• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३१, २०८२ Fri, Oct 17, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

महिला टी-२० विश्वकपले वकालत गरेको महिला सशक्तीकरण र लैङ्गिक समानता

दिपेश पण्डित सोमबार, फागुन २६, २०७६  २१:२३
1140x725

काठमाडौं- ८ मार्च २०२०, अर्थात् अन्तर्राष्ट्रिय महिला क्रिकेटको इतिहासमा सम्भवत: एउटा कोसेढुंगा सावित बनेको दिन। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला अधिकार एवं लैंगिक समानताका नारासहित विश्वभर अनेकौं सभा-समारोह भए। यसै दिन अष्ट्रेलिया र भारतीय महिला क्रिकेट टिम भने इतिहास बनाउने लक्ष्यसहित अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा बहुप्रतीक्षित टी-२० विश्वकप प्रतियोगिताको फाइनल खेल्दै थिए। 

घरेलु टिम अष्ट्रेलिया एवं भारतबीच हुन गइरहेको उक्त खेलमा दर्शक पनि इतिहासमै सर्वाधिक धेरै ओइरिएका थिए। विगतका विश्वकप फाइनलमा मुस्किलले १०/१२ हजार दर्शकको उपस्थिति रहने महिला क्रिकेटमा यस पटक भने करिब ८७ हजार दर्शकको उपस्थितिले नयाँ किर्तीमान बनाएको थियो। 

यो उत्साह मैदानभित्र मात्र सीमित थिएन, अन्तर्राष्ट्रिय जगतमा नै यस खेलले धेरैको ध्यान केन्द्रित गर्न सफल भइरहेको थियो। विश्व चर्चित गायिका केटी पेरीले 'हियर मि रोर' गाइरहँदा त्यहाँ उनीले मात्र गीत गाइएरहेकी थिइनन्, लैंङ्गिक समानता पनि गर्जिरहेको थियो, महिला क्रिकेटले 'रोर' गरिरहेको थियो। अस्ट्रेलियाकी सफल खेलाडी एलिस पेरीबिना मैदानमा उत्रिएको अष्ट्रेलिया, पाँचौ पटक टी-२० विश्वकप जितेर इतिहास बनाउन चाहन्थ्यो भने युवा खेलाडी बोकेर अष्ट्रेलिया पुगेको भारत १६ वर्षीय आशालाग्दी खेलाडी सफाली बर्माको उत्कृष्ट इनिङसहित पहिलो पटक विश्वकप उठाउन चाहन्थ्यो। 

अष्ट्रेलिया पुरुष टिमका महत्वपूर्ण खेलाडी मिचेल स्टार्क, आफ्नी श्रीमती अलिसा हिलीलाई साथ दिन पुरुष क्रिकेटको दक्षिण अफ्रिका टुरका क्रममा नै अस्ट्रेलिया फर्किएका थिए। अस्ट्रेलिया टिमकी विकेटकिपर तथा ओपनर अलिसा, पहिलो चोटी घरेलु मैदानमा टी-२० विश्वकपको फाइनल खेल्दै थिइन्। सन् २०१५ मा अस्ट्रेलिया पुरुष टिमले एकदिवसीय विश्वकपको फाइनल जित्दै गर्दा अलिसाले पनि मिचेल स्टार्कलाई मैदानमा उपस्थित भएर साथ दिइरहेकी थिइन्। 

अलिसाले आफ्ना पति स्टार्कको यो प्रेम र साथलाई यसै खेर जान पनि दिइनन्। बेथ मुनिसँग ब्याटिङ ओपन गर्न आएकी अलिसाले चौका र छक्काको वर्षा गर्दै ३९ बलमा ७५ रन बनाएर टिमलाई उत्कृष्ट सुरुवात दिलाइन्। यस क्रममा उनले कुनै पनि आईसिसी (महिला वा पुरुष) प्रतियोगिताको फाइनल खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउन पनि सफल भइन्। यसअघि भारतीय खेलाडी हार्दिक पाण्ड्याले २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा, पाकिस्तानविरुद्ध ३२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए। यहाँ एक महिलाले पुरुष क्रिकेटको पनि किर्तीमान तोड्न सफल भइएहेकी थिइन्। सन् २०१८ मा अष्ट्रेलियाले महिला टी-२० विश्वकप चौँथो पटक जित्दा अलिसा, प्रतियोगिताकै सर्वाधिक (२२५) रन बनाउने खेलाडी पनि थिइन्।

