• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक १०, २०८३ Tue, Oct 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

हाजिर गरेर सांसद ‘टाप’, लगातार दोस्रो दिन कानुन निर्माण प्रभावित

64x64
डिबी खड्का आइतबार, फागुन १८, २०७६  १८:२७
1140x725

काठमाडौं- प्रतिनिधि सभाको हिउँदे अधिवेशन सुरु नै दुई महिना ढिलो भयो। सभामुखको छनोटमा लामो समय घर्काएको प्रतिनिधि सभाको बैठकबाट सांसदहरु बीचमै भाग्न थालेपछि कानुन निर्माणलगायतका कार्यसूचीसमेत प्रभावित हुन थालेका छन्। 
आइतबार दिउसो १ बजे सुरु भएको बैठकमा पनि सांसदहरु हाजिर गर्दै भाग्दै गरे। सुरुमा विपक्षी दलका अध्यक्ष शेरबहादुर देउवामात्रै होइन, सत्तारुढ दलका शीर्ष नेताहरु पुष्पकमल दाहाल प्रचण्ड र झलनाथ खनाललगायतका नेताहरु उपस्थित थिए। केही बेरपछि उनीहरु निस्के।
 शीर्ष नेताहरुलाई अन्य कार्यभार पनि हुने भएकाले निस्किनु स्वाभाविक थियो। तर, केही समयपछि अरु सांसदहरु पनि निस्किन थाले। सांसदहरु निस्किदै जाँदा अवस्था यस्तो आयो कि ७९ जना जुटाउन मुस्किल पर्‍यो र बाँकी प्रक्रिया स्थगित भयो। आइतबार पनि होइन, यसअघि १५ गतेको बैठकमा समेत संसदको हालत यस्तै थियो।

आइतबार जब सभामुख अग्निप्रसाद सापकोटाले ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गरे, तब पो थाहा भयो अधिकांश सांसदहरु हिँडिसकेका रहेछन्।

प्रतिपक्षको व्यंग्य : प्रतिपक्षीलाई गाली गर्ने बेला साथीहरु टन्न देखिन्छन्

बैठकमा सहभागी सांसद प्रकाश रसाइली स्नेहीले सभामुख सापकोटालाई गणपूरक संख्या नपुगेको दर्शाइदिए। सभामुख सापकोटाले चारैतिर हेरे। हल खाली–खाली थियो। मुसुक्क हाँसे। 

नियमबमोजिम तीन मिनेटसम्म घन्टी बजाउन लगाएर सांसद खोजे। सांसदहरु खाजा खान वा शौचालय गएका हुन् कि भन्ने अनुमानमा घन्टी बजाइन्छ। संसदभित्र खाजा खाइरहेका वा अरु काममा भएका सांसदहरु घन्टी बजेपछि फर्किन्छन्। तर, आइतबार तीन मिनेटको घन्टीमा सांसदहरु फर्किएनन्। 

संविधानको धारा ९४ अनुसार प्रतिनिधि सभामा कुनै पनि प्रस्ताव वा प्रश्न निर्णयार्थ पेश गर्न एक चौथाइ सांसदहरु उपस्थित हुनुपर्छ। तर, त्यति सांसदहरु पनि बैठकमा थिएनन्। 

सभामुखले बाध्य भएर घोषणा गरे– तीन मिनेट घन्टी बजाएर गणपूरक संख्या यकिन गरेँ। तर, यकिन गरेर गन्दा थाहा भयो, जम्मा ५४ सदस्यमात्रै बैठकमा देखिए। प्रतिनिधि सभामा २७५ सांसद छन्। प्रतिनिधि सभाको एक चौथाइ सांसद भन्नाले ७९ जना पुग्नुपथ्र्यो। सत्ता पक्षमा मात्रै १७४ सांसद छन्। 

तर, गणपूरक संख्या एक चौथाइ नपुगेपछि सभामुख सापकोटाले उक्त प्रस्तावमात्रै होइन, आइतबारको कार्यसूचीका बाँकी कारबाहीसमेत स्थगित गर्नुपर्‍यो।  

Ncell 2
Ncell 2
nimb
nimb

फागुन १५ गतेको बैठकमा पनि सभामुखले कार्यसूचीका बाँकी काम स्थगित गर्न बाध्य हुनुपरेको थियो। संघ प्रदेश अन्तरसम्बन्ध विधेयकलाई विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्ने क्रममा सांसद देवप्रकाश तिमिल्सिनाले धारा ९४ आकर्षित गर्न आग्रह गरेका थिए।

हाजिर गरेर टाप कस्ने सत्ता पक्षकै सांसदमाथि उनले व्यंग्यसमेत गरे, ‘प्रतिपक्षीलाई गाली गर्ने बेला त सत्तापक्षका साथीहरु टन्न देखेको थिएँ।’ अदालतको मुद्दालाई समेत प्रभावित पार्ने बेला सांसद देखिएको तर कानुन निर्माणजस्तो महत्वपूर्ण कामको बेला  हराएको उनको मत थियो।

