काठमाडाैं- विश्वमा फैलिँदै गएकाे कोरोना भाइरस (कोभिड–१९) प्रति सतर्कता अपनाउँदै कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ।
कतारकाे द गभरमेन्ट कम्युनिकेसन अफिस (जीसिओ)का अनुसार नेपालसहित चीन, भारत, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया, इजिप्ट, इरान, इराक, लेवनान र थाइल्यान्डका नागरिकलाई अल्पकालीन रुपमा कतार प्रवेशमा रोक लगाइएकाे छ। कोरोना भाइरसलाई विश्वव्यापी रुपमा फैलनबाट रोक्ने उद्देश्यसहित उक्त निर्णय लिइएको जनाइएकाे छ।
यो निर्णय कामदार र पर्यटक दुबैका लागि लागू हुने जिसिओले आइतबार जारी गरेको वक्तव्यमा भनिएकाे छ। कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ। यसकाे संक्रमणबाट हालसम्म मृत्यु भने भएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।