काठमाडाैं- फ्ल्प फिल्मले हैरान भएका अभिनेता अनमोल केसीले फिल्म 'पारस'मा अभिनय गर्ने पक्का भएको छ। माधव वाग्लेले निर्देशन गर्ने सो फिल्ममा लगानी भुवन केसीको रहनेछ।
फिल्म ‘दि सुपर काजोल’ले निर्माण गर्दैछ। साे ब्यानर भुवन केसीको हाे। ‘पारस’को स्क्रिप्ट प्रदिप भारद्वाजले लेखेका छन्।
फिल्ममा अनमोल केसी अनुबन्ध हुने हल्लाहरु आएपनि पक्का भएको थिएन। उनी अहिले झरना थापाको फिल्म ‘ए मेरो हजुर ४’मा ब्यस्त छन्। सो फिल्मको छायांकन सकिएपछि ‘पारस’को काम सुरु हुने निर्माण टाेलीले जानकारी दिएकाे छ। फिल्ममा अनमाेल पक्का भएपनि अन्य कलाकारबारे भने अहिले केही खुलाइएको छैन।
युवा दर्शकमा अनमाेलकाे राम्राे प्रभाव रहेपनि उनले अभिनय गरेका अधिकांश फिल्ममा अभिनय कमजाेर देखिएकाे छ। उनी अभिनयमा सुधार गर्ने प्रेसरमा छन्। ए मेराे हजुर ३ मा उनको अभिनयको तुलनामा सुहाना थापाको अभिनय बलियो देखिएको थियो।
क्याप्टेनले पनि प्रशंसा पाउन सकेन। यस्ताे अवस्थामा उनमा अभिनय सुधार गर्नैपर्ने प्रेसर हुने नै भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।