• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
संकटको निजी क्षेत्र बलियो बनाउन राम्रो टिम खोज्दा के अस्वभाविक भयो र? : शेखर गोल्छा [अन्तर्वार्ता]
64x64
सविन मिश्र आइतबार, फागुन १८, २०७६  ०९:२०
1140x725

नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ वार्षिक साधारणसभा हुँदैछ। वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष बन्दैछन् भने अबको वरिष्ठ उपाध्यक्षका लागि व्यवसायीहरू किशोरकुमार प्रधान र चन्द्र ढकालले उम्मेदवारी घोषणा गरेका छन्। 

विराटनगरमा भएको प्रधानको उम्मेदवारी घोषणासभामा पुगे भावी अध्यक्ष गोल्छा। यसले महासंघभित्रको आन्तरिक राजनीतिलाई नयाँ तरंग दियो। महासंघभित्रको राजनीति, निजी क्षेत्रको कमजोर हुँदै गएको भूमिका र अका दिनमा गर्नुपर्ने कामका विषयमा शेखर गोल्छासँग नेपाल लाइभका सविन मिश्रले गरेको कुराकानीको सम्पादित अंश: 

अबको करिब ४५ दिनमा तपाईं नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दै हुनुहुन्छ। ३ वर्षअघि नै भावी अध्यक्ष तपाईं नै हो भनेर निर्क्यौल भएको थियो र त्यसैअनुसार अब नेतृत्व पनि गर्दै हुनुहुन्छ। यो ३ वर्षमा तपाईंले आफूलाई अध्यक्षको रूपमा कसरी तयार गर्नुभयो? 
सबै साथीहरूको माया र मत प्राप्त गरेर म वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएको थिएँ। नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा प्रतिशतका आधारमा सबैभन्दा धेरै मत मैले नै पाएको हुँ। वरिष्ठ उपाध्यक्षको रूपमा मैले केही काम अघि बढाएँ। धेरै साथीहरूले सोच्लान् कि- शेखर गोल्छालाई सजिलो छ, उसले सजिलै काम गरिरहेको छ। तर मलाई सजिलो पक्कै थिएन। देशभर घुमेर, साथीहरूको मत प्राप्त गरेर निर्वाचित भएँ। यसैको परिणाम अबको ४५ दिनमा म अध्यक्ष बन्दैछु। 

योबीचमा मसँग केही तितामिठा अनुभव रहे। महासंघको विधान संशोधन भएको एक कार्यकाल पूरा नहुँदै फेरि विधान संशोधनको कुरा अघि बढ्यो। यो मेरो लागि तितो अनुभव रह्यो। यसले भावी अध्यक्षका रूपमा निर्वाचित मान्छेलाई काम गर्ने वातावरण दिएन। मेरो लागि वास्तवमै पीडादायी समय रह्यो। विधान संशोधन ठूलो कुरा थिएन।

हरेक गतिशील संगठनमा समयअनुसार विधान संशोधन हुनुपर्छ। समयअनुसार बदलिनुपर्छ। तर एउटा मान्छेलाई बनाउन वा भत्काउनका लागि विधान संशोधनको एजेन्डा अघि बढ्यो। त्यसले मलाई धेरै पीडा दियो। यो एउटा विकृति थियो। त्यो पीडाबाट गुज्रेर अघि बढ्नुपर्‍यो। अन्त्यमा यो एजेन्डा संस्थागत गरिएको छ र वर्तमान विधानअनुसार नै म अब अध्यक्ष बन्दैछु। 

विधान संशोधनको विषयमा मैले आफ्नो धेरै समय खर्चिएँ। यसको प्रतिरक्षामा धेरै समय लड्नुपर्‍यो। राम्रो काम गर्न सक्ने साथीहरू पनि यो विषयमा अनावश्यक रूपमा आवद्ध भइरहनुपर्‍यो। समयको बर्बादी भयो। यो तीन वर्षमा महासंघले राम्रो काम गरेको छ। सायद यो विधान संशोधनको मुद्दा अगाडि नआएको भए अझै धेरै काम गर्न सक्थ्यौँ। 

