राजविराज– सप्तरीको प्रहरी चौकी काचनमा हिरासतमा रहेका एक युवक हतकडीसहित फरार भएका छन्। आइतबार बिहान २: १५ बजे फरार भएका युवकको प्रहरीले खोजी गरिरहेको छ।
घरायसी झगडाका क्रममा श्रीमतीलाई कुटपिट गरेको, गाउँलेसँग झगडा गरेको र आफैं आत्महत्या गर्न हिडेकाे आराेपमा बोदेबरसाईन नगरपालिका–८ रजपट्टीका करिव ३० वर्षीय महेश यादवलाई शनिबार राति करिव पौने २ बजे प्रहरीले पक्राउ गरेको थियो।
सबै सुतेको मौका पारेर उनी प्रहरी चौकीबाट फरार भएका हुन्। प्रहरी चौकीका इन्चार्ज विजय सिंहले घट्नाको पुष्टि गर्दै उनको खोजतलास भइरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।