• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज २४, २०८३ Sat, Oct 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

तिलोत्तमामा खाद्य मेलामा परम्परागत परिकारकाे प्रवर्द्धन गरिने

64x64
दीपक घिमिरे शनिबार, फागुन १७, २०७६  ०८:४०
1140x725

भैरहवा- रुपन्देहीको तिलोत्तमामा खाद्य मेलाको आयोजना गरिने भएकाे छ। आम उपभोक्तामा खानी बानीको सुधार तथा परम्परागत खानाको प्रवर्द्धन गर्ने उद्देश्यले खाद्य मेला गर्न लागिएकाे हाे। 

मेलामा स्थानीय रुपमा उत्पादन तथा उपलब्ध हुने परम्परागत र पोषिला खानाका बारेमा जानकारी गरइने छ। ‘परम्परागत पोषिलो एवम् स्थानीय खाद्य पदार्थको प्रवर्द्धन गरौं, असल खानाका लागि खाने बानीमा सुधार गरौं’ भन्ने मूल नाराका साथ फागुन २३ गतेदेखि २५ गतेसम्म ३ दिन मेला सञ्चालन हुन लागेको हाे।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय रुपन्देहीको आयोजना तथा तिलोत्तमा नगरपालिकाको सहआयोजनामा आयोजना हुन लागेको मेलामा खाद्य सम्बन्धी विभिन्न प्रकृतिका ६० वटा स्टल रहने छन्। मेलामा अन्नमा आधारित अनरसा, भक्का, चटामरी, च्याख्ला, चिउरा, ढिंडो, गोलफुकी, खट्टे, लावा, सेलरोटी, सयाबजी तथा योगरीको स्वाद लिन पाइने छ भने दलहनमा आधारित किनेमा, क्वाटी, मस्यौरा, सातु र टोफुको स्वाद लिन पाइने छ।

Ncell 2
Ncell 2
nimb
nimb

यसैगरी फलफूलमा आधारित अचार, खल्प, चुक, माडा, निम्की, तितौरा, तेलहनमा आधारित फिलिङ्गे, घिउ दूधमा आधारित दही, मही, घिउ, गुँदपाक, पुष्टकारी तथा माछा मासुमा आधारित सुकुटी, छोयला, कचिला, मोमो, सिद्रा, सुकाएको माछालगाएतका परिकारको स्वाद लिन पाइने आयोजकले जानकारी गराएको छ।

तिलोत्तमा १५ कोटिहवास्थित पशुपति माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिने मेलाका लागि निःशुल्क प्रवेश तथा स्टलहरुका लागि समेत निःशुल्क सहभागिता हुन पाउने व्यवस्था गरिएको कार्यालय प्रमुख विमल कुमार दाहालले जानकारी दिए। मेलाले खाद्य प्रविधि तथा पोषणको क्षेत्रमा अनुसन्धान एवम् विकास भएका खाद्य परिकारहरुको पहिचान तथा प्रवर्द्धन गर्ने, खाद्य उद्यमी तथा व्यवसायीहरुद्वारा उत्पादित खाद्य वस्तुहरु र उनीहरुले विकास गरेका प्रशोधन एवम् तयारी प्रविधिबारे प्रचारप्रसार गर्न सहयोग गर्ने छ।

Xtrem
Xtrem

मेलाबारे जानकारी गराउन शुक्रबार तिलोत्तमा नगरपालिकाको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यालय प्रमुख दाहालले स्थानीयस्तरमा उत्पादन हुने पौष्टिक महत्वका कृषि उपजबाट विकास एवम् तयार गर्न सकिने खाद्य परिकारहरुको विकास, व्यवसायिकरण तथा उपभोग अभिवृद्धी गर्ने र खाद्य पदार्थको उत्पादक, प्रशोधनकर्ता, संचयकर्ता एवम् उपभोक्ताहरुलाई एकै थलोमा राखेर नविनतम् खाद्य प्रविधि, पोषण र स्वच्छताबारे ज्ञान विस्तार गर्ने उद्देश्य तय गरिएको बताए।

