भक्तपुर- पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको भक्तपुरस्थित घरमा बुधबार बिहान बम विस्फोट भएको छ। मध्यपुर ठिमी नगरपालिका-१ मनोहरा फाँटमा रहेको बाँस्कोटाको घरमा बिहान करिब पौने ८ बजे विस्फोट भएको भक्तपुर प्रहरीले जनाएकाे छ।
प्रेसर कुकर बम विस्फाेट भएकाे बताइएकाे छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी वृत्त ठिमीको टोली घटनास्थलमा पुगेकाे छ। कसले र किन बम विस्फोट गरायो भन्ने बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। तर, बम विस्फाेट प्रतिबन्धित नेत्रविक्रम चन्द समूहले गराएको आशंका गरिएको छ।
विस्फोटबाट बाँस्कोटाको निर्माणाधीन घर परिसरमा राखेको मारुती भ्यानसहित छिमेकीहरुको घरमा क्षति पुगेकाे बताइएकाे छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते मन्त्रीबाट राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।