काठमाडौं– नेपाली सेनाभित्रको भ्रष्टाचारबारे आज राज्य व्यवस्था तथा सुशासन समितिमा भएको छलफलमा रक्षामन्त्री इश्वर पोखरेल र प्रधानसेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएका छन्।
छलफलमा नेपाली कांग्रेसका सांसद अमरेश सिंहले सेनाभित्रको भ्रष्टाचारबारेको छलफलमा रक्षामन्त्री र प्रधानसेनापति अनुपस्थित भएको भन्दै आपत्ति जनाए।
नेपाली सेनामा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि समितिले एक कार्यदल बनाइ आठ महिना लगाएर प्रतिवेदन तयार पारेको थियो। उक्त प्रतिवेदनले पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीमाथि अनुसन्धान गर्न माग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।