काठमाडौं- तस्करीको आठ किलो चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय नेपालगन्जले आठ किलो चाँदीसहित भारतीय नागरिक सलिम सल्मानीलाई पक्राउ गरेको हो।
प्रहरी निरीक्षक हरिबहादुर बस्नेतका अनुसार भारतीय नम्बरप्लेटको मोटरसाइकलमा आएका उनलाई नियन्त्रणमा लिएर जाँच गर्दा लुकाएर राखेको चाँदीका गहना फेला परेको थियो।
उनले मोटरसाइकलको ट्याङ्कीमा चाँदीका गहना लुकाएका थिए। भारतीय नागरिकलाई पक्राउ गरी चाँदीबारे अनुसन्धान भइरहेको बस्नेतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।