काठमाडौं– सिनामंगलमा ढुंगाले हानेर एक युवकको हत्या भएको छ।
सिनामंगलको भत्केको पुल छेउमा बिहिबार बेलुका हत्या भएको हो।
हत्यामा संलग्न केही शंकास्पद व्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी वृत्त गौशलाका डिएसपी अनुपम श्रेष्ठले बताए। मृतकको नाम तथा घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।