• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, मंसिर १७, २०८२ Wed, Dec 3, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

आइसियुमा छटपटाउँदै ६ महिने शिशु : जसको बाआमाको दर्दनाक हत्या भयो

दम्पत्ती हत्याको सिनमा दुई व्यक्ति - डिएसपी पौडेल
64x64
नारायण अधिकारी मंगलबार, फागुन २०, २०७६  ११:३३
1140x725

काठमाडौं- कैलालीका धनगढीस्थित माया मेट्रो अस्पतालको आइसियु कक्ष। जहाँ गएको पाँच दिनदेखि एक ६ महिने शिशु चोटसँग संघर्षरत छिन्। सिटीस्क्यान रिपोर्टले ती दूधे शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको छ। चोटले मस्तिकमा पनि असर परेको छ। छातिमा निमोनियाको संक्रमण छ। स्वासप्रश्वासमा समेत समस्या छ। 

जीवनसँग संघर्षरत ती शिशुको अहिले भने स्वास्थ्य अवस्था धिमा गतिमा सुधारोन्मुख छ। 

६ महिने ती शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउद भन्छन्, ‘अस्पतालमा ल्याउँदाकोभन्दा अहिले धरै सुधार हुँदै गएको छ। टाउकाको भित्री भागको चोट कतै ठोक्काएर भएको हुनुपर्छ।’

जीवन र मृत्युसँग यसरी संघर्षरत ती शिशु आखिर को हुन्? आइसियुमा यसरी छटपटाइरहँदा किन उनका बाआमा भेट्न अस्पताल समेत पुगेका छैनन्? हिँडडुल गर्न नसक्ने ती शिशुको टाउको कसले ठोक्कायो र सिटी स्क्यानमा चोट देखियो?

यस्तै प्रश्नको जवाफ खोज्न पाँच दिन अघिको घटनामा पुग्नुपर्छ ।
मिति - फागुन १५ गते, बिहीबार
स्थान- कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुर।
समय- दिउँसो १२ बजे।

कञ्चनपुरको झलारी बजारबाट पर पूर्व पश्चिम राजमार्ग नजिक टायलको छानो भएका दुई वटा घर। फुस्रो माटोले पोतिएको घरको भित्ता। निलो रंगमा चम्किएका घरका ढोका। 

त्यस दिन घरका ढोकामा चम्किएका निला रंग पनि फिक्का देखिन्थे। वरपरका बोटबिरुवाहरु दिएको सुन्दरताको रौनक पनि त्यसदिन फिक्का बन्यो। यसको कारण थियो, माथि उल्लेखित ती शिशुले आफ्नो बाबा आमा गुमाएकी थिइन्। 

यी घर र आइसियुमा छट्पटिएकी ती दूधे बालिका ममताको अभिभावक थिए, ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारी।

Ncell 2
Ncell 2

धनाको दूधले मात्रै शिशु नअघाउने भएपछि उनले माइतीबाट दूध ल्याएर ममतालाई खुवाउने गरेकी थिइन्। धना हरेक दिन दूध लिन नजिकै रहेको माइती घर पुग्थिन्। तर गत बिहीबार भने उनी दूध लिन गइनन्।  धना नआएपछि उनकी फुपुकी छोरी पार्वती रावल धनाको घर पुगिन्।

ढोका खुल्लै थियो। शिशु चिच्याइरहेको थियो। भान्सा कोठामा धना रक्ताम्य भएर ढलेकी थिइन्। अर्को कोठाको खाटमाथि जयलाल उस्तै अवस्थामा थिए। त्यसपछि हल्लाखल्ला फैलियो। शुक्लाफाटा नगरपालिका-११ का वडाध्यक्ष दीलबहादुर बुढासहितको टोली घटनास्थलमा पुग्यो।

‘घटना अचम्म लाग्दो देखियो। हामी सबै छक्क पर्‍यौं। त्यसपछि प्रहरीलाई बोलायौं’ वडाध्यक्ष बुढाले नेपाल लाइभसँग भने।

स्थानीयले १०० मा प्रहरीलाई खबर गरे। नजिकैै रहेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलको टोली सुरुमा घटनास्थल पुग्यो। 

‘हामी पुग्दा दुबैको मृत्यु भइसकेको थियो। दुबै जना भिन्दा भिन्दै कोठामा मृत भेटिएका थिए। अझ हत्या राति नै भए जस्तो देखिएको थियो। रगत जमेको थियो। वरपर झिँगा भन्केका थिए। दुबैको घाँटी र टाउकामाम चोट लागेको थियो’, घटनास्थल पुग्दा देखिएको दृश्य प्रहरी निरीक्षक रावलले नेपाल लाइभसँग टेलिफोनमा भने।

रगतको आहालमा लतपतिएका बाबा आमाको मृत्यु भइसकेको थियो। तर उनै बाबा आमाको शव नजिकै ती ६ महिने शिशु ओठमुख सुकाउँदै च्याच्या गर्दै रोइरहेकी थिइन्। त्यसपछि ती शिशुलाई भने उपचारका लागि भन्दै उनकै मावली पक्षका मान्छेले लिएर गएको कञ्चनपुरका डिएसपी तथा प्रवक्ता रवीन्द्र पौडेलले जानकारी दिए। उनै शिशुको अहिले पनि आइसियुमा राखेर उपचार भइरहेको छ।