अष्ट्रेलियाले कुल ७ संस्करणमध्येको ५ विश्वकप जित्दा यो विश्वकप भने घरेलु मैदानमै जित्न सफल रह्यो। अलिसालाई ओपनिङमा अर्को एन्डबाट साथ दिएकी बेथ मुनीले ७८ रन बनाउँदा उनी प्रतियोगिताकै सर्वाधिक रनकर्ता पनि बन्न सफल भइन्। उनले यस संस्करणमा बनाएको कुल २५९ रन महिला टी-२० विश्वकपको संस्करणमा बनेको सर्वाधिक रन हो। अस्ट्रेलियाको महिला टिमले, फाइनल खेलको कुनै पनि क्षण महिला र पुरुष क्रिकेट विचको भिन्नता महसुस हुन दिइरहेको थिएन। ओपनर अलिसा र मुनीको सट् सेलेक्सन र खेल हेर्दा यस्तो लाग्थ्यो कि एडम गिलक्रिस्ट र म्याथ्यु हेडन मिलेर ओपनिङ ब्याटिङ गरिरहेका थिए। निर्धारित २० ओभरको खेलमा अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १८४ रन बनायो। 

फाइनल खेल डिफेन्ड गर्न पोख्त अस्ट्रेलियाको टिम, घरेलु ८७ हजार दर्शकको अगाडि न आत्तिएका देखिन्थ्यो, न कुनै फाइनल खेलको प्रेसर नै महसुस गरिरहेको देखिन्थ्यो। युवा टिम लिएर अस्ट्रेलिया आएको भारत पहिलो पटक टी-२० विश्वकपको फाइनल खेलिरहेको थियो। १६ वर्षीय ओपनर सफाली वर्मा, अर्की ओपनर स्मृति मन्दनासँग मैदान प्रवेश गरिरहेकी थिइन्। सफालीले यो कलिलै उमेरमा, विदेशी भूमिको त्यतिका दर्शकको अगाडि एक भरोसाको पात्र बनेर खेल्नु कुनै चानेचुने विषयको कुरा भने थिएन। अघिल्ला खेलमा टिमलाई राम्रै सुरुवात दिन सफल रहेकी सफाली, फाइनलमा भने २ रनमा नै आउट हुन पुगिन्। १६ वर्षको उमेरमा देशलाई विश्वकप जिताउने सपना बोकेर अष्ट्रेलिया पुगेकी सफाली तेश्रो बलमै विकेटकिपर अलिसाको हातबाट कट-आउट हुन पुग्दा निकै भावुक भएर पविलियन फर्किइन्। उनको हाउभाउमा, आफूले देशको लागि महत्वपूर्ण अवस्थामा योगदान गर्न नसकेको निराशा देख्न सकिन्थ्यो। 

Ncell 2
Ncell 2

तानिया भाटिया, बलले लागेर चोटिल भई रिटायर्ड हर्ट हुँदा जमाइमा रोड्रिगेज पनि शून्य रनमै आउट हुन पुगिन्। स्मृति मन्दना (११) र कप्तान हर्मनप्रीत कौर (४) पनि पावरप्ले भित्रै आउट हुँदा छैटौं ओभरको अन्त्यसम्म टिम ३०/४ को स्थिति पुग्न बाध्य भयो। यस अघि पहिलो इनिङमा २ विकेट लिन सफल अलराउन्डर दिप्ती शर्मा (३३) र वेदा कृश्नामुर्ती (१९) ले केही रन बनाए पनि मेगान सुट र जेस जोनासनको धारिलो बलिङको अगाडि भारतीय टिम ९९ रनमै अल आउट हुन पुग्यो। भारतीय इनिङ ध्वस्त पार्न मेगानले ४ र जेस जोनासनले ३ विकेट लिएकी थिइन्। भारतीय टिमलाई ८५ रनले जित्दा, यो भने अस्ट्रेलिया महिला क्रिकेट टोलीको पाचौं टी-२० विश्वकप जित हो। यससँगै अस्ट्रेलियाले अहिलेसम्म भएका ७ संस्करणको टी-२० विश्वकपमा ५ जितसँगै कीर्तिमान पनि बनाएको छ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर भन्छिन्, 'यस प्रतियोगिताले मलाई छुट्टै सपना देखाउन प्रेरित गरेको छ, विश्वकपमा पुग्नु छ भन्ने भोक जगाएको छ। जुन आत्मविश्वासका साथ उनीहरूले त्यहाँ खेलिरहेका थिए त्यसरी नै खेल्ने आत्मविश्वास जगाएको छ। ट्रफीमात्र अस्ट्रेलियाले जितेको हो तर पनि जित भने खेलको भएको छ, महिलाको भएको छ, महिला क्रिकेटको भएको छ।' 

