काठमाडौं- कोरोनाको आशङ्कामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दुईजनालाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ।
कोरियाबाट फर्केका दुवैलाई मंगलबार आइसोलेसनमा राखिएको अस्पताल स्रोतले जनाएको हो। रुघाखोकी र ज्वरो आएपछि उनीहरू अस्पताल पुगेका थिए।
कोरियाबाट फर्केकाले पनि उनीहरूमा कोरोनाको संक्रमण हुनसक्ने आशङ्का गरिएको छ।
कोरियामा अहिलेसम्म कोरोनाका कारण ५४ जनाको मृत्यु भइसकेको छ भने ७ हजार ५ सय १३ जना संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।