• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

महिला टी-२० विश्वकपले वकालत गरेको महिला सशक्तीकरण र लैङ्गिक समानता

दिपेश पण्डित सोमबार, फागुन २६, २०७६  २१:२३
1140x725

काठमाडौं- ८ मार्च २०२०, अर्थात् अन्तर्राष्ट्रिय महिला क्रिकेटको इतिहासमा सम्भवत: एउटा कोसेढुंगा सावित बनेको दिन। अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला अधिकार एवं लैंगिक समानताका नारासहित विश्वभर अनेकौं सभा-समारोह भए। यसै दिन अष्ट्रेलिया र भारतीय महिला क्रिकेट टिम भने इतिहास बनाउने लक्ष्यसहित अष्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा बहुप्रतीक्षित टी-२० विश्वकप प्रतियोगिताको फाइनल खेल्दै थिए। 

घरेलु टिम अष्ट्रेलिया एवं भारतबीच हुन गइरहेको उक्त खेलमा दर्शक पनि इतिहासमै सर्वाधिक धेरै ओइरिएका थिए। विगतका विश्वकप फाइनलमा मुस्किलले १०/१२ हजार दर्शकको उपस्थिति रहने महिला क्रिकेटमा यस पटक भने करिब ८७ हजार दर्शकको उपस्थितिले नयाँ किर्तीमान बनाएको थियो। 

यो उत्साह मैदानभित्र मात्र सीमित थिएन, अन्तर्राष्ट्रिय जगतमा नै यस खेलले धेरैको ध्यान केन्द्रित गर्न सफल भइरहेको थियो। विश्व चर्चित गायिका केटी पेरीले 'हियर मि रोर' गाइरहँदा त्यहाँ उनीले मात्र गीत गाइएरहेकी थिइनन्, लैंङ्गिक समानता पनि गर्जिरहेको थियो, महिला क्रिकेटले 'रोर' गरिरहेको थियो। अस्ट्रेलियाकी सफल खेलाडी एलिस पेरीबिना मैदानमा उत्रिएको अष्ट्रेलिया, पाँचौ पटक टी-२० विश्वकप जितेर इतिहास बनाउन चाहन्थ्यो भने युवा खेलाडी बोकेर अष्ट्रेलिया पुगेको भारत १६ वर्षीय आशालाग्दी खेलाडी सफाली बर्माको उत्कृष्ट इनिङसहित पहिलो पटक विश्वकप उठाउन चाहन्थ्यो। 

अष्ट्रेलिया पुरुष टिमका महत्वपूर्ण खेलाडी मिचेल स्टार्क, आफ्नी श्रीमती अलिसा हिलीलाई साथ दिन पुरुष क्रिकेटको दक्षिण अफ्रिका टुरका क्रममा नै अस्ट्रेलिया फर्किएका थिए। अस्ट्रेलिया टिमकी विकेटकिपर तथा ओपनर अलिसा, पहिलो चोटी घरेलु मैदानमा टी-२० विश्वकपको फाइनल खेल्दै थिइन्। सन् २०१५ मा अस्ट्रेलिया पुरुष टिमले एकदिवसीय विश्वकपको फाइनल जित्दै गर्दा अलिसाले पनि मिचेल स्टार्कलाई मैदानमा उपस्थित भएर साथ दिइरहेकी थिइन्। 

अलिसाले आफ्ना पति स्टार्कको यो प्रेम र साथलाई यसै खेर जान पनि दिइनन्। बेथ मुनिसँग ब्याटिङ ओपन गर्न आएकी अलिसाले चौका र छक्काको वर्षा गर्दै ३९ बलमा ७५ रन बनाएर टिमलाई उत्कृष्ट सुरुवात दिलाइन्। यस क्रममा उनले कुनै पनि आईसिसी (महिला वा पुरुष) प्रतियोगिताको फाइनल खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाउन पनि सफल भइन्। यसअघि भारतीय खेलाडी हार्दिक पाण्ड्याले २०१७ को आईसीसी च्याम्पियन्स ट्रफीमा, पाकिस्तानविरुद्ध ३२ बलमा अर्धशतक बनाउँदै कीर्तिमान बनाएका थिए। यहाँ एक महिलाले पुरुष क्रिकेटको पनि किर्तीमान तोड्न सफल भइएहेकी थिइन्। सन् २०१८ मा अष्ट्रेलियाले महिला टी-२० विश्वकप चौँथो पटक जित्दा अलिसा, प्रतियोगिताकै सर्वाधिक (२२५) रन बनाउने खेलाडी पनि थिइन्।

अष्ट्रेलियाले कुल ७ संस्करणमध्येको ५ विश्वकप जित्दा यो विश्वकप भने घरेलु मैदानमै जित्न सफल रह्यो। अलिसालाई ओपनिङमा अर्को एन्डबाट साथ दिएकी बेथ मुनीले ७८ रन बनाउँदा उनी प्रतियोगिताकै सर्वाधिक रनकर्ता पनि बन्न सफल भइन्। उनले यस संस्करणमा बनाएको कुल २५९ रन महिला टी-२० विश्वकपको संस्करणमा बनेको सर्वाधिक रन हो। अस्ट्रेलियाको महिला टिमले, फाइनल खेलको कुनै पनि क्षण महिला र पुरुष क्रिकेट विचको भिन्नता महसुस हुन दिइरहेको थिएन। ओपनर अलिसा र मुनीको सट् सेलेक्सन र खेल हेर्दा यस्तो लाग्थ्यो कि एडम गिलक्रिस्ट र म्याथ्यु हेडन मिलेर ओपनिङ ब्याटिङ गरिरहेका थिए। निर्धारित २० ओभरको खेलमा अस्ट्रेलियाले ४ विकेटको क्षतिमा १८४ रन बनायो। 

