• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आइसियुमा छटपटाउँदै ६ महिने शिशु : जसको बाआमाको दर्दनाक हत्या भयो

दम्पत्ती हत्याको सिनमा दुई व्यक्ति - डिएसपी पौडेल
64x64
नारायण अधिकारी मंगलबार, फागुन २०, २०७६  ११:३३
1140x725

काठमाडौं- कैलालीका धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियु कक्ष। जहाँ गएको पाँच दिनदेखि एक ६ महिने शिशु चोटसँग संघर्षरत छिन्। सिटीस्क्यान रिपोर्टले ती दूधे शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको छ। चोटले मस्तिकमा पनि असर परेको छ। छातिमा निमोनियाको संक्रमण छ। स्वासप्रश्वासमा समेत समस्या छ। 

जीवनसँग संघर्षरत ती शिशुको अहिले भने स्वास्थ्य अवस्था धिमा गतिमा सुधारोन्मुख छ। 

६ महिने ती शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउद भन्छन्, ‘अस्पतालमा ल्याउँदाकोभन्दा अहिले धरै सुधार हुँदै गएको छ। टाउकाको भित्री भागको चोट कतै ठोक्काएर भएको हुनुपर्छ।’

जीवन र मृत्युसँग यसरी संघर्षरत ती शिशु आखिर को हुन्? आइसियुमा यसरी छटपटाइरहँदा किन उनका बाआमा भेट्न अस्पताल समेत पुगेका छैनन्? हिँडडुल गर्न नसक्ने ती शिशुको टाउको कसले ठोक्कायो र सिटी स्क्यानमा चोट देखियो?

यस्तै प्रश्नको जवाफ खोज्न पाँच दिन अघिको घटनामा पुग्नुपर्छ ।
मिति - फागुन १५ गते, बिहीबार
स्थान- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर।
समय- दिउँसो १२ बजे।

कञ्चनपुरको झलारी बजारबाट पर पूर्व पश्चिम राजमार्ग नजिक टायलको छानो भएका दुई वटा घर। फुस्रो माटोले पोतिएको घरको भित्ता। निलो रंगमा चम्किएका घरका ढोका। 

त्यस दिन घरका ढोकामा चम्किएका निला रंग पनि फिक्का देखिन्थे। वरपरका बोटबिरुवाहरु दिएको सुन्दरताको रौनक पनि त्यसदिन फिक्का बन्यो। यसको कारण थियो, माथि उल्लेखित ती शिशुले आफ्नो बाबा आमा गुमाएकी थिइन्। 

यी घर र आइसियुमा छट्पटिएकी ती दूधे बालिका ममताको अभिभावक थिए, ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी।

Ncell 2
Ncell 2
nimb
nimb

धनाको दूधले मात्रै शिशु नअघाउने भएपछि उनले माइतीबाट दूध ल्याएर ममतालाई खुवाउने गरेकी थिइन्। धना हरेक दिन दूध लिन नजिकै रहेको माइती घर पुग्थिन्। तर गत बिहीबार भने उनी दूध लिन गइनन्।  धना नआएपछि उनकी फुपुकी छोरी पार्वती रावल धनाको घर पुगिन्।

ढोका खुल्लै थियो। शिशु चिच्याइरहेको थियो। भान्सा कोठामा धना रक्ताम्य भएर ढलेकी थिइन्। अर्को कोठाको खाटमाथि जयलाल उस्तै अवस्थामा थिए। त्यसपछि हल्लाखल्ला फैलियो। शुक्लाफाटा नगरपालिका-११ का वडाध्यक्ष दीलबहादुर बुढासहितको टोली घटनास्थलमा पुग्यो।

‘घटना अचम्म लाग्दो देखियो। हामी सबै छक्क पर्‍यौं। त्यसपछि प्रहरीलाई बोलायौं’ वडाध्यक्ष बुढाले नेपाल लाइभसँग भने।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

स्थानीयले १०० मा प्रहरीलाई खबर गरे। नजिकैै रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको टोली सुरुमा घटनास्थल पुग्यो। 