यस प्रतियोगिताले वकालत गरिरहेको लैंगिक समानताको असर भने संसारभर पर्ने विषयमा दुई मत छैन। महिला क्रिकेटमा नयाँ रोल मोडल निस्केका छन्। अहिलेको पुस्तामा क्रिकेट भनेपछि विराट कोहली, रोहित शर्मा, स्टिभ स्मिथ, डेभिड वार्नर, केन विलियमसन् मात्र होइनन् एलिस पेरी, अलिसा हिली, बेथ मुनी, स्मृति मन्दना, सफाली वर्माहरू पनि छन् भनेर अलिकति भएपनि जानकारी दिन सफल भएको छ। अस्ट्रेलिया, ईंग्ल्यान्डजस्ता टिमले महिला र पुरुषको समानतालाई लिएर क्रिकेटमा हुने विजेता पुरस्कार राशी पनि बराबर गर्ने निर्णय गरिरहेका छन्, जुन महिला क्रिकेटको लागि 'गेम चेन्जर' बन्ने निश्चित छ। 

यस संस्करणको महिला टी-२० विश्वकप, केबल क्रिकेट म्याच, प्रतियोगिता वा खेलकुद ईभेन्ट मात्र थिएन, यसबाट माथि उठेर यस प्रतियोगिताले महिला सशक्तीकरण र लैंगिक समानताको लागि आह्वान गरिरहेको थियो। एक पुस्तालाई नै प्रेरित गर्न सफल भएको यस प्रतियोगिताले महिला क्रिकेटलाई पनि प्राथमिकतामा राखे पुरुष क्रिकेट प्रतियोगिता भन्दा कम नहुने भने प्रस्ट पारेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
सरकारसँग वार्ता गर्न जेन-जीले समिति बनाउने बिहीबार, असोज ३०, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
अस्ट्रेलियाका डार्शी एनपीएलमा लुम्बिनी लायन्समा आवद्ध बिहीबार, असोज ३०, २०८२
सरकारले फिर्ता बोलायो चीन, अमेरिकासहित १० देशका राजदूत बिहीबार, असोज ३०, २०८२
सहकारी ठगहरु सुनका घडी लगाउँछन्, नक्कली डिभोर्स गरेर बस्छन्– प्रधानमन्त्री कार्की बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
अमेरिकाबाट फर्किए स्वर्गीय विपीन जोशीका आमा र बहिनी, विमानस्थलमै लिन पुगे इजराली राजदूत बिहीबार, असोज ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बैशाखमा निर्वाचन सार्ने तयारी बिहीबार, असोज ३०, २०८२
रोमाञ्चक खेलमा कतारविरुद्ध ५ रनले विजयी, सन्दीपको नाममा पाँच विकेट मंगलबार, असोज २८, २०८२
ओमानविरुद्ध टस जित्दै ब्याटिङ रोज्यो नेपालले, टोलीमा एक परिवर्तन बुधबार, असोज २९, २०८२
जापानलाई हराएसँगै यूएई विश्वकपमा छनोट, सबै टोलीको टुंगो लाग्यो बिहीबार, असोज ३०, २०८२
ओमान क्रिकेट एकेडेमीमा सामोआविरुद्ध यूएईद्वारा छक्काको वर्षा, २२६ रनको विशाल लक्ष्य बुधबार, असोज २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्