फाइनल खेल डिफेन्ड गर्न पोख्त अस्ट्रेलियाको टिम, घरेलु ८७ हजार दर्शकको अगाडि न आत्तिएका देखिन्थ्यो, न कुनै फाइनल खेलको प्रेसर नै महसुस गरिरहेको देखिन्थ्यो। युवा टिम लिएर अस्ट्रेलिया आएको भारत पहिलो पटक टी-२० विश्वकपको फाइनल खेलिरहेको थियो। १६ वर्षीय ओपनर सफाली वर्मा, अर्की ओपनर स्मृति मन्दनासँग मैदान प्रवेश गरिरहेकी थिइन्। सफालीले यो कलिलै उमेरमा, विदेशी भूमिको त्यतिका दर्शकको अगाडि एक भरोसाको पात्र बनेर खेल्नु कुनै चानेचुने विषयको कुरा भने थिएन। अघिल्ला खेलमा टिमलाई राम्रै सुरुवात दिन सफल रहेकी सफाली, फाइनलमा भने २ रनमा नै आउट हुन पुगिन्। १६ वर्षको उमेरमा देशलाई विश्वकप जिताउने सपना बोकेर अष्ट्रेलिया पुगेकी सफाली तेश्रो बलमै विकेटकिपर अलिसाको हातबाट कट-आउट हुन पुग्दा निकै भावुक भएर पविलियन फर्किइन्। उनको हाउभाउमा, आफूले देशको लागि महत्वपूर्ण अवस्थामा योगदान गर्न नसकेको निराशा देख्न सकिन्थ्यो। 

Ncell 2
Ncell 2
nimb
nimb

तानिया भाटिया, बलले लागेर चोटिल भई रिटायर्ड हर्ट हुँदा जमाइमा रोड्रिगेज पनि शून्य रनमै आउट हुन पुगिन्। स्मृति मन्दना (११) र कप्तान हर्मनप्रीत कौर (४) पनि पावरप्ले भित्रै आउट हुँदा छैटौं ओभरको अन्त्यसम्म टिम ३०/४ को स्थिति पुग्न बाध्य भयो। यस अघि पहिलो इनिङमा २ विकेट लिन सफल अलराउन्डर दिप्ती शर्मा (३३) र वेदा कृश्नामुर्ती (१९) ले केही रन बनाए पनि मेगान सुट र जेस जोनासनको धारिलो बलिङको अगाडि भारतीय टिम ९९ रनमै अल आउट हुन पुग्यो। भारतीय इनिङ ध्वस्त पार्न मेगानले ४ र जेस जोनासनले ३ विकेट लिएकी थिइन्। भारतीय टिमलाई ८५ रनले जित्दा, यो भने अस्ट्रेलिया महिला क्रिकेट टोलीको पाचौं टी-२० विश्वकप जित हो। यससँगै अस्ट्रेलियाले अहिलेसम्म भएका ७ संस्करणको टी-२० विश्वकपमा ५ जितसँगै कीर्तिमान पनि बनाएको छ।

नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर भन्छिन्, 'यस प्रतियोगिताले मलाई छुट्टै सपना देखाउन प्रेरित गरेको छ, विश्वकपमा पुग्नु छ भन्ने भोक जगाएको छ। जुन आत्मविश्वासका साथ उनीहरूले त्यहाँ खेलिरहेका थिए त्यसरी नै खेल्ने आत्मविश्वास जगाएको छ। ट्रफीमात्र अस्ट्रेलियाले जितेको हो तर पनि जित भने खेलको भएको छ, महिलाको भएको छ, महिला क्रिकेटको भएको छ।' 

यस प्रतियोगिताले वकालत गरिरहेको लैंगिक समानताको असर भने संसारभर पर्ने विषयमा दुई मत छैन। महिला क्रिकेटमा नयाँ रोल मोडल निस्केका छन्। अहिलेको पुस्तामा क्रिकेट भनेपछि विराट कोहली, रोहित शर्मा, स्टिभ स्मिथ, डेभिड वार्नर, केन विलियमसन् मात्र होइनन् एलिस पेरी, अलिसा हिली, बेथ मुनी, स्मृति मन्दना, सफाली वर्माहरू पनि छन् भनेर अलिकति भएपनि जानकारी दिन सफल भएको छ। अस्ट्रेलिया, ईंग्ल्यान्डजस्ता टिमले महिला र पुरुषको समानतालाई लिएर क्रिकेटमा हुने विजेता पुरस्कार राशी पनि बराबर गर्ने निर्णय गरिरहेका छन्, जुन महिला क्रिकेटको लागि 'गेम चेन्जर' बन्ने निश्चित छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

यस संस्करणको महिला टी-२० विश्वकप, केबल क्रिकेट म्याच, प्रतियोगिता वा खेलकुद ईभेन्ट मात्र थिएन, यसबाट माथि उठेर यस प्रतियोगिताले महिला सशक्तीकरण र लैंगिक समानताको लागि आह्वान गरिरहेको थियो। एक पुस्तालाई नै प्रेरित गर्न सफल भएको यस प्रतियोगिताले महिला क्रिकेटलाई पनि प्राथमिकतामा राखे पुरुष क्रिकेट प्रतियोगिता भन्दा कम नहुने भने प्रस्ट पारेको छ।

प्रकाशित मिति: सोमबार, फागुन २६, २०७६  २१:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्