काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार गर्ने युवकमाथि अभद्र व्यवहारमा मुद्दा चलाइने भएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले जुत्ता प्रहार गर्ने युवक जुम्लाका रतन तिरुवामाथि अभद्र व्यवहारमा मुद्दा चलाइने बताएको छ।
२२ वर्षीय तिरुवाले राष्ट्रिय सभागृहमा आयोजित भरतमोहन अधिकारीको स्मृति दिवस कार्यक्रममा भाषण गरिरहेका बेला प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए।
भाषणका क्रममा वर्ग संघर्षको कुरा गरेकाले आफूलाई चित्त नबुझेर आवेशमा आएर जुत्ता प्रहार गरेको प्रहरी समक्ष बयान दिएका छन्।
जुत्ता प्रहार गर्ने युवक पूर्वमोआवादीका कार्यकर्ता समेत रहेको प्रहरीले जनाएको छ।
तिरुवाको बाबुको माओावादी द्वन्द्वकालमा राज्यपक्षबाट ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।