२० हजार बढी दर्शकले अवलोकन गर्ने अपेक्षा राखिएको मेलाको मूख्य आकर्षणका रुपमा स्थानीय कृषिजन्य खाद्य उद्योगहरुको प्रदर्शनी, प्रचलनमा रहेका स्थानीय उपजहरुको प्रदर्शनी, मौलिक सँस्कृती झल्कने होमस्टे तथा खाद्य व्यवसाय, विभिन्न जातजातिका परम्परागत खानेकुरा तथा खाद्य तथा पोषणसँग सम्बन्धित शिक्षण संस्थाहरुले तयार पारेका खानाहरु रहने छन्। विभिन्न साँस्कृतिक कार्यक्रमहरुसहित आयोजना गरिने मेलाका उत्कृष्ट स्टलहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ।

मेला आयोजनाका सन्दर्भमा बोल्दै तिलोत्तमा नगरका मेयर वासुदेव घिमिरेले अल्प प्रयोगमा भएका तथा पौष्टिक आहारका बारेमा जनताले जान्ने अवसर प्राप्त गर्ने बताए। नगरभित्र रहेका मौलिक होमस्टे तथा परम्परागत खानाका परिकारहरुलाई समेत सहभागिता जनाउनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले मेला सफलताको शुभकामना व्यक्त गरे।

प्रकाशित मिति: शनिबार, फागुन १७, २०७६  ०८:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीपक घिमिरे
दीपक नेपाल लाइभका स‌ंवाददाता हुन् ।
लेखकबाट थप
भैरहवाको प्रतिमान–निमा प्रतिष्ठानमा होल्डिङ सेन्टर, गन्तव्यमा पुग्न सहज
लकडाउनको मौका छोपेर यसरी हुन्छ काठ तस्करी, मोटरसाइकल प्रहरी नियन्त्रणमा
बुटवलमा कोरोनासँगै डेंगुविरुद्धको अभियान
सम्बन्धित सामग्री
‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्धि नभएको स्पष्ट पार्दै स्वीकृत दरभन्दा बढी शुल्क लिने तथा उपभोक्तालाई मर्कापर्... शनिबार, असोज २४, २०८३
यस्तो छ आज विदेशी मुद्राको भाउ राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५५ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । शनिबार, असोज २४, २०८३
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे अघिल्लो दिन प्रतितोला २ लाख ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ हजार ९०० रुपैयाँले बढ्दै २ लाख ९५ हजार ७०० रुपैयाँमा... शुक्रबार, असोज २३, २०८३
ताजा समाचारसबै
राजनीतिमा आफ्नो विचार, नीति र विश्वासप्रति स्पष्ट र अडिग हुनुपर्छ : शशांक कोइराला शनिबार, असोज २४, २०८३
घरायसी काममा सुरक्षाकर्मी खटाएको देखे उजुरी गर्न गृह मन्त्रालयको आग्रह शनिबार, असोज २४, २०८३
घटस्थापनाको पूर्वसन्ध्यामा सिमरियाघाटमा गङ्गास्नान गर्ने भक्तजनको घुइँचो शनिबार, असोज २४, २०८३
परराष्ट्रमन्त्री खनालको फिजी, टुभालु र अस्ट्रेलिया भ्रमणको उपलब्धी के ? शनिबार, असोज २४, २०८३
बाढी प्रभावित क्षेत्रमा मानसिक स्वास्थ्य संकट चुलिँदो, तत्काल मनोसामाजिक सहयोग पुर्याउन सरोकारवालाको जोड शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
राष्ट्रपति पौडेलले जारी गरे अध्यादेश शुक्रबार, असोज २३, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय शुक्रबार, असोज २३, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
धादिङको गलौँदीमा सडक भासियो, मुग्लिन-काठमाडौं सडक पूर्ण अवरुद्ध शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्