• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २०, २०८३ Tue, Oct 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

प्राथमिकता बाहिर पञ्चेश्वर, भारतीय कर्मचारी प्राधिकरणमा बस्नै छाडे

५ वर्षदेखि पञ्चेश्वर विकास प्राधिकरणको लेखापरिक्षण हुन बाँकी
64x64
हेमन्त जोशी मंगलबार, फागुन २०, २०७६  १५:३७
1140x725

काठमाडौं- बहुप्रतिक्षित पञ्चेश्वर बहुउद्देश्यीय परियोजना कार्यान्वयनका लागि नेपाल र भारतले संयुक्त रुपमा गठन गरेको पञ्चेश्वर विकास प्राधिकरणमा भारतीय कर्मचारी आउन छोडेका छन्।

दुवै देशले उच्च प्राथमिकतामा राखेर परियोजना अगाडि बढाउने भनेपनि प्राधिकरणका कामकारबाहीमा भारतीय पक्षले चासो देखाउन छोडेको हो।

दुई देशका प्रतिनिधि रहने गरी संयुक्त रुपमा गठन गरिएको प्राधिकरणको कार्यालय नेपालमा राखिएको छ भने नेपालतर्फबाट ४ जना र भारतका तर्फबाट ४ जना उच्चस्तरीय कर्मचारी प्राधिकरणको संचालक समिति (जोइन्ट गभर्निङ बडी) मा रहने व्यवस्था छ।

संचालक समितिमा रहेका भारतीय पदाधिकारीहरु अहिले भारतमै बसेर प्राधिकरणको काम आंशिक रुपमा हेरिरहेका छन्। अहिलेको संचालक समितिका पदाधिकारी नियुक्ति पाएदेखि नै प्राधिकरणमा आएका छैनन्। 

प्राधिकरणका निमित्त प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी चटौतले भारतीय कर्मचारीहरु लामो समयदेखि प्राधिकरणमा आउन छोडेको कुरा सत्य रहेको बताए।

‘उनीहरुले भारतमै बसेर काम गरिरहेका छन्। प्राधिकरणको काम ‘पार्ट टाइम’ जस्तोमात्रै राखेर अरु नै जिम्मेवारीमा बसेर काम गरिरहेका छन्। हामीबीच सूचनाको आदान प्रदान पनि मेलबाटै हुन्छ।

बेला बेला उनीहरु छलफलका लागि आउँछन्। तर उनीहरु यहाँ फुलटाइमजस्तो छैनन्,’ उनले भने। उनीहरुले प्राधिकरणबाट तलब सुविधाहरु पनि लिएका छैनन्।

भारतलाई यो विषयमा बारम्बार जानकारी गराएको पनि चटौतको भनाइ छ। ‘यो विषयमा पटक-पटक पत्राचार भएको छ। एक हप्ताअघिमात्र भारतीय टोली नेपाल आउँदा बैठकमा यो कुरा उठेको थियो। उनीहरु प्रक्रियामा छौं हामी मान्छे पठाउँछौं भनिरहेका छन,’ उनले नेपाल लाइभसँग भने। 

Ncell 2
Ncell 2
nimb
nimb

भारतीय पक्षले पञ्चेश्वरलाई प्राथमिकतामा नराखेपछि प्राधिकरणको कामले पनि गति लिन सकेको छैन। विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) को टुंगो नलागेसम्मका अरु महत्वपूर्ण कामहरु पनि नहुने भएका कारण भारतीय पक्षले कम चाँसो देखाएको हुनसक्ने चटौतको बुझाइ छ। 

प्राधिकरणको लेखापरिक्षण र भारतीय कर्मचारीले नेपालमा तिर्नुपर्ने करको विषय अझै सुल्झिएन
पञ्चेश्वर विकास प्राधिकरण गठन भएदेखि अहिलेसम्म लेखापरिक्षणको काम हुन सकेको छैन। दुई देशले संयुक्त रुपमा गठन गरेको प्राधिकरणको लेखापरिक्षण नेपालले गर्दा कानुनी समस्या पैदा भएको छ।

प्राधिकरणका पूर्व कार्यकारी अधिकृत महेन्द्र गुरुङ लेखापरिक्षण कसरी गर्ने भनेर भारतीय पक्षसँग बारम्बार छलफल भएको भएपनि तार्किक निष्कर्षमा पुग्न नसकेको बताउँछन्।

