काठमाडौं- आइएमई समूहलाई सरकारले नवलपुरमा केबलकार सञ्चालनका लागि जग्गा उपलब्ध गराउने निर्णय गरेको छ।
मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकले मौलाकाली केबलकार आयोजनाको रो एलाइन्मेन्ट र माथिल्लो स्टेसन निर्माण गर्न नवलपुर जिल्ला गैंडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन तथा मौलाकाली धार्मिक वन सो समूहलाई प्रयोग गर्न दिने निर्णय गरेको हो। यो आयोजना निर्माणका लागि सामुदायिक वन र धार्मिक वनसमेतको गरी कूल २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए।
व्यवसायी चन्द्र ढकालको लगानी रहेन यो आयोजना निर्माणको काम अघि बढेको भएपनि वन क्षेत्र प्रयोगको अनुमति पाएको थिएन। सरकारले केबलकारको रो एलाइन्मेन्ट तथा माथिल्लो स्टेसन निर्माण गर्नका लागि धार्मिक वनसमेत दिने गरी निर्णय गरेको हो। सो समूह केवल कार सञ्चालनमा इमान्दार भने देखिएको छैन। सो समूहले चन्द्रागिरीमा केबलकार निर्माण गर्दा वातावरण प्रभाव मुल्यांकन प्रतिवेदन विपरित काम गरेको भन्दै जरिवाना तिरेको थियो। अवैध संचरचना बनाएको पुष्टी भएपछि कम्पनीलाई वातावरण विभागले २० लाख रुपैयाँ जरिवाना गराएको हो।
इआइएमा उल्लेख गरिएको भन्दा बाहिर गएर काम गर्ने व्यक्ति वा संस्थालाई 'वातावरण संरक्षण ऐन २०५३' को दफा १८ मा दण्ड तथा जरिवानाको व्यवस्था गरिएको छ।वातावरण विभागले पुरक इआइए नगरेसम्म चन्द्रागिरि हिल्स रिसोर्ट सञ्चालनमा समेत रोक लगाएको थियो।
याे पनि पढ्नुस्:
अवैधानिक संरचना बनाउने ढकालको चन्द्रागिरीलाई कारबाही सिफारिस
सरकारी अध्ययन टोलीले नै भन्यो : चन्द्रागिरीमा बनेका संरचना अवैध [फलोअप]
चन्द्रागिरीमा अवैधानिक संरचना बनाउने ढकाललाई कारबाही होला? यस्तो छ कानुनी प्रावधान
चन्द्रागिरीमा रिसोर्टको अवैधानिक संरचना बनाउँदै व्यवसायी चन्द्र ढकाल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।