हो। लामो समयदेखि मिर्गौलाका रोगी उनी डायलाइसिस गर्दै आएका थिए।
कांग्रेसका पूर्व केन्द्रीय सदस्य, पूर्व स्थानीय विकासमन्त्री एवं पाँचथरका पूर्व जिल्ला सभापति शेर्माको ७७ वर्षको उमेरमा निधन भएको हो।
उनी २०६४ सालको संविधानसभाको निर्वाचनपछि माधव नेपाल नेतृत्वको कांग्रेस एमालेको संयुक्त सरकारमा स्थानीय विकास मन्त्री बनेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।