महासंघको देशभर संगठन छ। शक्तिशाली संगठन छ। महासंघको आवाज सबैले सुन्न खोज्छन्। तर महासंघ भने कसलाई अध्यक्ष बनाउने वा कसलाई भत्काउने खेलमा लागि रहेको हामीले देख्यौँ। यस्तो कच्चा खेलमा लाग्दा भविष्यमा तपाईंहरूको आवाज कसले पत्याउँछ?
हामीले मात्रै होइन, राजनीतिज्ञ, कर्मचारी वा नीति निर्माताले पनि विधान संशोधनलाई एउटा विकृतिका रूपमा हेरेका थिए। त्यसले एउटा महासंघको समग्र छविमा असर पारेको छ। यसमा दुईमत छैन। धेरै विषय मिडियामा आए। मलाई सहानुभूति दिने धेरै साथीहरूले पनि आफ्ना कुरा राखे। अनावश्यक रूपमा पत्रकार सम्मेलन गर्ने काम भए। त्यसले महासंघको छवि धुमिल गर्‍यो। यो सबै कारणले गर्दा मलाई के लाग्छ भने हामीले अनावश्यक परीक्षणमा लामो समय खेर फाल्यौँ। यसले हाम्रो छवि पनि नराम्रोसँग बिगार्‍यो।

Ncell 2
Ncell 2

महासंघको तीन वर्ष वरिष्ठ उपाध्यक्ष भएर काम गर्नुभयो। एउटा निकै लामो विरासत भएको औद्योगिक घरानाको प्रतिनिधि तपाईं अब त्यसको नेतृत्व गर्दै हुनुहुन्छ। विगतको अनुभवले तपाईंले आफैलाई कसरी तयार गर्नुभएको छ?
मैले यहाँ केही ऐतिहासिक कुरा राख्नुपर्ने हुन्छ। उद्योग वाणिज्य महासंघको संस्थापकमध्ये एकजना मेरो बुबा पनि हुनुहुन्थ्यो। अझ भनौँ महासंघको 'भिजुअलाइज' गर्नेमध्ये एकजना उहाँ पनि हुनुहुन्थ्यो। पहिलो विधान उहाँले नै बनाउनुभएको हो। त्यस हिसाबले संगठन विकास हुँदै गयो। उद्योग वाणिज्य महासंघमा हाम्रो परिवारको संलग्नता सधैं थियो। मलाई लाग्दैन कि कुनै पनि कार्यसमिति हाम्रो परिवारको सहभागिता विना बनेको छैन। त्यसकारण मेरा लागि महासंघ भनेको सानै उमेरदेखि परिचित संस्था हो। घरमा कुनै न कुनै हिसाबले यसको चर्चा हुने भएकाले मैले यसको महत्व सानै उमेरदेखि बुझेको छु।

म यहाँ आउने उद्देश्य एउटा मात्रै हो - म निजी क्षेत्रको स्वार्थको रक्षा गर्छु। म निजी क्षेत्रको पैरवी गर्न महासंघमा अध्यक्ष हुन लागेको हुँ। मेरो अरु कुनै स्वार्थ छैन। मेरो आफ्नो व्यापार विस्तार गर्ने वा अन्य प्रयोजनका लागि यहाँ आएको होइन। निजी क्षेत्रको स्वार्थ पूर्ति कसरी गर्न सकिन्छ, देशमा लगानी कसरी विस्तार गर्न सकिन्छ र बाह्य लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने कुरालाई केन्द्रमा राखेर काम गर्न महासंघमा आएको हुँ। लगानीका लागि अझै राम्रो वातावरण बनाउनुपर्नेछ। यो संगठन अझ बलियो बनाउनुपर्नेछ। यो उद्देश्य लिएर म यहाँ आएको छु। मैले आफ्नो सम्पूर्ण समय यहाँ दिनेछु। त्यसका लागि योजना  पनि बनाएको छु।

महासंघको विधान संशोधन भएको एक कार्यकाल पुरा नहुँदै फेरि विधान संशोधनको कुरा अघि बढ्यो। यो मेरो लागि तितो अनुभव रह्यो। यसले भावी अध्यक्षका रूपमा निर्वाचित मान्छेलाई काम गर्ने वातावरण दिएन। मेरो लागि वास्तवमै पीडादायी समय रह्यो।

shivam cement

shivam cement

म हजारौँ जनालाई रोजगारी दिएर बसेको व्यक्ति हुँ। यहाँ आइसकेछि स्वभाविकरूपमा समय व्यवस्थापन गर्नुपर्ने हुन्छ। त्यसका लागि मैले आफूलाई तयार पनि गरेको छु। मेरो कामलाई व्यावसायिक रूपमा अघि बढाएको छु। जसले गर्दा मैले महासंघमा धेरै समय दिन सकुँ। मलाई के विश्वास छ भने महासंघलाई अबको तीन वर्षमा मैले एउटा नयाँ उचाइमा पुर्‍याउनेछु। त्यसका लागि मैले मेरो व्यवसाय र आफूलाई 'ग्रुम' गरेको छु। 

