काठमाडौं–बैंकिङ कसुरको आरोपमा फरार विवादास्पद ठेकेदार मनोज भेटवाल आफैं प्रहरी कार्यालय पुगेका छन्। पुरानो बसपार्कमा भ्यु टावर बनाइरहेका उनी मंगलबार आफैं महानगरीय प्रहरी परिसर टेकु पुगेका हुन्।
७५ लाख रुपैयाँ ठगी गरेको आरोपमा उच्च अदालत, पाटनले उनलाई पक्राउ गर्न अनुमति दिएपछि उनी लुक्दै बसेका थिए। पछिल्लो समय उनी भारतमा बसेको प्रहरी आशंका थियो।
बैंकमा ब्यालेन्सै नभएको चेक दिएर ठगी गरेको भन्दै भेटवालविरुद्द चन्द्र तामाङले किटानी जाहेरी दिएका थिए। आफैं प्रहरी कार्यालय आएपछि प्रहरीले उनलाई हिरासतमा राखेर अनुसन्धान प्रकृया अगाडि बढाएको छ।
भेटवाललाई यस अगाडि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले पक्राउ गरेको थियो। उनी तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला प्रकरणमा क्राउ परेका थिए । उनी ‘क’ वर्गका ठेकदार हुन्। उनी यसअघि खुल्ला मञ्चको सार्वजनिक जग्गा हडपेर सटर बनाएकोमा विवादमा तानिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।