काठमाडौं– मिर्गौला प्रत्यारोपणपछि स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पहिलेजसरी सक्रिय हुन कम्तीमा पनि ६ महिना लाग्ने चिकित्सकले बताएका छन्।
प्रत्यारोपणको सातौं दिन मंगलबार आयोजित पत्रकार सम्मेलनमा डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्यबारे अपडेट दिएकी हुन्।
प्रधानमन्त्रीले एक महिनाभित्र बैठक राख्न सक्ने तर भीडभाडमा जान नहुने डा शाहले बताइन्। उनका अनुसार प्रधानमन्त्रीको रक्तचाप तथा सुगर सामान्य छ।
प्रधानमन्त्रीको गत बुधबार मिर्गौला प्रत्यारोपण भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।