धनगढी- कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार गरेको घटनामा पक्राउ परेकाहरु धरौटीमा रिहा भएका छन्।
गत फागुन २८ गते राति आफ्नै घरमा बसिरहेका मेयर ममताप्रसाद चौधरीमाथि गोली र धारिलो हतियार प्रहार भएको थियो।
जिल्ला अदालत कैलालीको आदेशमा घटनामा संलग्न एक जनालाई साधारण तारेखमा र ४ जना जनही ४५ हजार रुपैयाँ धरौटी बुझाई तारेखमा रिहा भएका हुन्।
रिहा हुनेहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुरका ४० वर्षीय कमल क्षेत्री, वडा नं ९ का ३६ वर्षीय भरतबहादुर शाह, टीकापुर नगरपालिका १ का ३० वर्षीय हृदयराज बोगटी र लम्की चुहा नगरपालिका ६ का ३० वर्षीय नरेन्द्र विक रहेका छन्। घोडाघोडी नगरपालिका ८ का पूर्णप्रसाद खनाल भने सामान्य तारेखमा रिहा भएका प्रहरी नायव उपरीक्षक वीरबहादुर बुढाले जानकारी दिए।
घोडाघोडीमै राधा चौधरीमाथि ‘बोक्सी’को आरोपमा झाँक्री रामबहादुर चौधरीमाथि कुटपिट गर्दा मेयर चौधरी रमिते बनेको र प्रहरीले पक्राउ गरेका दोषीलाई छुटाउन पहल गरेको आरोप लागेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।