• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

पूर्व प्रधान सेनापति क्षत्रीविरुद्ध सेनाबाटै उजुरी, आठ अर्ब भ्रष्टाचारको दाबी 

64x64
रामकुमार डिसी मंगलबार, फागुन १३, २०७६  ०९:३१
1140x725

काठमाडौं–सेनाबाट निवृत्त भएर बाहिरिने उच्च सैन्य अधिकारीहरू बेदागी हुन छाडेका छन्। सैनिक अधिकारीमाथि कुनै न कुनै किसिमको अनियमिताको आरोप लाग्ने क्रम बढेको छ। र, उजुरी सेनाभित्रैबाट पर्न थालेको छ। 

प्रधान सेनापतिबाट निवृत्त भएका राजेन्द्र क्षत्री त्यस्तै महारथी हुन्, जसमाथि करोडौंको अनियमितता र भ्रष्टाचार गरेको आरोप लागेको छ। क्षत्रीले गरेको अनियमिताबारे पहिले मिडियाबाट मात्रै विवरण सार्वजनिक भएकामा अब स्वयं सैनिक संगठन पनि उनले भ्रष्टाचार गरेकोमा विश्वस्त झै देखिएका छन्। 

सैन्य अधिकारीहरूले यो विषयलाई संसदीय समितिमा प्रवेश गराएर राज्यका निकाय भ्रष्टाचारमा चुपचाप बस्न नहुने सन्देश दिइसकेका छन्। पूर्व प्रधानसेनापति क्षत्रीले गरेको भ्रष्टाचार मुद्दालाई सैन्य अधिकारीहरूले नै पहिलो पटक संसदमा प्रवेश गराएका हुन्। 

सैन्य अधिकारीहरूले प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिमा क्षत्रीले गरेको भ्रष्टाचारविरुद्ध उजुरी दायर गरेपछि समितिले भ्रष्टाचारको फाइल खोलेकोे छ। पूर्व सैन्य अधिकारीविरुद्ध भ्रष्टाचारको उजुरी संसदमा प्रवेश पाएको यो पहिलो पटक हो। 

पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्री

क्षत्रीविरुद्ध उजुरीः मुख्यालय पुनर्निर्माणमा भ्रष्टाचारदेखि सलामीको दुरुपयोगसम्म

सैन्य अधिकारीहरूले नै राज्य व्यवस्था तथा सुशासन समितिमा सेनाको मुख्यालय पुनर्निर्माणमा भ्रष्टाचार गरेको, राष्ट्राध्यक्षले पाउने सलामी आफैंले लिएको, सैनिक कल्याणकारी कोषमा अनियमितता गरेको लगायतका उजुरी दर्ता गराएका छन्। 

सैनिक मुख्यालय पुनर्निर्माणमा भ्रष्टाचार भएको भन्दै एक जना सैन्य अधिकारीले गत जेठ २ गते समितिमा उजुरी दर्ता गराएका छन्। समितिबाट नेपाल लाइभलाई प्राप्त उजुरी सुनुवाइ कार्यदलको प्रतिवेदन अनुसार उजुरीमा छिटो उच्चस्तरीय छानबिन टोली गठन गरि क्षत्रीमाथि कारबाही गर्न माग गरिएको छ।

राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी

क्षत्रीकै कार्यकालमा ०७२ को भूकम्पले भत्काएका सैनिक मुख्यालय भद्रकाली, झम्सिखेलस्थित प्रधानसेनापतिको निवास शशी भवन, महाराजगन्जस्थित भैरवनाथ गण (लक्ष्मी निवास), सिंहदरबारस्थित गणलगायत लगायतको पुनर्निर्माण भयो। जंगी अड्डा भवन भने नयाँ निर्माण भएको थियो।

Ncell 2
Ncell 2
nimb
nimb

सैनिक स्रोतहरू क्षत्रीको कार्यकालमा सात/आठ अर्ब भ्रष्टाचार भएको मिडियालाई बताइरहेका छन्। राष्ट्रपति, प्रधानमन्त्री र रक्षामन्त्रीजस्ता उच्चपदस्थलाई रिझाएरै पुनर्निर्माण, भवन निर्माण र निर्वाचन खर्चजस्ता विषयमा अनियमितता गरेको आरोप क्षत्रीमाथि छ।  जंगीअड्डा भवन निर्माणका लागि मात्र क्षत्रीको कार्यकालमा २ अर्ब ८८ करोड रुपैयाँ निकासा भएको छ। त्यस्तै उनले भेरिएसनबापत २१ प्रतिशत रकम थप पनि गरेका थिए। सैन्य कल्याणकारी कोष लगायतमा उनले गरेका भ्रष्टाचारको अंक जोड्दा झण्डै आठ करोड पुग्ने सेनाभित्रै बहस भइरहेको छ।