तपाईंले निजी क्षेत्रको स्वार्थमा काम गर्छु भन्नुभयो। तर यस्ता संस्थाको नेतृत्वमा आइसकेपछि आफ्नै व्यवसाय विस्तारमा ध्यान दिने गरेको आरोप लाग्ने गरेको छ। तपाईंको पनि धेरै व्यवसाय छ। तपाईंलाई पनि त्यही नजरले हेरिएला?
हाम्रो परिवार नेपालको पहिलो उद्योग खोलेको परिवार हो। अहिले नि १७ हजार मान्छेलाई रोजगारी दिएर हामी बसेका छौँ। नेपाल सरकारपछि सबैभन्दा धेरै रोजगारी दिने सायद हामी हौँ। मैले उद्योग वाणिज्य महासंघलाई आफ्नो व्यवसाय विस्तार गर्ने माध्यम हुन सक्छ भनेर हेरेको छैन। मैले समग्र निजी क्षेत्रका लागि काम गर्ने हो। हो, निजी क्षेत्र भनेपछि म पनि परेँ। तर मैले मेरो स्वार्थ के छ भनेर आवाज राख्ने होइन कि, निजी क्षेत्रको हित कसरी हुन्छ भनेर आवाज राख्नेछु।

म २० वर्षयता महासंघमा छु, तपाईंले हेर्न सक्नुहुन्छ मैले आफ्नो व्यवसाय विस्तारको स्वार्थलाई केन्द्रमा राखेर कहिल्यै कुरा गरेको छैन। म समग्र निजी क्षेत्रको कुरा राख्छु। मलाई के विश्वास छ भने, निजी क्षेत्रको विकास हुँदा म मात्रै होइन धेरै व्यवसायी र उद्योगीको विकास हुन्छ। मैले समग्र निजी क्षेत्रको स्वार्थलाई केन्द्रमा काम गरेको छु। 

'२० वर्ष महासंघमा बिताएँ' भन्दै गर्दा अब यसको नेतृत्व गर्दै हुनुहुन्छ। यो २० वर्षको प्रत्यक्ष अनुभव र आफू नेतृत्वमा जाँदै गर्दा तपाईंले देखेको महासंघको 'आइडल' अध्यक्ष कस्तो हो?
हरेक अध्यक्षको आफ्ना गुण र विशेषता थिए। म पहिलोपटक कार्यसमितिमा आउँदा कुशकुमार जोशी अध्यक्ष हुनुहुन्थ्यो। त्यसबेला महासंघले ठूलो आन्दोलन गरेर देशमा हुने बन्द हड्तालको विरोधमा काम गर्नुभएको थियो। निजी क्षेत्रमाथि चौतर्फी हमला हुँदा ठूलो काम त्यतिबेला महासंघले गरेको थियो। निजी क्षेत्रलाई एकजुट बनाएर उहाँले देखाउनुभएको थियो। 

सुरज वैद्यको कार्यकालमा भौतिक संरचना धेरै परिवर्तन भए। महासंघको छवि माथि ल्याउनुभयो। प्रदीप श्रेष्ठका आफ्नै बलिया पक्ष थिए। उहाँले निजी क्षेत्रका कुरा निकै राम्रोसँग प्रस्तुत गर्नुहुन्थ्यो। पशुपति मुरारका करका विषयमा राम्रो दख्खल राख्ने व्यवसायी हुनुहुन्छ। उहाँ जति राजस्व बुझेका व्यवसायी कम छन्। उहाँले यस्ता विषयमा धेरै अनुसन्धान गरेर कुरा राख्नुहुन्थ्यो। भवानी राणा निजी क्षेत्रको यस्तो नेतृ हुनुहुन्छ जसले यति ठूलो संस्थाको नेतृत्व गर्नुभयो। हामी सबैलाई गर्व पनि छ। मैले यो अवधिमा मैले धेरैसँग फरकफरक कुरा सिक्ने अवसर पाएँ।

सरकार स्थिर छ र बलियो पनि। व्यवसायी र सरकारबीच कहिले विवाद भइरहेको छ कहिले तपाईंहरूमाथि सरकारको प्रवक्ता बनेको आरोप लाग्छ। के हो अवस्था?
हाम्रो पुस्ताले देखेको सबैभन्दा बलियो सरकार यही हो। दुई तिहाइ बहुमतसहितको सरकार हामीले पहिले कहिले पनि देखेको थिएनौँ। त्यस हिसाबले यो सरकारसँग धेरै अपेक्षा हुनु स्वाभाविक हो। सरकारले धेरै नीति नियम ल्यायो। मेरो एउटै भनाइ के छ भने सरकारले अर्थतन्त्रमाथि नियन्त्रणको प्रयास गर्‍यो। त्यसको नियत गलत हो भनेर म भन्दिनँ। तर नियन्त्रण गर्दा लगानीको वातावरण खस्कियो।

