• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

नेपाल लाइभमा आइतबार : प्रचण्डमाथि जुत्ता प्रहारदेखि भ्रमण वर्ष स्थगितसम्म

64x64
नेपाल लाइभ आइतबार, फागुन १८, २०७६  २३:०४
1140x725

आइतबार नेपाल लाइभमा प्रकाशित मुख्य समाचार शीर्षकहरू:

कोरोना प्रभाव : नेपाल भ्रमण वर्ष र सगरमाथा संवाद स्थगित
कोरोनाको प्रभाव बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गरेको छ। चीनको वुहानबाट शुरु भएको कोरोनाको प्रकोप अन्य देशमा समेत फैलिएपछि मन्त्रिपरिषद्को बैठकले जोखिम बढेको निष्कर्ष निकाल्दै भ्रमण वर्ष स्थगित गर्ने निर्णय गरेको हो। शनिबार मात्र पर्यटन मन्त्रालयले भ्रमण वर्ष लक्षित विदेशमा आयोजना हुने सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको थियो।

चीनबाट शुरु भएको कोरोना भाइरस अहिले कोरिया, इरान हुँदै अन्यत्र समेत देखिन थालेको छ।

अमेरिकामा समेत यही भाइरसका कारण एक व्यक्तिको मृत्यु भएको छ। चालू आवमा मात्र सरकारले भिजिट नेपालका विभिन्न कार्यक्रममा ६७ करोड बढी रकम विनियोजन गरेको थियो।  भिजिट नेपालको उद्घाटनमा मात्र  ५ करोडभन्दा बढी रकम खर्च भएको थियो। 

पूर्वाधारलगायतका विषयमा पर्याप्त तयारी नभएको भन्दै निजी क्षेत्रले भिजिट नेपाल केही वर्ष सार्न सुझाव दिँदादिँदै  सरकारको एकतर्फी जोडका कारण भिजिट नेपाल सुरु भएको थियो। यसकारण विवादित बन्दै गएको भिजिट नेपाल अन्ततः कोरोना भाइरसको विश्वव्यापी असरका कारण स्थगित भएको छ।

 यसैगरी सरकारले पहिलो पटक आयोजना गर्न लागेको कूटनीतिक बहस सगरमाथा संवादसमेत स्थगित भएको छ।

थप समाचार : कोरोनाको प्रभाव : नेपाल भ्रमण वर्ष स्थगित

प्रचण्डमाथि जुत्ता प्रहार
नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रियसभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार भएको हो।

तर जुत्ता मञ्चमा पुग्न नपाउँदै प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। 

प्रचण्डमाथि जुत्ता प्रहारको प्रयास भएको तर उनको प्रसास सफल नभएको नेकपा अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताएका छन्।

विस्तृत समाचार : वर्गसंघर्षको कुरा चित्त नबुझेर आवेशमा प्रचण्डमाथि जुत्ता प्रहार गरेको युवकको बयान

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाजिर गरेर सांसद ‘टाप’, लगातार दोस्रो दिन कानुन निर्माण प्रभावित
प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु नै दुई महिना ढिलो भयो। सभामुखको छनोटमा लामो समय घर्काएको प्रतिनिधि सभाको बैठकबाट सांसदहरु बीचमै भाग्न थालेपछि कानुन निर्माणलगायतका कार्यसूचीसमेत प्रभावित हुन थालेका छन्। 

आइतबार दिउसो १ बजे सुरु भएको बैठकमा पनि सांसदहरु हाजिर गर्दै भाग्दै गरे। सुरुमा विपक्षी दलका अध्यक्ष शेरबहादुर देउवामात्रै होइन, सत्तारुढ दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाललगायतका नेताहरु उपस्थित थिए। केही बेरपछि उनीहरु निस्के।