तीनै सबुद र विभिन्न प्राविधिक र म्यानुअल पाटोबाट घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। अनुसन्धानको लेन्ससमा दुई जना व्यक्ति देखिएको डिएसपी पौडेल बताउँछन्। तर उनीहरु को हुन् भन्नेबारे भने उनले केही खुलाउन चाहेनन्।

हत्याको सिनमा दुई व्यक्ति : डिएसपी पौडेल
बुधबार राति नै हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरे पनि उक्त घरमा कोही नगएकाले बिहीबार दिउँसो मात्रै घटनाबारे जानकारी भएको थियो। घटनाबारे जानकारी आउनासाथ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा एसपी मुकुन्द मरासिनी, डिएसपी रवीन्द्र पौडेल लगायतको टोली तालिम प्राप्त कुकुरसहित घटनास्थल पुगेको थियो। 

शंकास्पद घटना देखिएपछि प्रहरी विभिन्न कोणबाट अनुसन्धान पनि गरिरहेको छ। शव महाकाली अस्पतालमा पोष्टमार्टका लागि पठाइएको थियो।
घटनास्थलमा भेटिएका कपडा, रगत, त्यहाँ हुनसक्ने फिंगर प्रिन्टलगायतका सबुद प्रहरीले उठाएको थियो। 

तीनै सबुद र विभिन्न प्राविधिक र म्यानुअल पाटोबाट घटनाको सुक्ष्म रुपमा अनुसन्धान भइरहको प्रहरीले जनाएको छ। अनुसन्धानको लेन्ससमा दुई जना व्यक्ति देखिएको डिएसपी पौडेल बताउँछन्। तर उनीहरु को हुन् भन्नेबारे भने उनले केही खुलाउन चाहेनन्। ‘अहिले नै यही व्यक्ति भन्न सक्ने अवस्था छैन। दुई जना व्यक्ति सिनमा देखिएका छन्’ डिएसपी पौडेलले भने।

जयलालको पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्ष पहिला मृत्यु भएपछि दोस्रो श्रीमतीको रुपमा धनादेवीलाई भित्र्याएका थिए। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। आमाको क्यान्सरका कारण मृत्यु भएपछि बाबुले अर्को श्रीमती ल्याएपछि छोराहरु र जयलाल बीचको सम्बन्ध राम्रो भएन। घरायसी कुरामा विवाद हुँदा बाबु जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेका थिए। त्यसपछि छोराहरु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। यही रिसिइबीले त भण्डारीको दम्पत्तिको हत्या भएन? प्रहरीले यो प्रश्नको जवाफ पनि खोजिरहेको छ। 

त्यस्तै जयलालले विवाह गरेकी धनादेवी भर्खर २२ वर्षकी मात्रै थिइन्। धनादेवीले आफ्नो प्रेमी हुँदा हुँदै जयलालसँग विवाह गरेको चर्चा पनि गाउँमा चल्ने गरेको थियो। यस विषयमा पनि प्रहरीले अनुसन्धान अघि बढाएको छ। अहिलेसम्म स्थानीय प्रहरीले नै घटनाको अनुसन्धान गरिरहेको छ। तर घटना भएको कसरी हो यकिन छैन। 

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०७६  ११:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
नवरात्रमा यसरी सिंगारियो मैतीदेवि मन्दिर क्षेत्र [तस्बिरहरु] विभिन्न सजावटले झकिझकाउ पारिएपछि रात्रिकालीन समयमा उक्त मन्दिर क्षेत्र झिलिमिलि देखिएको छ । बिहीबार, असोज ९, २०८२
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
प्रधानमन्त्री कार्की र श्रीलंकाली समकक्षी डा. अमरसुरियाबीच टेलिफोन वार्ता बुधबार, मंसिर १७, २०८२
अति-दलीयकरण हुँदा मुलुकको प्रगति भएन, अब भ्रष्टाचारविरुद्धको कारबाही रोकिन्न : प्रधानमन्त्री बुधबार, मंसिर १७, २०८२
विराटनगरविरुद्ध लुम्बिनी ५ विकेटले बिजयी बुधबार, मंसिर १७, २०८२
हामी काम गर्न नै आएको हो, जे सकेको गरिरहेका छौँ: प्रधानमन्त्री कार्की बुधबार, मंसिर १७, २०८२
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
क्यानका महानिर्देशक अधिकारी र निर्देशक भण्डारी दुई दिन हिरासतमै रहने बुधबार, मंसिर १७, २०८२
युक्रेनका दुई ठूला सहर कब्जा गरेको रुसी राष्ट्रपति पुटिनको दाबी मंगलबार, मंसिर १६, २०८२
एनपीएल–२ : पोखराको दोस्रो जित, पाँचौं हारसँगै प्लेअफ दौडबाट बाहिरियो कर्णाली मंगलबार, मंसिर १६, २०८२
कुलमानको पार्टीलाई ओलीले दिए फ्युज गएको चिमको संज्ञा मंगलबार, मंसिर १६, २०८२
क्यानका महानिर्देशक अधिकारी अख्तियारको नियन्त्रणमा बुधबार, मंसिर १७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
ईश्वर पोखरेललगायतका एमाले नेताहरूको आन्तरिक छलफल थापागाउँमा जारी सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्