‘लेखापरिक्षण कसरी गर्ने भनेर बारम्बार छलफल भएको थियो। संयुक्त रुपमा गर्ने वा आलोपालो गर्ने भनेर मध्यमार्गी बाटो पनि निकालियो। तर केही कानुनी र प्राविधिक जटिलताका कारण त्यो कार्यान्वयन गर्न सकिएन,’ गुरुङले भने।

Xtrem

Xtrem

निमित्त प्रमुख कार्यकारी अधिकृत चटौत अहिले पनि लेखापरिक्षण कुन आधारमा कसरी गर्ने भन्ने कुरा टुंगो लाग्न नसकेको बताउँछन्। 

प्राधिकरणको पहिलो संचालक समितिमा रहेका तीन जना भारतीय कर्मचारीले नेपालमा तिर्नुपर्ने करको विषय पनि सुल्झन सकेको छैन। भारतीय कर्मचारीले महेन्द्रनगर कर कार्यालयबाट निर्धारण भएको करको केही रकम तिरिसकेका छन् भने केही हिसाब मिलान नभएर तिर्न बाँकी छ।

भारतीय कर्मचारीले कर नेपालमा तिर्ने कि भारतमा तिर्ने भन्ने विषय उठेपछि २०१८ फेब्रुअरीमा बसेको गभर्निङ बडीको बैठकले नेपालमा नै कर तिर्नुपर्ने निष्कर्ष निकालेको देखिन्छ।

भारतीय कर्मचारीले कर तिर्न नसक्ने भन्दै नेपाल सरकार र भारत सरकारलाई पत्राचारसमेत गरेका थिए। भारत सरकारले पनि अर्थ मन्त्रालयलाई कर मिनाहाका लागि भन्दै पत्र पठाएको थियो।

तर नेपाल सरकारले त्यसलाई अस्वीकार गरेपछि भारतले फेरी पञ्चेश्वर विकास प्राधिकरणबाटै कर्मचारीको कर तिर्नुपर्ने अडान राखेको थियो। तर नेपालले व्यक्तिको पैसा प्राधिकरणले  नतिर्ने अडान राखेपछि भारतीय पक्षसँग कर्मचारीबाटै कर असुल गराउने विषयमा सहमति भइसकेको छ।

‘उनीहरु बुझाउने पक्षमै थिए। तर हिसाब मिलानमा विमति देखियो। करको वार्षिक ब्याज पनि तिर्नुपर्ने भएपछि उनीहरुले त्यसमा विमति जनाए,’ चटौत भन्छन्। 

दुई जना कर्मचारीले आधा कर भुक्तानी गरेका छन् भने एकजना कर्मचारी बीचमै अवकाश पाएका कारण उनको सबै कर रकम भुक्तानी हुन बाँकी छ। 

कहिले टुंगिन्छ डिपिआर? 
पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाका विषयमा गत नोभेम्बर २९ मा नेपाल र भारतका उर्जा सहसचिवस्तरीय ‘जोइन्ट वर्किङ ग्रुप’ र पञ्चेश्वर विकास प्राधिकरणको संचालक समितिस्तरीय ‘जोइन्ट गभर्निङ’ बडीको बैठक भारतमा बसेको थियो।

तर ती दुवै बैठक पञ्चेश्वर परियोजनाको मुख्य विषय अर्थात् डिपिआरको विषयमा प्रवेश नै नगरी सकिए।

त्यही बैठकबाट डिपिआर टुंग्याउन टिम अफ एक्पर्टको समय एक वर्ष थप्ने निर्णय भने भयो। तर डिपिआरका बुँदा, लाभका आधारमा लगानी र महाकालीको पानी बाँडफाँटका विषयमा भने कुनै छलफल नभएको बैठकमा सहभागी एक उच्च अधिकारी बताउँछन्।

‘पञ्चेश्वरको डिपिआरको विषय त्यो बैठकमा छलफल नै भएन। तर यसअघि निष्क्रिय अवस्थामा रहेको ‘टिम अफ एक्सपर्ट’ लाई पुनः सक्रिय बनाएर डिपिआर टुंगो लगाउने जिम्मा उसैलाई दिने सहमति भएको हो,’ ती अधिकारीले भने। 