हामीले अर्थतन्त्रलाई विस्तार गर्ने भन्दा पनि नियन्त्रण गर्नेतर्फ ध्यान दयौँ। अनिवार्य प्यान वा भिसिटिएसको व्यवस्था आयो। यसले करको दायरा त बढ्यो तर नियन्त्रण पनि गर्‍यो। एकैपटक यस्ता नियन्त्रणात्मक उपाय अवलम्बन गर्दा निजी क्षेत्रलाई संकुचित गर्छ। अन्य कानुन पनि त्यस्तै आए। निजी क्षेत्रको लगानीलाई नियन्त्रण गर्ने गरी कानुन आए। निजी क्षेत्रको लगानी बढाउने गरी काम भएन। यसको परिणाम अहिले अर्थतन्त्रको गति अलि सुस्त भएको छ जस्तो मलाई लाग्छ। हाम्रो गुनासो यही हो कि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने कार्यक्रम हामीले देखेनौँ। 

सरकार र निजी क्षेत्र भनेको आपसमा पक्ष र विपक्ष होइन। हामी एउटै सिक्काका दुई पाटा हौँ। राम्रो काम भएको छ भने हामीले त्यसको प्रसंसा गर्नुपर्छ। व्यवसायिक सहजताको वातावरण बनेको छ। हामी त्यो सूचकमा माथि उक्लिएका छौँ। त्यसको हामीले प्रसंसा गर्नुपर्छ। धेरै कानुन सही नियतले नै आएको भए पनि एकैपटक नियन्त्रण गर्न खोज्दा निजी क्षेत्र केही हतोत्साही भएको छ। हामी सरकारको प्रवक्ता बन्नका लागि नेतृत्वमा आएका होइनौँ। हामी निजी क्षेत्रको प्रवक्ता बन्न चाहन्छौँ। 

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवारी घोषणा हुँदै गर्दा तपाईं विराटनगर जानु भयो। अध्यक्षका रूपमा सबैलाई मिलाएर काम गर्नुपर्ने तपाईं एउटा गुटको भेलामा किन जानुभयो?
तपाईंले भन्नुभएको कुरा ठीक हो। सायद विधानको भावना पनि यही हो। जो वरिष्ठ उपाध्यक्ष हुन्छ, उसले कुनै गुटमा नलागी काम गर्नुपर्ने हुन्छ। जुन व्यक्तिले चुनाव जिते पनि उसले मिलेर काम गर्नुपर्छ भन्ने नै हाम्रो विधानको भावना हो। वरिष्ठ उपाध्यक्षमा चुनाव उठेर ३ वर्षसम्म काम गरेपछि अध्यक्ष बन्ने बेलासम्म उसले निर्वाचनका सबै कुरा बिर्सेर सबैलाई मिलाएर अघि बढ्न सक्छ भनेर नै अध्यक्षमा निर्वाचन नहुने व्यवस्था विधानमा गरिएको हो। अध्यक्ष साझा बन्न सकोस् भन्ने 'आइडिएलिस्ट' सोचाइबाट नै विधान यस्तो बनाइएको हो। 

दुर्भाग्यवस म के भन्छु भने केही साथीहरूमा अति राजनीति छिरेको छ। यसो हुनु उद्योग वाणिज्य महासंघकै लागि पनि घातक छ। यसो हुनु हुँदैन भन्ने कुरामा म विश्वास राख्छु। हामीले निजी क्षेत्रको स्वार्थ केन्द्रमा राखेर काम गरौँ, व्यक्तिगत स्वार्थ र राजनीति बिर्सौँ भन्ने नै मेरो मान्यता हो।

तर अवस्था त्यस्तो रहेन। केही साथीहरूले अत्याधिकरूपमा राजनीतिबाट ग्रसित छन्। उनीहरूले आफ्नो शक्ति देखाउने ठाउँका रूपमा महासंघलाई प्रयोग गरेका छन्। मलाई रबर स्ट्याम्प बनाउने चुनौति दिए। हाम्रो कुरा नमान्ने हो भने ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर तिमीलाई फालिदिन्छौँ भन्ने जस्ता धम्की मलाई आए। तिम्रो कुनै प्रस्ताव पास हुन दिँदैनौँ भन्नेसम्मका कुरा आइरहे। त्यस्ता साथीहरूको पछि अरु केही साथीहरू पनि लागे। त्यसले गर्दा म विराटनगर जान बाध्य भएँ।