थप समाचार- हाजिर गरेर सांसद ‘टाप’, लगातार दोस्रो दिन कानुन निर्माण प्रभावित

फोरजीको चलखेलमा ‘बली’ चढेकी कामिनी
गोकुल बाँस्कोटा सञ्चार मन्त्रीका रूपमा आएलगत्तै उनले फोरजीको ठेक्कामा चासो देखाउन थाले।

उनले टेलिकममार्फत् टेण्डर अगाडि बढाउनुको साटो मन्त्रालयबाटै काम अगाडि बढाउन खोजेका थिए। फोरजीको ठेक्का पाउन सक्रिय रहेका कम्पनीका प्रतिनिधिसँग बाँस्कोटा आफैंले मन्त्रालयमा छलफल सुरु गरिसकेका थिए। उनी चाहन्थे प्रबन्ध निर्देशक डमीमात्र बनुन्, सबै काम आफूले भनेअनुसार होस्। तर नेपाल टेलीकमकी तत्कालीन प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बाधक बनिरहेकी थिइन्।

‘बाँस्कोटा मन्त्रालयमा आएदेखि नै कामिनीसँगको सम्बन्ध बिग्रियो,’ स्रोतले भनेको छ, ‘मन्त्री सबै काम आफुले भने अनुसार हुनुपर्छ भन्नेमा थिए, कामिनी आफूले टेण्डरको मुल्यांकनको चरणमा रहेकाले सोही अनुसार हुने अडानमा बस्दा सम्बन्ध बिग्रियो।’

यही सम्बन्धमा आएको चिसोपनका कारण भण्डारीले स्पष्टीकरण पेश गर्नुपरेको थियो। पछि सरकारले उनलाई टेलिकमबाट बिदा गरेको थियो। 

विस्तृत समाचार : फोरजीको चलखेलमा ‘बली’ चढेकी कामिनी

नेप्सेमा रेकर्ड राख्ने क्रम जारी, ४ अर्ब ८४ करोड नाघ्यो कारोबार
नेपाल स्टक एक्सचेन्जको अधिकतम कारोबारको रेकर्ड आइतबार पनि तोडिएको छ। विगत १५ दिनयता दोस्रो बजारको अधिकतम कारोबारमा दिनदिनै याँ रेकर्ड कायम हुँदै आएको छ। 

नयाँ रेकर्ड राख्ने क्रममा आइतबार दोस्रो बजारमा ४ अर्ब ८४ करोड रुपैयाँको कारोबार भएको छ। बिहीबार पनि नयाँ रेकर्ड राख्ने क्रममा ४ अर्ब ४६ करोड रुपैयाँ नाघेको थियो। 

कारोबार रकम बढे पनि सूचक भने ४०.८२ अंकले घटेको छ। कारोबार सुरु भएको केहि समय सुधार देखिए पनि गएका दिनमा शेयर खरिद गरेकाले नाफा बुक गर्दा बजार घट्न थालेको थियो। पहिलो एक घण्टामै ३७ अंकले घटेको बजारमा बाउन्स ब्याक हुँदै सुधार देखिएको थियो।  

विस्तृत समाचार : नेप्सेमा रेकर्ड राख्ने क्रम जारी, ४ अर्ब ८४ करोड नाघ्यो कारोबार

निजी क्षेत्रको पैरवी गर्न महासंघमा अध्यक्ष हुन लागेको हुँ : शेखर गोल्छा
नेपाल उद्योग वाणिज्य महासंघका भावी अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको स्वार्थका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। 

नेपाल लाइभसँगको अन्तर्वार्ताका क्रममा उनले आफ्नो अन्य कुनै स्वार्थ नभएको तर निजी क्षेत्र बलियो बनाउन मात्र आफू नेतृत्वमा आउन लागेको बताएका हुन्।

