काठमाडौं– विश्वभरि कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिरहेका बेला भारतमा यसका थप ९ जना संक्रमित भेटिएका छन्।
भारतमा अहिलेसम्म करिब ५४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ।
भारतको राजस्थान र केरलामा धेरै संक्रमित पाइएका छन्। अहिलेसम्म भारतका १० राज्यमा न्युन संख्यामा कोरोना संक्रमितहरु भेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।