म एउटा कुरा के मान्दछु भने वरिष्ठ उपाध्यक्ष कुनै गुटको भेलामा जानुपर्ने बाध्यता छैन। तर साथीहरूको अत्याधिक राजनीतिलाई चिर्न नै म विराटनगर जानुपर्‍यो। मलाई के लाग्छ भने अध्यक्षका रूपमा मैले सहज काम गर्न नकारात्मक भावबाट चल्ने साथीहरूले मलाई अघि बढ्न दिनु हुन्न। जसरी आउने अध्यक्षले एउटा टिम रोज्नु हुँदैन, त्यसरी नै कुनै उम्मेद्वारले भावी अध्यक्षका रूपमा बोल्दै हिँड्नु हुँदैन। अध्यक्ष विरुद्ध लाग्ने काम गर्नु हुँदैन भन्ने मेरो विश्वास छ। 
३ वर्षअघि झण्डै दुई तिहाइ मत ल्याएर वरिष्ठ उपाध्यक्ष जित्नु भएका तपाईं यति छिट्टै रक्षात्मक अवस्थामा पुग्नुपर्ने अवस्था आयो?
दुर्भाग्यवस म के भन्छु भने केही साथीहरूमा अति राजनीति छिरेको छ। यसो हुनु उद्योग वाणिज्य महासंघकै लागि पनि घातक छ। यसो हुनु हुँदैन भन्ने कुरामा म विश्वास राख्छु। हामीले निजी क्षेत्रको स्वार्थ केन्द्रमा राखेर काम गरौँ, व्यक्तिगत स्वार्थ र राजनीति बिर्सौँ भन्ने नै मेरो मान्यता हो। यही कुरामा म सधैं विश्वास गर्छु। त्यही भएर महासंघमा शुद्धीकरणको पनि जरुरी छ।

कस्तो किसिमको शुद्धीकरणको संकेत गर्नुभयो?
उद्योग वाणिज्य महासंघ भनेको मन्दिर हो। जो पनि यहाँ आउँछ, उसले निजी क्षेत्रकै स्वार्थका लागि काम गर्नुपर्छ। अरु कुनै स्वार्थ नबोकी आउनुपर्छ। मैले भन्न खोजेको शुद्धीकरण यही हो। 

चुनावकै प्रसंगमा कुरा गरौँ। भावी निर्वाचनलाई लिएर तपाईं एउटा खेमामा उभिनुभयो। केही पूर्वअध्यक्षहरू अर्को खेमामा लागेको देखिन्छ। यसरी तपाईंले भनेजस्तो राजनीति अन्त्य गर्न संभव छ?
मैले जसरी भनेँ नि, यहाँ राजनीति कम हुनुपर्छ। प्यानल बनाएर चुनाव लड्नु हुँदैन, आफू एक्लै चुनावमा जानुपर्छ। सबैले उद्योग वाणिज्य महासंघको हितमा काम गर्नुपर्छ। 

चुनावको संघारमा हुनुहुन्छ। आफू स्वत: अध्यक्ष बने पनि बाँकी टिमको परिकल्पना गर्नुभएको होला नि?
मेरो परिकल्पनाको टिम कुनै पूर्वाग्रह विना महासंघमा काम गर्ने खालको हो। मैले कर्मठ, इमानदार नियतले महासंघमा आएको टिमको परिकल्पना गरेको छु। अनावश्यक राजनीति नगरी निजी क्षेत्रको लागि काम गर्ने र एकजुट हुने टिमको परिकल्पना मैले गरेको छु। मैले बलियो हात खोजेको छु। 

मैले जसरी भनेँ नि, यहाँ राजनीति कम हुनुपर्छ। प्यानल बनाएर चुनाव लड्नु हुँदैन, आफू एक्लै चुनावमा जानुपर्छ। सबैले उद्योग वाणिज्य महासंघको हितमा काम गर्नुपर्छ। 

मेरो खुट्टा तान्ने र मलाई अध्यक्षका रूपमा असफल बनाउने खालका साथीहरूभन्दा मलाई खुला हृदयले स्वागत गर्ने साथीहरू हुँदा नै काम गर्न सहज हुन्छ। अत्याधिक राजनीति भयो भने काम गर्ने वातावरण हुँदैन। उद्योग वाणिज्य महासंघ संकटमा छ। संकटबाट बाहिर जाँदैछौँ भनेपछि राम्रो टिम मैले खोज्नु स्वाभाविक हो। निजी क्षेत्र एउटै छ तर त्यहाँभित्र पनि अत्याधिक राजनीति गर्नेहरू पनि छन्। यस्तो अवस्थामा मलै राम्रा साथीहरूको साथ खोज्नु अस्वभाविक होइन। 