भारतको जल आयोग र नेपालको उर्जा आयोगका सचिवहरुको संयोजकत्वमा टिम अफ एक्सपर्ट रहेको छ। टिम अफ एक्सर्टको कार्यकाल एक वर्षका लागि थपिएका कारण सो अवधिसम्ममा डिपिआरमाथि सहमति जुटाइसक्नुपर्नेछ।

परियोजनाको डिपिआर पहिल्यै तयार छ। तर भारतले तयार पारेको उक्त डिपिआरमा नेपालले विमति राख्दै आएको छ। 

विमतिका १ सय बढी विषय अझै टुंगीन बाँकी 
परियोजनाको डिपिआरले पूर्णता पाउन नसक्नुमा सबैभन्दा ठूलो कारण मानिएको दुई देशबीचको पानी बाँडफाँट र लाभका आधारमा लगानीको विषयले भने यसअघिका उच्च स्तरीय बैठकमा प्रवेश नै नपाउने गरेका छन्।

यही विषयमा कुरा नमिल्दा विज्ञ समूहको दोश्रो र तेश्रो बैठकमा छलफल भएर टुंग्याइएका विषयहरु पनि अन्तिम रुप दिन सकिएको थिएन।

दिल्लीमा बसेको विज्ञ समूहको दोश्रो बैठकमा तयार भइसकेको माइन्युटमा समेत अन्तिम अवस्थामा हस्ताक्षर भएन। 

भारते अहिले तल्लो शारदाबाट लाखौं हेक्टर जमिनका लागि सिंचाई सुविधा लिइरहेको छ। जसकारण माथिल्लो शारदाबाटै पानी बाँडफाँट गर्दा तल्लो शारदामा भारतले पानी कम पाउने भएपछि यो विषय टुंगो लाग्न नसकेको हो। 

त्यस्तै नेपालको प्राथमिकतामा उर्जा र भारतको प्राथमिकतामा सिंचाई भएका कारण पनि यो विषय पेचिलो बन्दै आएको छ। पञ्चेश्वर आफैं जलाशययुक्त आयोजना भएका कारण पानी तल्लो शारदामा नजाने  भएपछि भारतले यो आयोजनालाई त्यति प्राथमिकतामा नराखेको देखिन्छ।

बाँध बाँधेपछि वर्षायाममै तल्लो शारदामा पानी रोकिने भएका कारण भारतले तल्लो शारदाबाट मात्र पानी बाँडफाँट गर्नुपर्ने अडान राख्दै आएको छ। 

हालसम्म आयोजनाको न्युनतम उत्पादन क्षमता (फर्म एनर्जी) सम्बन्धी टुंगो लागिसकेको छ भने ट्रास्मिसन लाइन विस्तार, रुपालिगाड ड्याम निर्माणलगायत विभिन्न प्राविधिक विषयहरुमा प्रारम्भिक सहमति भइसकेको छ।

दुईदशक लामो समयदेखि न्युनतम उत्पादन क्षमता अर्थात् ‘फर्म इनर्जी’का सम्बन्धमा दुई देशबीच रहँदै आएको विमति गत फागुनमा बसेको टिम अफ एक्सपर्टको बैठकले टुंग्याएको थियो।

पानीको बहाव उच्च बिन्दुमा हुँदा विद्युत उत्पादन १० हजार गीगा आवर अर्थात् १० अर्ब युनिट हुनेमा पनि दुवै पक्ष सहमत भइसकेका छन्।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  १५:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हेमन्त जोशी
जोशी नेपाललाइभका अर्थ बिटमा कार्यरत छन्।
लेखकबाट थप
राजस्व अनुसन्धानले समातेको ७२ मेट्रिक टन गुणस्तरहीन चिनी नष्ट गरिँदै
साइबर सुरक्षामा बैंक-वित्तीय क्षेत्र कति संवेदनशील छ?
आफैंले भोगेको समस्याबाट जन्मिएको ‘फुडमान्डु’
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता मंगलबार, असोज २०, २०८३
गगनका राजनीतिक ‘सहयात्री’ डिल्लीराम सुवेदीले दिए कांग्रेसको सहमहामन्त्री खुलातर्फ उम्मेदवारी मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
गगनलाई अमरेशको जवाफ– पार्टी ठग, भ्रष्टाचारी र ठेकेदारको हातमा सुम्पिएपछि कांग्रेस छाडेका हौं सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्