काठमाडौं- कोरोना भाइरसको बढ्दो प्रभाव रोक्न अध्यागमन विभागले आठ देशका नागरिकलाई दिँदै आएको अनअरभाइल भिसाको सुविधा रोकेको छ। अध्यागमनले यसअघि पाँच देशका नागरिकले पाउने अनअराइभल भिसा रोकेकोमा शनिबारबाट फ्रान्स, जर्मन र स्पेनका नागरिकलाई पनि अनअराइभल भिसा रोकेको हो।
यी देशका नागरिकले अब नेपाल आउँदा उनीहरुको देशमा रहेको नेपाली दुतावासबाट भिसा लिनुपर्ने छ। सँगै हालसालै भएकाे स्वास्थ्य परिक्षण रिपोर्टसमेत आवश्यक पर्ने अध्यागमन विभागले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि अध्यागमनले जापान काेरिया इटाली इरान र चीनका नागरिकले पाउँदै आएको अनअराइभल भिसाको सुविधा रोकेको छ। अध्यागमनले यी आठ राष्ट्रका नागरिकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रयोग गरेर नेपाल प्रवेश गर्न आग्रह गरेको छ। अमेरिकालगायतका देशमा समेत कोरोना भाइरस बढिरहेको भए पनि त्यसबारे भने अध्यागमनले कुनै निर्णय गरेको छैन।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।