उक्त दिन पनि ७९ सांसद पनि बैठकमा नबस्दा त्यसदिन स्थगित काम आइतबारका लागि सारिएको थियो। आइतबार विशेष समयपछि उक्त स्थगित काम पूरा गरिएको थियो।

संसदको मुख्य जिम्मेवारी कानुन निर्माण हो । संविधानसँग तालमेल मिलाउन सबै कानुन संशोधन गर्नुपर्नेछ भने कतिपय संघीयता र मौलिक हकसँग जोडिएका नयाँ कानुनसमेत निर्माण गर्नुपर्नेछ। तर, सांसदहरुमा भने त्यो गाम्भीर्यता देखिँदैन। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

संसदको हिउँदे अधिवेशन फागुन अन्तिमसम्ममा सकिनेछ। हिउँदे अधिवेशनमा २७ वटा कानुन पास गर्ने लक्ष्य संसद सचिवालयको थियो। तर, संसदको गति हेर्दा ७ वटा कानुन पास हुन पनि मुस्किल पर्ने देखिन्छ। 

केही कानुन दुई वर्षदेखि नै विवादित छन्। ती कानुनमा पनि यही अधिवेशनमा सहमति जुट्ने अपेक्षा गरिएको थियो। विशेषगरी नागरिकतासम्बन्धी कानुन र संघीय संरचनामा निजामति कर्मचारीलाई व्यवस्थापन गर्न बनाउन लागिएको कानुन जरुरीमध्ये पर्छन्। 
 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १८:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ!
सरकारको 'पूर्वहस्ताक्षर' सर्तको खुलासा : विभिन्न संस्थाका पदाधिकारीहरुको नियुक्तिसँगै लिइएको छ राजीनामा
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
सम्बन्धित सामग्री
संसदमा ३६ विधेयक विचाराधीन, अधिवेशन अन्त्यपछि थपिए नयाँ ६ विधेयक संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाका समितिमा विचाराधीन विधेयकको सङ्ख्या २४ छ। राष्ट्रिय सभाका समितिमा भने कुनै पनि विधेयक विच... सोमबार, कात्तिक ९, २०८३
मलेसियालाई सरकारको प्नस्ताव : श्रमिक भर्ना प्रक्रियाबारे नेपाल–मलेसिया संयुक्त कार्यदलको बैठक काठमाडौंमा गराै सोमबार, कात्तिक ९, २०८३
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार प्रधानमन्त्री बालेन निजामती सेवामा तत्कालै ३० वर्ष सेवा अवधि र ५५ वर्ष उमेरको प्रावधान लागू गरेर कर्मचारीतन्त्रका माथिल्ला तहका अधिक... सोमबार, कात्तिक ९, २०८३
ताजा समाचारसबै
हुम्लामा चार करोड खसीको व्यापार मंगलबार, कात्तिक १०, २०८३
मतदाता धाँधलीको प्रमाण उपलब्ध गराउनेलाई १० लाख डलर पुरस्कार दिने ट्रम्पको घोषणा मंगलबार, कात्तिक १०, २०८३
कात्तिक १५ गतेपछि मात्र धान भित्र्याउनु : कृषि विकास कार्यालय मंगलबार, कात्तिक १०, २०८३
कोशी, मधेश, बागमती प्रदेशमा आंशिक बादल लाग्ने मंगलबार, कात्तिक १०, २०८३
रायो साग खेतीबाट दुई महिनामै साढे दुई लाख आम्दानी ! मंगलबार, कात्तिक १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
गुल्मीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु सोमबार, कात्तिक ९, २०८३
चक्रवात ‘अर्नब’ शक्तिशाली हुने भन्दै तीन दिन उच्च सतर्कता अपनाउन सरकारको आग्रह सोमबार, कात्तिक ९, २०८३
कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर पुग्यो: नेपालमा महँगी बढ्ने जोखिम सोमबार, कात्तिक ९, २०८३
नेपाली सेनाले किन गर्दैछ भूतपूर्व सैनिक सम्मेलन? सोमबार, कात्तिक ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
यस कारण जरुरी छ दशैंमा शारीरिक व्यायाम डा राजेन्द्र कोजु
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
सबै हेर्नुहोस
ब्लग
अहिलेको दशैं ‘इन्स्टान्ट नुडल्स’ जस्तो बिहीबार, कात्तिक ५, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
हजारौँ निजामती कर्मचारी हटाउन निजामती सेवा अध्यादेश जारी गर्दै सरकार सोमबार, कात्तिक ९, २०८३
नर्स बिनिताको दशैं अनुभव : अनि आइसियुमा भर्ना भएका बिरामीको हातबाट टीका थापें बुधबार, कात्तिक ४, २०८३
दशैंको टीका लगाउँदा लगाइ दिने र लगाइ माग्ने कुन दिशामा बस्ने? बुधबार, कात्तिक ४, २०८३
सुवास नेम्वाङको दशैं सम्झना- गोरेबहादुरको हप्की हरेक वर्ष याद आउँछ बिहीबार, कात्तिक ५, २०८३
दशैं गीत :  २५ वर्षमा तीन पटक रेकर्ड भएको 'नमुछे आमा दहीमा टीका' बुधबार, कात्तिक ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्