'म यहाँ आउने उद्देश्य एउटा मात्रै हो - म निजी क्षेत्रको स्वार्थको रक्षा गर्छु। म निजी क्षेत्रको पैरवी गर्न महासंघमा अध्यक्ष हुन लागेको हुँ। मेरो अरु कुनै स्वार्थ छैन। मेरो आफ्नो व्यापार विस्तार गर्ने वा अन्य प्रयोजनका लागि यहाँ आएको होइन,' उनले भने, 'निजी क्षेत्रको स्वार्थ पूर्ति कसरी गर्न सकिन्छ, देशमा लगानी कसरी विस्तार गर्न सकिन्छ र बाह्य लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्न महासंघमा आएको हुँ।'

लगानीका लागि राम्रो वातावरण बनाउनुपर्ने बताएका गोल्छाले महासंघ अझ बलियो बनाउनुपर्ने बताए। 

'म हजारौँ जनालाई रोजगारी दिएर बसेको व्यक्ति हुँ। यहाँ आइसकेछि स्वभाविकरूपमा समय व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसका लागि मैले आफूलाई तयार पनि गरेको छु। मेरो कामलाई व्यावसायिक रूपमा अघि बढाएको छु। जसले गर्दा मैले महासंघमा धेरै समय दिन सकूँ,'  उनको भनाइ थियो, 'मलाई के विश्वास छ भने महासंघलाई अबको तीन वर्षमा मैले एउटा नयाँ उचाइमा पुर्‍याउनेछु। त्यसका लागि मैले मेरो व्यवसाय र आफूलाई 'ग्रुम' गरेको छु।'

थप समाचार : संकटको निजी क्षेत्र बलियो बनाउन राम्रो टिम खोज्दा के अस्वभाविक भयो र? : शेखर गोल्छा [अन्तर्वार्ता]

नेपाली क्रिकेटमा दुर्घटनाको भय
‘नेपाली क्रिकेटमा के बिग्रिएको हो मलाई थाहा छैन। विश्वास गर्नुस मलाई वास्तवमै थाहा छैन। आश गरौँ हामीले जितको तरिका छिटै भेटाउने छौँ’ नेपाली क्रिकेट टिमको खराब खेलबारे पूर्वकप्तान बिनोद दासको भनाइ हो यो।  

एसिसी टी २० पूर्वी क्षेत्रीय छनोट प्रतियोगितामा नेपालले लगातार दुई खेल हारेपछि दासले नेपाली क्रिकेटमा बिग्रिएको अवस्था के हो भन्ने अज्ञानता रहेको सँगै आश मार्न नहुनेतर्फ संकेत गरे। तर आश गरेर पर्खिएको लामो समय भयो, खेल सुधार भन्दा खस्कनेतर्फ देखिँदै छ। मलेसिया र हङकङसँगको हार त्यसैको उदाहरण हो। 

मलेसिया टी २० मा ३२औँ वरियताको टिम हो। हङकङ २३औँ वरियतामा छ भने नेपाल १२औँ वरियतामा छ। स्कटल्याण्ड, आयरल्याण्ड, युएई, नेदरल्याण्ड्सभन्दा अघि रहेको टिम नेपालबाट अपेक्षा र आश राखिरहेका दर्शक पनि अब त निराश हुँदै भन्न थालेका छन्- ‘नेपाली टिममाथि आश गर्नु र खेल हेर्नु आफ्नै भावनामाथिको खेलवाड हो।’ 
विस्तृत समाचार : नेपाली क्रिकेटमा दुर्घटनाको भय

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  २३:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने
सम्बन्धित सामग्री
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध नेपाल प्रहरीले विपद्का कारण देशका मुख्य राजमार्गहरूमा भएको अवरोधको पछिल्लो विवरण सार्वजनिक गरेको छ । आज बिहान ६ः३० बजेसम्मको तथ्याङ्... मंगलबार, कात्तिक १०, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह प्राधिकरणका अनुसार कात्तिक १३ गते शुक्रबार र १४ गते शनिबार कोसी, बागमती, मधेश, गण्डकी र लुम्बिनी प्रदेशमा चक्रवातको प्रभाव बढी पर्ने... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका मुख्य राजमार्गहरूमा अवरोध मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्