काठमाडौं- अनमोल केसी र सुहाना थापाको अभिनय रहने फिल्म ‘ए मेरो हजुर ४’को छायांकन सुरु भएको छ । शुक्रबार कार्यविनायक मन्दिरमा पूजा गरेर छायांकन सुरु भएको होे। शुभसाइतमा अनमोल, सुहाना थापा, सलोन बस्नेत, निर्देशक झरना थापा, निर्माता सुनिलकुमार थापा लगायत सहभागी थिए।
छायांकन शुरु गर्दै फिल्मका कलाकारले क्यामेरा पूजा गरेका थिए। निर्माण युनिटका अनुसार सो फिल्मको केही दृष्य काठमाडाैंमा छायाँकन गरेर युनिट पोखरा जानेछ। यो फिल्मको दोस्रो सिक्वेलमा अनमोल र सुहानाको जोडिले अभिनय गरेको थियो। पहिलो सिक्वेलमा यी दुबै कलाकार थिएनन्।
फिल्म प्रेम कथामा आधारित छ भने आगामी दशैंमा रिलिजको लक्ष्य बनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।