जनकपुर– आफुहरुले रोजेको केटासँग बिहे नगरेको भन्दै यातना दिएर छोरीको हत्या गर्ने नेपाल बिद्युत प्राधिकरणका कर्मचारी दिलिप कुमार यादब जेल चलान भएका छन्। उनले गत महिना १८ वर्षिया छोरी स्नेहा कुमारी यादबको हत्या गरेका थिए।
हत्यापछि छोरीको बिरामी भएर मृत्यु भएको भन्दै हतार हतार दाहसंसकार गरेका थिए। पछि प्रहरीले हत्या गरेको पत्ता लगाई उनलाई फागुन २६ गते पक्राउ गरेको थियो। उनी र हत्यामा सहयोग गर्ने राधेश्याम गोईतलाई जिल्ला अदालतले जेल चलानको आदेश दिएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी चक्रबहादुर सिंहले बताए।
स्नेहा काठमाडौंको नासा कलेजमा पढ्थिन्। परिवारले उनको एक केटासँग विवाह गर्न लागेका थिए। तर, ती केटालाई स्नेहालाई प्रेमीसँग देखेपछि विवाह रद्द गरेका थिए। कलेज पनि स्नेहालाई त्यहीबेला निष्काशन गरेको थियो।
त्यही आरोपमा स्नेहालाई यातना दिएर हत्या गरिएको प्रहरीले जनाएको छ।
दिलिप कुमार नेपाल बिद्युत् प्राधिकरणको धनुषा शाखाका कर्मचारी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।