आफू एउटा टिमको उम्मेदवारी घोषणासभामा जाने अनि यस्तो 'आइडल' टिम खोज्ने। यो मिल्यो?
निर्वाचनपछि आउने टिमलाई एकजुट बनाएर लैजाने गरी मैले काम गर्छु। मलाई लाग्छ महासंघमा आउने सबैले खुला हृदयले काम गर्नुपर्छ। 

तपाईंले आफू विधान संशोधनको पीडामा लामो समय परेँ भन्नुभयो। तर के भन्दै हुनुहुन्छ भने म अध्यक्ष भएको ६ देखि ९ महिनामा विधान संशोधन गर्छु। तपाईंले परिकल्पना गरेको विधान कस्तो हो?
मैले आफ्ना कार्यक्रम सार्वजनिक गरेको छु। संगठन विकास गर्दै महासंघका कर्मचारीलाई अझ चुस्तरूपमा परिचालन गर्ने भनेको छु। मेरो अर्को एजेण्डा पारदर्शिता हो। मैले के भनेको छु भने मेरो कार्यकालमा सबै खाता सार्वजनिक गर्छौँ। हामी सार्वजनिक संस्था भएकाले वेबसाइटबाट त्यो बाहिर ल्याउछौँ। थिंक ट्यांक बनाउछौँ। विभिन्न अनुसन्धान गरेर महासंघले बोल्ने विषय अझ गहकिलो बनाउने काम म गर्छु। हामीले तार्किक कुरा गर्नुपर्छ। त्यसका लागि नै मैले काम गर्ने हो। 

उद्योग वाणिज्य महासंघका तपाईं ठूला नेताहरू काठमाडौंमा हुनुहुन्छ। सहजै उच्चस्तरीय पहुँच बनाउनुहुन्छ। तर मोफसलका व्यवसायी र साना तथा मझौला व्यवसायी जसको संख्या सबैभन्दा धेरै छ, उनीहरूको आवा कसैले सुन्दैन। तपाईंको कार्यकालमा केही हुन्छ?
मैले सधैं के भन्ने गरेको छु भने उद्योग वाणिज्य महासंघ सबै व्यवसायीको शितल छहारी हुनुपर्छ। ठूला मात्रै होइन साना र मझौला व्यवसायीका लागि पनि महासंघले काम गर्नुपर्छ। अर्थतन्त्र चलाएमान गरेको साना र मझौला व्यवसायले नै हो। सबै व्यवसायीको आवाज महासंघले बोक्नुपर्छ भन्ने मेरो मान्यता छ। मेरो सबै ध्यान यसमा केन्द्रित छ। म विश्वास पनि दिलाउन चाहन्छु। 

नेपालमा बैंकिङ क्षेत्रमा सुधार आएपछि ठूला उद्योगीलाई समस्या भएन। साना र मझौलालाई अझै समस्या छ। हाम्रोमा धितोमा आधारित बैंकिङ नै धेरै चलेको छ। यसले ठूला व्यवसायीलाई सहज भएको छ। यसले साना र मझौला व्यवसायीलाई वित्तीय पहुँचमा कठिनाइ छ। अर्कोकुरा हामी विश्व व्यापार संगठनको पक्ष राष्ट्र भएकाले त्यसमा भएका कुरा पालना गर्नुपर्छ। हामीले गरिरहेका पनि छौँ। त्यसले उद्योगलाई निश्चित रकमभन्दा धेरैको संरक्षण हुनु हुँदैन भनेको छ। हामी उच्च लागत भएको अर्थतन्त्र हौँ। ठूला उद्योगले लागत कम गर्न सक्छ तर साना र मझौला उद्योगीलाई संरक्षण चाहिएको छ। त्यो भन्सारबाट पनि हुन सक्छ। त्यो अन्य क्षेत्रबाट पनि हुन सक्छ। अझै केही समयका लागि उनीहरूलाई संरक्षण दिनुपर्छ। 

म यहाँ आउने उद्देश्य एउटा मात्रै हो - म निजी क्षेत्रको स्वार्थको रक्षा गर्छु। म निजी क्षेत्रको पैरवी गर्न महासंघमा अध्यक्ष हुन लागेको हुँ। मेरो अरु कुनै स्वार्थ छैन। मेरो आफ्नो व्यापार विस्तार गर्ने वा अन्य प्रयोजनका लागि यहाँ आएको होइन।