क्षत्रीविरुद्ध नै नेपाली सेनाका सकल दर्जाहरूले गत भदौं १२ मा उजुरी दिएका थिए। सुरक्षाका कारण उजुरीमा नाम उल्लेख नगरेका उनीहरूले सेवामा रहँदा क्षत्रीले अकुत सम्पत्ति आर्जन गरेको, राष्ट्राध्यक्षले लिने सलामी लिएको, सैनिक कल्याणकारी कोषको रकम दुरुपयोग गरेको लगायतका विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण  विभागलाई अनुसन्धानका लागि निर्देशन गर्न माग गरेका छन्। 

क्षत्रीलाई सेनानिवृत्त हुँदै गर्दा २२ भदौ २०७५ मा सैनिक मञ्च टुँडिखेलमा उच्च इज्जत सलामी अर्पण गरिएको थियो। सहायक रथी ताराध्वज पाण्डेको नेतृत्वमा दिइएको उक्त सलामी राष्ट्राध्यक्षलाई गरिने खालको थियो। राज्यारोहणको रजत जयन्तीका अवसरमा  यसअघि यस्तो सलामी २०५३ मा एकपटक राजा वीरेन्द्रलाई दिइएको थियो। 

वीरेन्द्रपछि सलामीसहित कवाज निरीक्षण गर्ने अवसर पाउने दोस्रो व्यक्ति क्षत्री नै हुन्। उनले आफ्नो बिदाइ सलामीका लागि उपत्यकाभरका सेना जम्मा पारेर सैनिक मञ्च टुँडिखेलमा परेड खेलाउन थालेका थिए। तर, यसअघिका सेनापतिहरूलाई मुख्यालयभित्रकै प्रांगणमा कार्यक्रम गरी बिदाइ गरिन्थ्यो। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

के गर्ला संसदीय समिति ? 
सेनाभित्र भएका अनियमिततामा संसदीय समितिले पहिलो पटक औपचारिक कदम चाल्दै राज्य व्यवस्था समितिले गत असोजमा  कार्यदल गठन गरेको थियो। 

उजुरीमाथि प्रारम्भिक छानबिन गर्न सांसद रेखा शर्माको संयोजकत्वमा गठित कार्यदलले अध्ययन गरेर हालै एउटा प्रतिवेदन समितिमा पेश गरेको छ। तीन सदस्यीय कार्यदलमा सांसद नवराज सिलवाल र कांग्रेस सांसद दिलेन्द्र बडू सदस्य थिए।

कार्यदलको प्रतिवेदनमाथि समितिमा फागुन १ र २ गते छलफल भएको छ। भ्रष्टाचारको छानबिन गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कुनै पनि सैनिक अधिकारीलाई पदमा रहँदा वा अवकाशप्राप्त भइसकेपछि पनि कारबाही गर्ने अधिकार छैन। यसबारे नयाँ संविधानमा पनि कुनै व्यवस्था गरिएको छैन। 

राज्य व्यवस्था तथा सुशासन समितिमा परेको उजुरी

तर, कार्यदलले उपसमितिमा बुझाएको प्रतिवेदनमा पहिलो उजुरीमाथि के कस्तो अनियमितता भएको हो, त्यसको छानबिन गरी कानुनअनुसार कारबाहीसमेत गर्न रक्षा मन्त्रालयलाई निर्देशन दिनुपर्ने सुझाव दिइएको छ। त्यस्तै दोस्रो उजुरीमा सम्पत्ति शुद्धीकरण विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिनका लागि पठाउन उपयुक्त हुने  सुझाव कार्यदलले दिएको छ। प्रश्न, अब समितिले के गर्छ भन्ने उठेको छ। कार्यदलले सुझाव दिएअनुसारै समितिले पनि निर्देशन देला? 

सुरक्षा मामिला विज्ञ इन्द्र अधिकारी सेना कानुनभन्दा माथि नहुने भन्दै अनियमितताको आरोप लागेका सैनिक अधिकारीमाथि अख्तियारले छानबिन गर्नुपर्ने बताउँछिन्। ‘सेना भनेको कानुनभन्दा माथि होइन,’ अधिकारी भन्छिन्, ‘अख्तियारले प्रधानमन्त्रीलाई प्रश्न गर्न सक्छ भने सेनाप्रमुखलाई किन सक्दैन? प्रधानमन्त्री कार्यालयमा छापा मार्न सक्छ भने सेनाको मुख्यालयमा किन सक्दैन? सुरक्षा संवेदनशीलताका हिसाबले सेना विवादमा आउनु राम्रो होइन। तर, गलत गरेको खण्डमा सुरक्षा संवेदनशीलताको नाममा सबै कुरामा कम्प्रोमाइज गर्नु हुँदैन।’