‘हामी पुग्दा दुबैको मृत्यु भइसकेको थियो। दुबै जना भिन्दा भिन्दै कोठामा मृत भेटिएका थिए। अझ हत्या राति नै भए जस्तो देखिएको थियो। रगत जमेको थियो। वरपर झिँगा भन्केका थिए। दुबैको घाँटी र टाउकामाम चोट लागेको थियो’, घटनास्थल पुग्दा देखिएको दृश्य प्रहरी निरीक्षक रावलले नेपाल लाइभसँग टेलिफोनमा भने।

रगतको आहालमा लतपतिएका बाबा आमाको मृत्यु भइसकेको थियो। तर उनै बाबा आमाको शव नजिकै ती ६ महिने शिशु ओठमुख सुकाउँदै च्याच्या गर्दै रोइरहेकी थिइन्। त्यसपछि ती शिशुलाई भने उपचारका लागि भन्दै उनकै मावली पक्षका मान्छेले लिएर गएको कञ्चनपुरका डिएसपी तथा प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। उनै शिशुको अहिले पनि आइसियुमा राखेर उपचार भइरहेको छ।

तीनै सबुद र विभिन्न प्राविधिक र म्यानुअल पाटोबाट घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। अनुसन्धानको लेन्ससमा दुई जना व्यक्ति देखिएको डिएसपी पौडेल बताउँछन्। तर उनीहरु को हुन् भन्नेबारे भने उनले केही खुलाउन चाहेनन्।

हत्याको सिनमा दुई व्यक्ति : डिएसपी पौडेल
बुधबार राति नै हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरे पनि उक्त घरमा कोही नगएकाले बिहीबार दिउँसो मात्रै घटनाबारे जानकारी भएको थियो। घटनाबारे जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा एसपी मुकुन्द मरासिनी, डिएसपी रवीन्द्र पौडेल लगायतको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो। 

शंकास्पद घटना देखिएपछि प्रहरी विभिन्न कोणबाट अनुसन्धान पनि गरिरहेको छ। शव महाकाली अस्पतालमा पोष्टमार्टका लागि पठाइएको थियो।
घटनास्थलमा भेटिएका कपडा, रगत, त्यहाँ हुनसक्ने फिंगर प्रिन्टलगायतका सबुद प्रहरीले उठाएको थियो। 

तीनै सबुद र विभिन्न प्राविधिक र म्यानुअल पाटोबाट घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। अनुसन्धानको लेन्ससमा दुई जना व्यक्ति देखिएको डिएसपी पौडेल बताउँछन्। तर उनीहरु को हुन् भन्नेबारे भने उनले केही खुलाउन चाहेनन्। ‘अहिले नै यही व्यक्ति भन्न सक्ने अवस्था छैन। दुई जना व्यक्ति सिनमा देखिएका छन्’ डिएसपी पौडेलले भने।

जयलालको पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्ष पहिला मृत्यु भएपछि दोस्रो श्रीमतीको रुपमा धनादेवीलाई भित्र्याएका थिए। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। आमाको क्यान्सरका कारण मृत्यु भएपछि बाबुले अर्को श्रीमती ल्याएपछि छोराहरु र जयलाल बीचको सम्बन्ध राम्रो भएन। घरायसी कुरामा विवाद हुँदा बाबु जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेका थिए। त्यसपछि छोराहरु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। यही रिसिइबीले त भण्डारीको दम्पत्तिको हत्या भएन? प्रहरीले यो प्रश्नको जवाफ पनि खोजिरहेको छ। 

त्यस्तै जयलालले विवाह गरेकी धनादेवी भर्खर २२ वर्षकी मात्रै थिइन्। धनादेवीले आफ्नो प्रेमी हुँदा हुँदै जयलालसँग विवाह गरेको चर्चा पनि गाउँमा चल्ने गरेको थियो। यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिलेसम्म स्थानीय प्रहरीले नै घटनाको अनुसन्धान गरिरहेको छ। तर घटना भएको कसरी हो यकिन छैन। 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्