हामी उच्च लागतको अर्थतन्त्र भएका कारण पनि व्यवसायी मर्कामा छौँ। सरकारले नयाँ विद्युत महसुल प्रस्ताव गरेको छ। त्यहाँ उद्योगीलाई नै धेरै मूल्य लगाउने भनिएको छ। हाम्रो विद्युत खेर जाने अवस्था आउँदैछ भने अर्थतन्त्रलाई चलाएमान बनाउने, कर तिर्ने र रोजगारी सिर्जना गर्ने उद्योगलाई न्यून लागतमा बिजुली दिनुको सट्टा सस्तोमा निर्यतको कुरा भइरहेको छ। हाम्रो तुलनात्मक लाभका क्षेत्र पहिचान गरी उद्योग फस्टाउने गरी वातावरण बनाउनुपर्छ। 

विगत ३ वर्षमा खासगरी तपाईं र बैंकरबीच एक किसिमको द्वन्द्व नै चल्यो। आफैँ बैंक चलाउने तपाईं व्यवसायीहरू बैंकलाई किन गाली गर्नुहुन्छ?
नेपालको कानुनले बैंक र उद्योग दुवैमा लगानी गर्न छुट दिएको छ। त्यसकारण बैंक र उद्योग दुवैमा लगानी गर्न व्यक्तिलाई स्वतन्त्रता छ। तर म उद्योगको दृष्टिकोणबाट के भन्छु भने बैंकहरूले मर्यादित नाफा कमाउनुपर्छ। म सधैं स्प्रेड दर कम हुनुपर्छ भनिरहेको छु। अन्तर्राष्ट्रिय मापदण्डअनुसार जति नेपाली बैंकले कमाउनुपर्छ, जति रिटर्न अन इक्विटी हुन्छ, त्यहीअनुसार यहाँ पनि हुनुपर्छ। तर हाम्रा बैंकहरू अत्याधिक स्प्रेडमा चलिरहेका छन्। अक्षम बनिरहेका छन्। नेपाल राष्ट्र बैंकले तोकेका भन्दा बाहिर गएर धेरै शुल्क ऋणलीलाई लगाइरहेका छन्। 

म एउटा कुरा मान्छु कि हाम्रोमा ब्याजदर उच्च छ। यसका पनि कारणहरू छन्। सरकारको खर्च एउटा प्रमुख कारण बनिरहेको छ। अर्को कुरा मूल्यवृद्धिको दर पनि यससँगै जोडिएर आएको हुन्छ। तर उद्योगको दृष्टिकोणले स्थिर ब्याजदर हुनुपर्छ। हाम्रो नेपालमा ७० प्रतिशतदेखि शतप्रतिशतसम्म ब्याजदर बढ्यो। हामीले धेरै कुरा राखेपछि अहिले ब्याजदर केही स्थिर देखिएको छ। 

म बैंकको विरोधमा होइन। बैंक बलियो भयो भने अर्थतन्त्र बलियो हुन्छ। अर्थतन्त्रको मेरुदण्ड बैंक हो। तर मेरो भनाइ के हो भने बैंकहरूले मर्यादित भएर काम गर्नुपर्छ। बैंकहरूले जुन हिसाबले अनावश्यकरूपमा शुल्क लगाएका कारण उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डविपरीत नाफा गरेका छन्। 

सरकार भन्छ- आर्थिक क्रियाकलाप बढेका छन्। व्यवसायी भन्छन्- त्यसो भएको छैन। उच्च आर्थिक वृद्धि हासिल हुन्छ भनेर सरकार र अन्तर्राष्ट्रिय निकाय भन्छन्। तपाईंहरू होइन भन्नुहुन्छ। वास्तवमा नेपालको अर्थतन्त्रको गति कस्तो छ?
अर्थतन्त्रको गति अहिले अलि सुस्त छ। त्यसको कारण के हो भने लगानीका लागि प्रोत्साहन कम भयो। नियन्त्रणमुखी वातावरण भयो। सरकारका सबै नीतिलाई म गलत भन्दिनँ तर हामीलाई लेभल प्लेइङ फिल्ड चाहिएको हो। तर यति चाँडै सबै तिरबाट नियन्त्रण गर्न खोज्दा त्यसले लगानी निरुत्साहित गरिरहेको छ।