शुक्रबारको छलफलपछि समितिमा परेका उजुरीमाथि छलफल गर्न रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा र रक्षा सचिव रेश्मीराज पाण्डेलाई बोलाउने ‘मुड’मा राज्य व्यववस्था समिति पुगेको छ। समिति सदस्य डिला संग्रौला समितिले चाँडै उनीहरूलाई बोलाउने बताउँछिन्। 

उम्किन नमिल्ने पूर्वमहारथीहरू
संसदीय समितिले क्षत्रीको मुद्दामाथि अनुसन्धान गर्न अख्तियारमा पठाएमा भ्रष्टाचारको मुद्दामा सैन्य अधिकारीमाथि कारबाही गर्ने बाटो खुल्ने छ। त्यस्तो परिस्थिति निर्माण भएमा क्षेत्रीमात्रै होइन अन्य पूर्व महारथीमाथि पनि अनुसन्धान गरेर कारबाहीको दायरामा ल्याउने बाटो खुल्ने छ। 

धेरै पूर्व सैन्य अधिकारीमाथि भ्रष्टाचारको आरोप लागेको छ तर उनीहरू सबैले कानुन अभाव भन्दै अहिलेसम्म उन्मुक्ति पाउँदै आएका छन्। तत्कालीन प्रधानसेनापति गडुलशमशेर जबरा भ्रष्टाचार मुछिएका थिए। उनीमाथि कुनै कानुनी अनुसन्धान भएन। यद्यपि उनलाई दरबारले राजीनामा गर्न लगाएको थियो। 

त्यस्तै पूर्वप्रधानसेनापति धर्मपालवरसिंह थापालाई पनि द्वन्द्वकालीन युद्धसामग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लागेको थियो। माओवादी विद्रोह चलिरहेका बेला प्रधानसेनापतिलाई नै कारबाही गरिए सुरक्षा व्यवस्थामा असर पर्ने भन्दै थापामाथि कुनै कानुनी कारबाही गरिएको थिएन।  

पूर्णचन्द्र थापा नयाँ प्रधानसेनापति बनेलगत्तै संगठन भित्रको भ्रष्टाचारलाई आफूले नसहने दाबी गरिरहेका छन्। विशेषगरि नागरिकता र प्रमाणपत्रको छानबिन, भर्ना छनौटमा भएको अनियमिततामा उनले केही ‘एक्सन’ लिए पनि त्यसमा सन्तुष्ट हुने ठाउँ छैन। 

हालै सम्पन्न भएको नेपाली सेनामा महत्वपूर्ण मानिने ‘पृतनापति समन्वयात्मक बैठक’मा रक्षामन्त्री इश्वर पोखरेलले ‘नेपाली सेनामा आन्तरिक रुपमा भईरहेका भ्रष्टाचार नियन्त्रणका कार्य तथा छानबिनमा रक्षा मन्त्रालय र नेपाल सरकारको पूर्ण साथ रहेको’ बताएका थिए। 

विभागीय मन्त्रीको हैसियतले उनले सेनाभित्रको भ्रष्टाचारमा कडा कदम चाल्छन् या भन्नका लागि मात्रै उनले त्यो कुरा भनेका हुन् भन्ने प्रश्नको जवाफ भने उनको भावी कदमले दिने छ।

मूल तस्बिर : राष्ट्रप्रमुखले लिने सलामी ‘इज्जत अर्पण कवाज’ सैनिक मञ्च टुँडिखेलमा निरीक्षण गर्दै पूर्व प्रधान सेनापति राजेन्द्र क्षत्री। तस्बिर : नेपाली सेना

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  ०९:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रामकुमार डिसी
नेपाल लाइभका वरिष्ठ संवाददाता डिसी परराष्ट्र, रक्षा तथा राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
फर्किएनन् द्वन्द्वकालमै हराएका आफन्त
नेपाली भूमिमा भारतको सडक : दलपिच्छे विज्ञप्ति, नेतापिच्छे बोली
कालापानी : विज्ञप्तिपछिको विकल्प के?
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री बालेनको सन्देश : आर्थिक अभावका कारण दसैं कसैका लागि बोझ बन्नु हुँदैन शनिबार, असोज ३१, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शनिबार, असोज ३१, २०८३
दशैँ–तिहार लक्षित गर्दै डीडीसीको याक चिज र थप १५ सय किलो घिउ दुबई निर्यात शनिबार, असोज ३१, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर शनिबार, असोज ३१, २०८३
‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट, कात्तिक ६ देखि प्रदर्शनमा आउने शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सफ्टवेयर केन्द्रमा ३८ जनालाई जागिर खुल्यो, मासिक तलब साढे २ लाखसम्म शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्