म बैंकको विरोधमा होइन। बैंक बलियो भयो भने अर्थतन्त्र बलियो हुन्छ। अर्थतन्त्रको मेरुदण्ड बैंक हो। तर मेरो भनाइ के हो भने बैंकहरूले मर्यादित भएर काम गर्नुपर्छ। बैंकहरूले जुन हिसाबले अनावश्यकरूपमा शुल्क लगाएका कारण उनीहरूले अन्तर्राष्ट्रिय मापदण्डविपरीत नाफा गरेका छन्। 

हाम्रो अर्थतन्त्रका सीमाहरू धेरै छन्। परम्परागत ढंगबाट थोरै मात्रै तलमाथि हुने बित्तिकै धेरै समस्या देखिन्छन्। त्यसले वित्तीय क्षेत्रमा तरलताको अभाव र ब्याजदर वृद्धि गराउँछ। अहिले अर्थतन्त्र सुस्त हुँदा तरलता र ब्याजदर दुवैमा समस्या आउँछ। हामी जब औषतभन्दा थोरै माथिको आर्थिक वृद्धिदर हासिल गर्छौँ यो समस्या आइहाल्छ। यो समस्याका समाधानका लागि अन्तर्राष्ट्रिय बजारबाट ऋण लिने व्यवस्थामा केही सहजता हुनुपर्छ। अहिले पनि नियमहरू आएका छन् तर तिनीहरूको प्रभावकारी कार्यान्वयन भएको छैन। हेजिङको व्यवस्था पूर्णरूपमा कार्यान्वयन गर्नुपर्छ। 

अर्कोतर्फ हामीले के भनिरहेका छौँ भने अब प्रत्यक्ष विदेशी लगानी बढाउनुपर्छ। हुन त यो वर्ष अलिकति बढेको जस्तो देखिन्छ। तर वास्तविक क्षेत्रमा अझै पनि विदेशी लगानी बढेको छैन। जबसम्म हामीले लगानीको उच्च प्रतिफल दिन सक्दैनौँ तबसम्म हाम्रोमा लगानी आउन सक्दैन। हामी उच्च लागतको अर्थतन्त्र हौँ। हाम्रा पूर्वाधार अझै कमजोर छन्। विमानस्थल जस्ता ठूला पूर्वाधार निर्माण गर्नुपर्नेछ। जीर्ण विमानस्थल छ। धेरै पर्यटक भित्र्याउने कुरा गर्छौँ तर पूर्वाधार छैन। त्यसबाट हामी निरुत्साहित छौँ। 

विदेशी लगानी भित्र्याउने कुरा गर्दा त्यसको बाधक नेपाली निजी क्षेत्र नै हो भन्ने आरोप पनि लाग्ने गरेको छ नि!
हामीले जुन उच्च गतिको आर्थिक वृद्धिको परिकल्पना गरेका छौँ, त्यसका लागि प्रत्यक्ष विदेशी लगानी नै चाहिन्छ। र यसका लागि हामी बाधक बन्न चाँहदैनौँ। हाम्रो भनाइ भनेको लेभल प्लेइङ दिनुस् भन्ने नै हो। विदेशी लगानी भन्ने बित्तिकै ज्वाइँ जस्तो बनाउने होइन। घरभित्र सुधार गर्न सक्दैनौँ भने बाहिर मात्रै भनेर हुँदैन। अर्को कुरा केही क्षेत्रमा विदेशी लगानी प्रतिबन्ध लगाउनुपर्छ। अधिक उत्पादन भएका क्षेत्रहरूमा विदेशी लगानी बन्द गरौँ र स्वदेशी लगानीमा भएको जोखिम हटाऔँ भन्ने नै हाम्रो धारणा हो। त्यसबाहेक हामी विदेशी लगानीको स्वागत नै गर्छौं। 

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  ०९:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सविन मिश्र
नेपाल लाइभका वरिष्ठ संवाददाता मिश्र अर्थ ब्युरो चिफ हुन्।
लेखकबाट थप
एमसिसीको ८ महिनामा खर्च : तलब भत्तामा २० करोड, ९० करोडको मुआब्जा वितरण 
अनुदान लिन सिंहदरबारमा गाउँपालिका अध्यक्षको चक्कर
भृकुटी कागज कारखानाको ६० बिघा जग्गा गोल्छा समूहबाट फिर्ता गर्न उच्चस्तरीय समितिको सुझाव
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
कम्युनिष्ट पार्टी नयाँ धरातलबाट हिँड्नुपर्छ : झलनाथ खनाल बिहीबार, जेठ १, २०८२
कांग्रेस महामन्त्री शर्मा सगरमाथा आरोहण गर्दै बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
रविन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्